Published On:Sunday, December 28, 2014
Posted by Unknown
भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउन पाइने

सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । यसका साथै सो नीतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई सोही मापदण्डभित्र आउने अस्पताललाई यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।
नेपालमा सरोगेसीसम्बन्धी कुनै प्रकारको कानुनी प्रावधान नभए पनि विदेशी नागरिकहरु नेपाल आएर केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य खुलेपछि सरकारले त्यसलाई कानुनी मान्यता दिएको हो । विभिन्न देशबाट सरोगेट आमा ल्याएर बच्चा जन्माउँदा र्फकने बेला समस्या भएपछि नेपाल सरकारले त्यसलाई कानुनी बाटो बनाइदिन सम्बन्धित देशका राजदूतहरुले आग्रह गरिरहेका थिए । सोही आग्रहलाई मध्यनगर गर्दै नेपाल सरकारले सन्तान जन्माउने विदेशी भए उनीहरुले भाडाकी आमाबाट नेपालमै बच्चा जन्माउने अधिकार दिएको हो ।