Published On:Saturday, December 27, 2014
Posted by Unknown

राउटे मुखिया शाहीको भीरबाट खसेर निधन

१३ पुस, दैलेख । गणतान्त्रिक नेपालका राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेका राउटे मुखिया ऐनबहादुर शाहीको भीरबाट खसेर निधन भएको छ । तल्लो डुङ्गेश्वर(मालिका गाविस जोड्ने झोलुङ्गे पुल नजिकको भीरबाट खसेर शुक्रबार साँझ घटनास्थलमै ऐनबहादुरको निधन भएको हो । तल्लो डुङ्गेश्वर बजारबाट लोहोरेखोला किनारमा अवस्थित बस्ती जाने क्रममा भीरबाट लडेर मृत्यु भएको राउटे मानसिंह शाहीले जानकारी दिएको गोरखापत्रमा खबर छ । अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेको बताइएको छ । अन्दाजी ४५ वर्षका ऐनबहादुरको मृत्युको खबर सुनेलगत्तै सदरमुकामबाट प्रहरी निरीक्षक पुष्करबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा मुचुल्का गराउन राउटे समुदाय तयार नभएपछि परिचित एक पत्रकार भक्तबहादुर शाहीले मनाएका थिए । यद्यपि उनीहरुले पोस्टमार्टम भने गर्न दिएनन् । प्रहरी निरीक्षक चन्दले ‘वनका राजालाई जिल्लामा लगेर सलामी दिन्छौ । पोस्टमार्टम गर्न दिनूस’ भनी आग्ह गर्दा राउटेहरुले ठाडै इन्कार गरे । उनीहरुले एकस्वरमा भने ‘तिमीले आफ्नो राज्यको काम गर । राउटेको काम नगर । पुलिस राउटेको होइन । हामीलाई राइफलको गोली ठोके पनि हामी लास जिल्लामा लिन दिन्नौं । लास यतै गाड्छौं ।’ 

0 comments for "राउटे मुखिया शाहीको भीरबाट खसेर निधन"

Leave a reply

    Popular Posts

    Blog Archive