Published On:Tuesday, December 23, 2014
Posted by Tekman Shakya
सफलता तर्फ विरहीको जुनीकरी (भिडियो सहित)
कृष्ण आचार्य,
लोक संगितका स्रोता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायक विरही कार्कीको पछिल्लो सांगितीक कोशेली जुनकीरीले दर्शक तथा स्रोताको मन जित्न सफल भएकोे छ ।
२०५३ साल देखि हाल सम्म गीत संगितमा लागि परिरहेका कार्की पछिल्लो समय व्यस्त कलाकारको सूचिमा समेत पर्दछन ।
देश तथा विदेशमा हुने कार्यक्रम विभिन्न कार्यक्रममा समेत उनको राम्रो माग हुने गरेको छ ।
मौलीक गित संगित बाट विगत लामो समय देखि स्रोताको माझमा आफ्नो कोशेली पस्कीदै आएका कार्कीको
पछिल्लो एल्वम जुनकीरीले पनि स्रोताको मनमा राम्रो स्थान बनाउन सफल भइसकेको गायक कार्कीले जानकारी दिए ।
विरही कार्की र सरिता कार्कीको स्वर रहेको गितमा लय तथा शव्द भने विरही कार्कीले दिएका छन ।
पद्धिछल्लो चरणमा आईपुग्दा गीतको म्युजिक भिडियो ६० हजार दर्शकले हेरिसकेका छन ।
गीतमा नायिका सुष्मा कार्की र महेन्द्र गौतमले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन ।
गीतमा नायिका सुष्मा कार्की र महेन्द्र गौतमले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन ।
गीत अरुण गौतमको प्रस्तुतिमा सुनखानी म्युजिकले बजारमा ल्याएको हो ।