Published On:Wednesday, December 31, 2014
Posted by Unknown

बिबाह गरेको ७ बर्ष पछि साख्खै दिदीभाई भएको थाहा भयो।



































एजेन्सी । जिन्दगीमा कहिलेकाँहि यस्ता घटना पनि हुन्छन् जसमा विषयमा हामी पनि सोच्न बाध्य बनाइदिन्छ । जीवनलाई हामी जति सहज ठान्दछौं केहीका लागि त्यति नै असहज र मुश्किल बन्ने गर्दछ । यस्तै एउटा घटना भएको छ ब्राजिलमा । जहाँ सात वर्षसम्म विवाह बन्धनमा सुखमयी जीवन बिताइरहेका जोडीले अचानक उनीहरुलाई थाहा हुन्छ कि उनीहरु साख्खै दिदीभाइ हुन्।

ब्राजिलको साओ पाउलो निवासी ३७ वर्षीय लियन्ड्रो र ३९ वर्षीया एड्रियानाले जब उनीहरु साख्खै दिदीभाइ भएको थाहा पाउँछन् उनीहरुले टेकेको जमिन भासिएजस्तै हुन्छ । स्मरणरहोस् एड्रियाना जब एक वर्षकी थिइन् तब उनकीआमा मारियाले छाडेर गएकी थिइन्। एड्रियानाको पालनपोषण उनका पिताले गरे। त्यही लियन्ड्रो जब आठ वर्षका थिए तब उनकी आमाले पनि छोडेर गइन्। लियन्ड्रोको पालनपोषण उनी सौतेनी आमाले गरिकी थिइन्.।

जवान भएपछि एड्रियानाको भेट ट्रक चालक लियन्ड्रोसँग भयो। उनीहरुबीच माया पनि बस्यो। दुवैले विवाह गरे। उनीहरु विगत सात वर्षदेखि श्रीमान श्रीमतीका रुपमा एकसाथ छन्। र, यसक्रममा ६ वर्षकी छोरी पनि जन्मिसकेकी छन्।

यद्यपि विवाहपछि पनि दुवै जनाले आफ्ना आफ्ना आमालाई खोज्ने काममा भने कुनै कसर बाँकी राखेनन्। यसै क्रममा एड्रियानाले एउटा रेडियो च्यानलको माध्यमबाट आफ्नी आमाको खोजी सुरु गरिन्। जसमा उनले सफलता पनि पाइन्।

रेडियो शोका क्रममा आफ्नी आमासँग कुरा गर्ने क्रममा उनकी आमा मारियाले आफ्नो एउटा छोरा पनि भएको उनको खोजी गरिरहेको बताइन्। लियन्ड्रोले बताउने गरेका कि उनकी आमाको नाम पनि मारिया हो । तर, एड्रियाना यसलाई मात्र एउटा संयोग ठानिरहेकी थिइन् ।


तर, जब एड्रियानाले मारियाबाट लियन्ड्रोका बारेमा सुनिन् तब उनको होस उड्यो । उनी शोमै रुन थालिन्। एड्रियानाले मारियालाई भनिन्–लियन्ड्रो त मेरा श्रीमान हुन्। अब मलाई उनका सामु जान पनि डर लागिरहेको छ । किनभने मलाई डर छ कि उनी अब मसँग बस्ने छैनन्। म उनलाई धेरै माया गर्छु । पछि दुवैले भने–वास्ताविकता थाहा पाएपछि हामी दुवैलाई झट्का अवश्य लाग्यो। तर, हामीले श्रीमान श्रीमतीकै रुपमा एकसाथ रहने निर्णयमा पुग्यौ। 
DC Nepal online मा खबर छ ।

0 comments for " बिबाह गरेको ७ बर्ष पछि साख्खै दिदीभाई भएको थाहा भयो।"

Leave a reply

    Popular Posts

    Blog Archive