Published On:Monday, December 29, 2014
Posted by Tekman Shakya
धेरैलाई कलाकार बनाउने हमाल(भिडियो सहित)
कृष्ण आचार्य,
स्याङजा जिल्ला मलाङकोट गाविसमा जन्मीएका शिव हमाललाई लोक दाहोरी क्षेत्रमा धेरै कलाकारले सम्मान गर्ने र सबैले सहजै चिन्न सक्ने नाम भित्र पर्दछ ।
आज लोक दोहोरी क्षेत्रमा नाम कमाएका केहि कलाकारहरुलाई कलाकार बनाउनमा उनको धेरै ठुलो योगदान रहेको छ ।
काठमाण्डौमा २०६० सालमा गित निकाल्नकै लागि भनेर प्रेवश गरेका शिवलाई कलाकार बन्ने धोको भने सानै उमेर देखि थियो ।
यसो त धेरै जसो कलाकारहरुले नाम र दाम कमाए पछि आफुलाई त्यस स्थान सम्म पुराउन सहयगो गर्ने सहयोगीहरुलाई विर्सन्छन ।
त्यस माथी कलाकारीतामा लय तथा शव्द सिर्जना गर्ने व्यक्तिहरु त्यति चर्चामा आउदैनन्, जति उनीहरुले बनाएको गित गाउने कलाकारहरु आँउदछन ।
मुना थापा,रामजी खाँड, भागीरथ चलाउने, मेक्सम खाती,जमुना राना,सरिता कार्की,शान्ती श्री परियार जस्ता धेरै नयाँ प्रतिभालाई शिवले कलाकार बनाउनमा धेरै ठुलो भुमिका निर्वाह गरेका छन ।

शिव आँफुले गित र लय सिर्जना गरे बापतको पारिश्रमिक लिन्छ तर त्यस पछि गितले स्रोता माझ पार्ने प्रभावको भने केहि डेविट क्रेडिट लिन पाँउदैनन् ।
आफ्नै गित स्टेजमा गएर गाउने कलाकारहरुले पनि लय तथा शव्द सिर्जना गर्ने व्यक्तिको नाम समेत नलिदा शिवलाई सबै भन्दा धेरै दुख लाग्दछ ।
गितको बास्तविक मालिकलाई हेला गर्दा दुखको सिमा नहुने उनको भनाई छ । सर्जकले पाउने त्यहि एउटा नाम दिन कसैले पनि कन्जुसाई गर्नु नहुने उनको भनाई छ ।
शिव हाल लोकदोहोरी गित प्रतिष्ठान उपत्यका सम्मन्वय समिति अध्यक्ष समेत हुन ।
गित संगितमा लागेर दुई छाक खान रामै सँग पुराएको बताउने शिवले स्टेजमा हुने प्रत्यक्ष दोहोरीमा निकै घतलाग्दा टुक्का प्रस्तुत गरेर दर्शकको मन जित्ने गर्दछन ।
त्यहि भएर पनि उनलाई मेला महोत्सवहरुमा धेरै आयोजकले निम्ता दिने गर्दछन ।
उनका सहयात्री साथी मध्येका एक गायक कुलेन्द्र विश्वकर्माले लोकदोहोरीको क्षेत्रमा शिवले गरेको योगदानको खुलेर प्रसंसा गर्नुहुन्छ ।
त्यस्तै लोकदोहोरी गायक रामजी खाँड,मुना थापा लगाएतका कलाकारहरुले पनि शिवको खुलेर प्रसंसा गर्दछन ।
आगामी दिनमा गित संगितको व्यवसायीक पाटोलाई सुधारर्नको लागि केहि कदम चाल्नु पर्ने शिवको सोचाई रहेको छ ।
प्रतिलिपि अधिकार सम्बन्धी काममा कलाकार र सम्बन्धीत निकाय लागि नपरे गित संगित अझ अफ्टेरो बाटोमा जाने उनको ठम्माई छ ।
सर्जकको सिर्जना र परिश्रमलाई त्यसै खेर जान दिन नहुने उनको धारण रहेको छ ।
शिव हमालले सिर्जना गरेको स्रोता तथा दर्शकले अत्यधिक मन पराएको गितको म्युजिक भिडियो ।