Published On:Tuesday, December 23, 2014
Posted by Unknown

वैद्य‘‘विप्लव’ नेतृत्वको माओवादीले एकैदिन काठमाण्डुमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना

काठमाडौं,पुस ९ – सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र

नेत्रविक्रम चन्द‘‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाण्डुमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन् । माओत्सेतुङको १२१ औं जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन् ।
नेकपा–माओवादीले केन्द्रीय समितिको पाँचांैं विस्तारित बैठकको निर्णयअनुसार १० र ११ पुसमा पार्टीको राष्ट्रिय भेला आयोजना गरिने भएको छ । वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि चितवनमा भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले ११ पुसमा खुलामञ्चमा जनसभा गर्ने निर्णय गरेको हो । करिब एक महिनाअघि वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि विप्लव माओवादीले आयोजना गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण शर्माले पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठनिक रुपमा देखा परेका गम्भीर प्रकृतिका समस्या र तिनको समाधानका लागि जनवादको अभ्यासका बीचबाट सही निर्णयमा पुग्न राष्ट्रिय भेला आह्वान गरिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "वैद्य‘‘विप्लव’ नेतृत्वको माओवादीले एकैदिन काठमाण्डुमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना "

Leave a reply

    Popular Posts

    Blog Archive