Published On:Sunday, December 21, 2014
Posted by Unknown
उत्तरी धादिङको विकट क्षेत्रमा पुगे धादिङका तिन सभासद्
धादिङ,पुस ७ – उत्तरी धादिङको विकट क्षेत्र री गाविस ४ मा क्रिमसम मनाउने कार्यक्रममा सहभागी हुन धादिङ निर्वाचन क्षेत्र नं। १ का तीनवटै सांसद होलिकोप्टर चार्टर गरेर पुगेका छन् । चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालयको प्रांगणमा शुक्रबार इसाई धर्मालम्बीहरुले क्रिसमस डे आयोजना गरेका थिए । सोही कार्यक्रममा प्रमुख अतिथि बन्न धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने तीनै जना सभासद् हेलिकोप्टर चार्टर गरेर कार्यक्रम स्थल पुगेका हुन् । राज्यमा धर्म परिवर्तन र धार्मिक स्वतन्त्रतासम्बन्धी चर्को बहस चलिरहेका बेला क्रिसमस डे मनाउन री को चर्चले आमन्त्रण गरेपछि सभासद्हरु एमालेका धनबहादुर घले,कांग्रेसका दिलमान पाख्रिन र राप्रपाका परशुराम तामाङ हेलिकोप्टरबाट कार्यक्रम स्थल पुगेका हुन्,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।