Published On:Tuesday, December 30, 2014
Posted by Unknown

९२ वर्षका पुरुषले गरे २२ वर्षकी युवतीसँग विवाह


भनिन्छ प्रेममा उमेरको सीमा हुँदैन । ठूलो ठूलो उमेर अन्तर भएका जोडीहरुको विवाह बारे हामीले सुनेका छौं । तर यति धेरै उमेर अन्तरको जोडी बारे भने तपाँइले अहिले सम्म सुन्नु भएको छैन होला ।

फ्युचर अफ दुवइ समाचार पत्रका अनुसार इराकमा ९२ वर्षका पुरुष मुसली मोहम्मद अल मुजामीले २२ वर्षकी युवतीसँग विवाह गरेका छन् ।
























राजधानी बगदाद नजिकै पर्ने गुब्बन नामको गाउँमा बस्ने ती वृद्धले २२ वर्षकी युवतीसँग विवाह गरेका हुन् । प्रथम पत्नीसँग विवाह गरेको ५८ वर्षपछि उनले कान्छी भित्र्याएका हुन् ।

यस अघि नै उनका पहिली श्रीमतीबाट १६ सन्तान छन् ।


























उनका नातीको उमेर समेत १६ -१७ वर्ष छ । उनीहरु पनि हजुरवुवाको विहेमा सहभागी भएका थिए ।




0 comments for "९२ वर्षका पुरुषले गरे २२ वर्षकी युवतीसँग विवाह"

Leave a reply

    Popular Posts

    Blog Archive