Published On:Tuesday, December 30, 2014
Posted by Unknown

कक्षा ७ मा पढ्ने विद्यार्थीले बनाए हेलिकोप्टर


१६ पुस, इलाम– इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका छन् । कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकोप्टरको परीक्षण उडान गरेका थिए । ‘दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकोप्टरको सफल परीक्षण गरियो’, हेलिकप्टरका मुख्य निर्माता खरहान्स झाले भने,‘यसलाई थप विकास गर्दै लैजाने सोचमा छौं ।’ सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीव्र रुचि रहेका रहान्सले यसअघि पनि पेरिस्कोप,क्विजकम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसहेका छन् । उनीहरुले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै छ ।आजको आर्थिक दैनिकमा खबर छ । 

0 comments for "कक्षा ७ मा पढ्ने विद्यार्थीले बनाए हेलिकोप्टर"

Leave a reply

    Popular Posts

    Blog Archive