Published On:Thursday, December 18, 2014
Posted by dadad

बेशुरेलाई शुरमा ल्याउने कुमार राना

कृष्ण आचार्य, 
आज भोलि धेरै कलाकारहरु आफ्नो कलाको भरमा भन्दा पनि प्रविधिको सहायताले कलाकार बनिरहेका छन । 

एउटा गित तपाई हामीले सुन्ने अबस्था सम्म आइपुग्दा त्यसमा लाग्ने मेहनत भने निकै कडा खालको हुन्छ ।

गित गाउने गायक गायीकाले गितको रेडर्क गरिसकेपछि सो गितको सबै सुर ताल मिलाई सुन्न लायक बनाउने काम मिक्सिङमा हुने गर्दछ ।

गितको बेशुरे पनलाई पनि मिक्सिङ गर्ने व्यक्तिको कुशल कलाले केहि हद सम्म ठाँउमा ल्याउने काम गर्दछन । 

पर्दा पछाडिको हिरोको रुपमा यस्तो काम गर्ने धेरै मेहनती हातहरु आज पनि स्रोता र दर्शकमो माझमा अपरिचित छन । यस्तै एउटा मेहनी पात्रको बारेमा आज हामीले जानकारी दिन लागिरहेका छौं ।

मिक्सिङ मात्र होइन गायक तथा अभिनय क्षेत्रमा समेत राम्रो प्रतिभा भएका व्यक्तीमा पर्दछन कुमार राना । कुमार हाल मालश्री रेकडिङ स्टुडियोमा मिक्सिङको काम गर्दछन ।

दाङ जिल्ला बाट २०६५ सालमा काठमाण्डौ प्रवेश गरेका रानाले अभिनय गरेको फिल्म ‘प्रतिविम्भ’ पनि अब प्रर्दशनको संघारमा रहेको छ । रानाले यो चलचित्रबाट आँफुले धेरै ठुलो अपेक्षा गरेको  बताएका छन । उनले यस अगाडि पनि धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन ।

कुमार रानाले आज सम्म आइ पुग्दा पाँच हजार भन्दा बढि गितहरुमा शुरताल मिलाइसकेका छन ।

शान्त स्वभाव र  मिलनशार वानी भएका कुमारलाई काम गर्ने बेलामा अरुले हो हल्ला गरेको भने पट्कै मन पर्दैन । सबैसँग मिठो बोल्ने कुमारले आँफुलाई छिटो रिस नउठ्ने तर काममा बाधा पार्नेसँग भने रिसाई हाल्ने बताउदछन । 

‘डाँडै फुर्के सल्लो’ जस्तो चर्चित गित बाट यो क्षेत्रमा प्रवेश गरेका कुमार आज सम्म आई पुग्दा हजारौं चर्चित गितहरुको लेवल मिलाई सकेका छन । 

कुमारले मिक्सिङको साथ साथै गायन र मोडलीङमा समेत राम्रो प्रतिभा देखाइसकेका छन ।


कुमार रानाले स्वर र अभिनय गरेको  गितको म्युजिक भिडियो



0 comments for "बेशुरेलाई शुरमा ल्याउने कुमार राना"

Leave a reply

    Popular Posts

    Blog Archive