Published On:Saturday, December 20, 2014
Posted by Unknown

मान्छेको टाउकोमा कपाल कति होला ?


वैज्ञानिकको भनाई अनुसार सामान्य एकजना मानिसको टाउकोमा एक लाख रौं हुन्छ । यो रौं दिनको ०.३५ मिलिमिटरको दरले उम्रने अनुमान छ ।   मानिसहरुको रौं सधैं त्यहि गतिमा उम्रन्छ भन्ने पनि छैन ।


१५ वर्षदेखि ३० वर्षसम्म रौं छिटोछिटो उम्रने गर्दछ । पुरुषहरुमा भन्दा महिलाहरुमा १३ वर्षदेखि २४ वर्षसम्म धेरै रौं उम्रने गर्दछ । ५० वर्ष नाघेपछि रौं लामो हनुे क्रम अर्थात् बढ्ने क्रम कम भएर जाने गर्दछ ।

यस समयमा रौं (कपाल) पातलो भएर पनि जाने गर्दछ । रौं झरेर जाने देखेर धेरै मानिसहरु चिन्तित समेत हुने गर्दछ ।
यसरी रौं झरेर जानेहरुमा दिनको ५० देखि १०० वटासम्म झर्ने गर्दछ । रौं झरेर जाने गरेपछि सोहि अनुपातमा उम्रने पनि गर्दछ ।

रौं झरेर जाने गरे पनि रौं मजबुत पनि हुने गर्दछ । एउटा रौं ले १६० ग्रामसम्मको वजन उचाल्न सक्ने हुन्छ ।
रौं मानिसअनुसार फरक फरक हुने गर्दछ । रौं फरक हुने भएकोले यसको रंग, बनावट र लम्बाई लामो हुने गर्दछ ।
त्यसैले नै मानिसहरुमा कालो, सेतो, सुनौलो, रातो रौं भैरहन्छ ।   आजभोलि आफूलाई मनपर्ने कपाल बनाउने पनि गर्दछ । नेपाली भारतिय, जापानी मानिसहरुमा लामो लामो कपाल हुन्छ तर हब्सी जातिहरुका मानिसहरुको रौं घुम्रो घुम्रो हुने गर्दछ ।

जाडो ठाउँमा बस्ने मानिसहरुको रौं बढी बाक्लो हुने गर्दछ । आधुनिक प्रविधिअनुसार रौं झरेर जानेहरुका लागि पुनः रौं रोप्ने काम पनि गर्ने गर्दछ । पबउब िज्ञ तर यो प्रविधि निकै महंगो मानिन्छ त्यसैले आम मानिसहरुले यसलाई सहजै अपनाउन सकेको छैन ।

यस्तै टालु खुइले हुने गरी रौं झर्नेहरुले नक्कली रौं (विग्स) पनि राख्ने गरेको पाइन्छ । महिलाहरुका लागि रौं सुन्दरताको प्रतिक मानिन्छ ।

लामो, कालो रौंको प्रशंसा कविहरुले आफ्नो कवितामा समेत पोख्ने गरेका छन् । लामो कपाल राखेर हिंड्ने महिलाहरु अन्यको दाँजोमा हिस्सि पनि देखिन्छे ।

0 comments for "मान्छेको टाउकोमा कपाल कति होला ?"

Leave a reply

    Popular Posts

    Blog Archive