Published On:Sunday, December 28, 2014
Posted by Unknown
सेक्सका बारेमा थाहा पाउनुपर्ने ७ कुरा

१, लिङ्ग प्रवेश भएको छैन भन्दैमा गर्भवती हुँदैन भन्ने छैनः
तपाईंको पार्टनरले भल्भ वरिपरि पनि वीर्यस्खलन गरेको खण्डमा तपाईं गर्भवती हुन सक्नुहुनेछ । यौनिक सेक्स गर्दा मात्र गर्भवती हुने नभई नाङ्गो शरिरको यी क्षेत्रमा हुने सम्पर्कले पनि गर्भवती हुने सम्भावना धेरै हुन्छ ।
२, महिनावारीको बेलामा सम्भोग गर्नाले गर्भवती हुने सम्भावना हुन्छः
यदि तपाईंले महिनावारीको बेलामा सेक्स गर्नुभयो भने तपाईं गर्भवती हुन सक्नुहुनेछ । वीर्यको एक दिनदेखि एक हप्तासम्मको आयू हुन्छ । महिनावारी भएको बेलामा सेक्स गर्नु छ भने कण्डमको प्रयोग गर्नुहोस् किनभने यसले यौनसम्पर्कबाट सर्ने रोगहरु सर्नबाट बचाउँछ र नचाहेको गर्भ बस्नबाट पनि जोगाउँछ । ३,महिनावारीको सम्भोग हानिकारक हुँदैनः
महिनावारी भएको बेलामा सेक्स गर्नाले कुनै हानी नोक्सानी गर्दैन । थुप्रै अनुसन्धानले महिनावारी भएको बेलामा सेक्स गर्नाले झन बढि आनन्द दिने बताइएको छ ।
४, यौनसम्पर्क पछि योनी पखाल्नाले गर्भवती हुनबाट बचाउँदैनः
तपाईंले सेक्स पछि आफ्नो योनीलाई तातो पानी, चिसो पानी, साबुन, स्याम्पु जे सुकैले धुनुस्, शुक्राणुहरु तपाईंले आँखा चिम्लेको भरमा उनीहरुको गन्तव्यमा पुगिसकेका हुन्छन् । भरपर्दो गर्भनिरोधकको प्रयोग गर्नुहोस् ।
एक महिला सेक्स गरेको कुनै पनि समयमा गर्भवती हुन सक्छिन् । पहिलो पटकको सेक्स भन्दैमा गर्भ बस्दैन भन्ने हुँदैन । महिलाको कुरा गर्नुपर्दा उनी आफ्नो टिनएजमा बढि फर्टाइल हुन्छिन् त्यसकारण उनले गर्भनिरोधकहरु प्रयोग गर्न अत्यावश्यक छ ।
६, दुबै लिंगले सेक्सको मजा लिने गर्दछन्ः
महिलाले भन्दा पुरुषले बढि सेक्सको मजा लिने भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन । सामाजिक मान मर्यादाका कारण महिलाहरुले यसको बारेमा खुलेर नभनेका कारण यसो भनिएको हुनसक्छ तर सेक्सका दौरान महिलाले कम आनन्द लिने भन्ने कुरा सहि भने होइन ।
७, पहिलो पटकको सेक्स सबै महिलाको रगत आउँदैनः
पहिलो पटकको सेक्समा महिलाको रगत आउनै पर्छ भन्ने छैन । महिलाहरुको पातलो झिल्ली टुटेको खण्डमा रगत आउने हो र त्यो पातलो झिल्ली साइक्लिङ, स्विमिङ र दौडिदा पहिले नै टुटेको हुनसक्छ त्यसकारण पहिलो सेक्समा रगत आउनै पर्छ भन्ने छैन ।