Published On:Sunday, December 28, 2014
Posted by Unknown

१ सय मेगावाट विद्युत खेर गयो

१३ पुस, काठमाडौं । चिनि उद्योगबाट उत्पादन हुन सक्ने करिब १ सय मेगावाट विद्युत नीतिगत व्यवस्थाको अभावमा राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको छैन् ।
नेपालमा हाल सञ्चालनमा रहेको कुल ११ ओटा चिनी उद्योगबाट उक्त परिमाणको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने जर्मन सहयोग नियोग र अन्तर्राष्ट्रिय वित्त निगमको अध्ययनहरुले देखाएको अभियान दैनिकमा खबर छ ।
चिनी उद्योगको सह(उत्पादकको रुपमा निस्कनसक्ने विद्युत राष्ट्रिय प्रसारणमा जोड्नुपर्ने माग करिब १ दशक अघिदेखि नै राख्दै आएको भए पनि यसको कानूनी र व्यावहारिक संयन्त्र निर्माणका लागि सरकारले सक्रिय कदम नचालेको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उर्जाको अभाव हुने हिउँदको करिब पाँच मिहना चिनी उद्योगको विद्युत् उपभोग गर्न सकिन्थ्यो, अग्रवालले भने तर सरकारले सक्रिय कदम नै चालेन ।’ हिउँदको पुसदेखि वैशाखसम्म पनि त्यस्तो विद्युत उत्पादन गरी लोडसेडिङलाई कम गर्न सकिने उनको भनाई छ ।

0 comments for "१ सय मेगावाट विद्युत खेर गयो"

Leave a reply

    Popular Posts

    Blog Archive