Published On:Thursday, December 18, 2014
Posted by dadad
आरआरबाट विद्यार्थीको सरसफाई अभियान सुरु
काठमाडौं । प्रमुख राजनीतिक दलका क्रियाशिल प्रमुख बिद्यार्थी संगठनहरुले शुक्रबारदेखि सरसफाई अभियान सुरु गरेका छन् ।
प्रत्येक महिनाको पहिलो शुक्रबारलाई रचनात्मक शुक्रबार बनाउने उदेश्यले रत्नराज्य लक्ष्मी क्याम्पस प्रर्दशनिमार्गबाट सरसफाई अभियान शुरु गरिएको हो ।
यस्तै बिद्यार्थिहरुले शुक्रबार नै त्रिभुबन बिश्व बिद्यालयका उपकुलपति समक्ष ज्ञापन पत्र बुझाउने नेबिसंघका प्रवक्ता युपि लामिछानेले जानकारि दिए ।
सेमेस्टर प्रणाली लागु हुनु अघि भएका सम्झौता कार्यान्वयन नभएको भन्दै बिद्यार्थिहरुले ध्यानाकर्ण गराउन लागेका हुन् ।
सेमेस्टर प्रणलीको शुल्क, परिक्षाको नतिजा र बिद्यार्थि संख्या लगाएतका बिषयमा भएका सम्झौता कायान्वयन नभएको बिद्यार्थिहरुको भनाई छ ।