Published On:Sunday, December 28, 2014
Posted by Unknown
फेसबुकले डीएसपी निलम्बनमा
१४ पुस, काठमाडौं । सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।
फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डीएसपी निलम्बनमा परेका छन् । आइजीपीको कामको आलोचना गरेर फेसबुकमा ‘कमेन्ट’ लेखेको आरोपमा सशस्त्रका डीएसपी नानीराम हुमागाईलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको नयाँ पत्रिकामा खबर छ ।
फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ । सशस्त्र प्रहरी मुख्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । डीआईजी दिवाकार केसी संयोजकत्वमा छाननिबन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नयाँ संयोजक बनाएर छानबिन गर्न लागिएको छ ।