Published On:Sunday, December 28, 2014
Posted by Unknown
आउँदैन माघ ८ मा संविधान
काठमाडौं,पुस १४ – दलहरुले माघ ८ मा नयाँ संविधान दिने प्रतिवद्दता गरेका छन् । तर,ढुक्क हुनुस् ८ माघमा संविधान आउँदैन । दलहरुले हदै चाडो गरे पनि कानुनी व्यवस्था र संविधानसभाको ८ माघको कार्यतालिका करिब तीन महिनापछि धकेलिने पक्का छ । संविधानसभाले रातदिन काम गरे पनि ९ माघमा मस्यौदा आउन सक्छ । प्रमुख दलका शीर्ष नेताहरुले फास्त ट्याकबाट ८ माघमै संविधान ल्याउने दाबी गरिरहेका छन् । नियमावली संशोसधन नगरेसम्म छोटो प्रक्रिया अपनाउन पनि सम्भव छैन । नियमावली संशोधनका लागि दलहरुबीच सहमति अनिवार्य छ । दलहरुबीच तत्काल सहमति हुने सम्भावना पनि देखिँदैन । माघ ८ मा संविधान जारी गर्न संविधानसभासँग सहमतिको प्रस्ताव र प्रक्रियाका लागि प्रश्नवाली दुबै छैनन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दुबै बनाएको छैन । विद्यमान कार्यतालिकाअनुसार संविधानको मस्यौदा जारी गर्ने समय नै जेठको दोस्रो साता पुग्छ । प्रक्रिया छोट्याउँदा पनि अबको २६ दिनमा संविधान जारी गर्न रातदिन काम गर्नुपर्ने हुन्छ । विषयमा सहमति नभएसम्म प्रक्रियामा जान सकिन्न ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।