Published On:Saturday, December 27, 2014
Posted by Unknown

५५ हजार भन्दा बढिले धादिङ महोत्सवको अबलोकन गरे

१२ पौष, धादिङ, घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन, आर्थिक संमृद्धी हाम्रो अभियान भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आज छैटौ दिन विविध मनोरञ्ननात्मक कार्यक्रम सम्पन्न भएको छ । आज चर्चित हांस्यव्यंग्यकार शैलेन्द्र सिम्खडा, लोक गायक पुष्कल शर्मा र नविन खडका, पप गायक कमलके क्षेत्री, एक खुट्टाले नाचेर चर्चा कमाएकी रोमा न्यौपानको साथै म्हेन्दोमाया समुहका मिना लामा, सुमन घले, जीवन घले लगायत स्थानिय कलाकारहरुको प्रहस रहेको थियो । ११ दिन सम्म चल्ने मेलामा भोली आईतवार चर्चित आधुनिक गायक रामकृष्ण ढकाल, हिमाल सागर, हास्यव्यंग्य कलाकारहरु पांडे र जिग्रिका साथै अन्य कलाकारहरको प्रस्तुती रहने बताईएको छ । महोत्सवमा जिल्लाबासीहरुको उत्साहजनक सहभागिता रहेको छ । अहिलेसम्म ५५ हजार भन्दा बढिले मेलाको अबलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

0 comments for " ५५ हजार भन्दा बढिले धादिङ महोत्सवको अबलोकन गरे"

Leave a reply

    Popular Posts

    Blog Archive