Published On:Monday, December 22, 2014
Posted by Unknown

बुढी गण्डकी आयोजनाले धादिङलाई समृद्ध पार्ने देउवाको भनाई , धादिङ महोत्सव आजबाट सुरु

पौष,७ धादिङ –घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन, आर्थिक संमृद्धी हाम्रो अभियान भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आज पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ट नेता शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि रहेका देउवाले कृषि, पर्यटन, जलश्रोत र जडिबुटीले धादिङ जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुढी गण्डकी जलविद्युत परियोजनालाई अगाडि बढाउनु पर्ने आवश्यकतालाई औल्याउदै उनले यस बिषयमा आफू गम्भिरताका साथ लाग्ने र यो आयोजना सफल बनाउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताए । १२ सय मेगावाटको यो आयोजना बनेको खण्डमा नेपाल लोडसेडिङ मुक्त बनी देशले अर्थिक उन्नती गर्ने समेत उनको भनाई थियो । अर्को प्रसङ्गमा सितापाईला नौविसे सुरुङमार्गको लागि पनि अफूले पहल गरिहेको जानकारी दिंदै त्यस मार्ग बनेको खण्डमा धादिङ जिल्ला अझै संवृद्ध हुने उनको भनाइ छ ।  त्यस्तै फरक प्रसङ्गमा माघ ८ भित्रै संविधान जारी गर्न आफूहरुले जनतासामु प्रण गरिसकेकाले जुनसुकै हालतमा पनि माघ ८ भित्रै संविधान जारी गर्न आफुहरु प्रतिवद्ध रहेको र विवादित बिषयमा सहमति जुटाउन कांग्रेस एमाले हदै सम्म लचक भएको भन्दै एमाओवादीलाई पनि सहमतिमा आउन आग्रह गरे ।
उद्घाटन सत्रलाई संवोधन गर्दै नेकपा एमालेका पोलिटयूरो सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले धदिङ जिल्लाको विकासको लागि बुढीगण्डकी जल विद्युत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यो परियोजनालाई सफल बनाउन सम्पूर्ण धादिङ बासीहरु एकजुट हुनुपर्ने बताए ।  व्यवसायिक कृषि पेशाले धादिङ जिल्लालाई संवृद्ध पार्न सक्ने बताउँदै पर्यटकीय क्षेत्रमा समेत धदिङ संवृद्ध रहेको उनको भनाइ थियो । त्यस्तै कार्यक्रमलाई संवोधन गर्दै नेकपा एमालेका पोलिटयूरो सदस्य एवं पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले आफू धादिङको विकासमा निरन्तर लागिरहेको र कृषि, जलश्रोत जडिबुटी र पर्यटन क्षेत्रको उचित पहिचान गर्न सकेको खण्डमा धादिङले आर्थिक क्रान्ति गर्न सक्ने उनको भनाइ छ । 
                             उद्घाटन कार्यक्रमलाई सभासद्हरु दिलमान पख्रिन, गुरु बुर्लाकोटी, धनबहादुर घले, परशुराम तामाङ, पुर्व मन्त्री ठाकुर शर्मा, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमाओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, पूर्व सभासद् पुष्प विक्रम मल्ल लगायतले संवोधन गरेका थिए ।  
पुष ७ गतेदेखि १७ गतेसम्म  धादिङबेसी रायटारमा हुने महोत्सवमा कृषी सामाग्री, विभिन्न सामुदायिक वनमा संरक्षण गरेर राखिएका वन्यजन्तुको प्रर्दशनी,हस्तकलाका सामाग्री, जनचेतनामुलक चलचित्र प्रर्दशनी,बालउध्यान लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक कार्यक्रम रहने छ । महोत्सव स्थलमा प्रवेशको लागि साधारण टिकट मुल्य रु ५० र सहयुलियत टिकट मुल्य रु  ३० कायम गरिएको छ ।  
मेलाको घरेलू तथा साना उद्योग विकास समिति

त्रिपुरेश्वर काठमाण्डौ, जिल्ला विकास समिति धादिङ र निलकण्ठ नगरपालिका सह–आयोजक रहेका छन् ।

0 comments for "बुढी गण्डकी आयोजनाले धादिङलाई समृद्ध पार्ने देउवाको भनाई , धादिङ महोत्सव आजबाट सुरु"

Leave a reply

    Popular Posts

    Blog Archive