Published On:Monday, December 29, 2014
Posted by Unknown
महोत्सवमा छुट्टी चाहिदैन, दर्शक
बाबुराम श्रेष्ठ
१५ पुष, धादिङ- महोत्सव भन्न साथ रमाईलो गर्ने, सास्कृतिक कार्यक्रमको अवलोकन गरी मनोरञ्जन लिने भन्ने बुझिन्छ तर यो भनाई बिरकुलै फरक भएको छ । सन्दर्भ हो धादिङ महोत्सवकै । धादिङबेसीमा पौष ७ गते देखि जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा दर्शकहरुले सोचे भन्दा फरक महशुस गरेका छन् । महोत्सव हेर्नका लागि टाढा बाट आएका दर्शकहरुले महोत्सवमा ब्रेक र गीत नबजाउन आयोजक संस्थालाई आग्रह गरेको छ । महोत्सवमा गीत र बे्रक समयले गर्दा दर्शकहरु अन्योलमा परेका महोत्सव हेर्न आएका एक दर्शकको भनाई रहेको छ । ब्यापार ब्याबसायमा घाटा भएको भन्दै आयोजक संस्थाले ३० मिनेट गीत बजाएर छोड्ने र १० मिनेट ब्रेक को समय केही दिन देखि मात्र सुरु गरेको छ । तर महोत्सवको अवलोकन गर्न आएका दर्शकहरुले भने यस्तो कार्य नगरी दिन आयोजक संस्थालाई आग्रह गरेको छ ।