Published On:Wednesday, December 24, 2014
Posted by Unknown
चन्दाको भरमा महिला टोली विश्वकप कबड्डी प्रतियोगितामा

टोलीलाई मोरङको टंकीसिनवारमा मंगलबार बिदा गरिएको छ । नयाँ दिल्लीस्थित फरिदाबादमा पुस ११ देखि १३ सम्म विश्वकप कबड्डी प्रतियोगिता हुँदैछ ।
अखिल नेपाल कबड्डी संघका केन्द्रीय सदस्य उपेन्द्र यादवले आफूहरु चन्दाको भरमा प्रतियोगितामा सहभागिता जनाउन लागेको बताएको नागरिकमा खबर छ । उनले भने, ‘हामीले यो टिमको खर्च स्थानीय स्तरको चन्दा सहयोगबाट जुटाएका छौं । यसअघि पनि विश्वकपमा सहभागी हुन आफ्नै खर्चमा गएका थियौं ।’
टोलीमा १० खेलाडी र तीन अफिसियल छन् । जिल्ला कबड्डी संघ मोरङले विश्वकपमा भाग लिने खेलाडीलाई १५ दिनदेखि बन्द प्रशिक्षणमा राखेको थियो । उनीहरुलाई प्रशिक्षक उमालाल यादवले प्रशिक्षण दिएका थिए । प्रतियोगितामा यसअघि दुईपटक भाग लिँदा नेपाली टोली दोस्रो भएको थियो ।