Published On:Thursday, December 18, 2014
Posted by dadad

सुदिप कुमारको नयाँले बजार ततायो

पुष्पा थपलिया,
स्कुले जीवनबाटै गीत र्सिजनामा कलम चलाउन थालेका सुदिप कुमार रेग्मीको ‘नयाँ’ले बजार तताउन थालेको छ ।
सुरुवाती चरणमा कविता लेखनमा रमाउने रेग्मी आजभोली भने गीत रचनामा आफुलाई भुलाउन थालेका छन् । २०६९ सालबाट गीत रचनामा सक्रिय उनका गीतहरु बजारमा आउने क्रम तिब्र रुपमा बढेको छ ।
सुदिप कुमार रेग्मी पशामा ब्यावसायी हुन् ।

दिनभरको समय आफ्नो ब्यावसायमा बिताए पनि रातभरको समयमा गीत सिर्जनाका भेलले निदाउन दिदैनन् । उनी भन्छन् धेरै समय दुख र तनावमा बित्ने हुंदा भावुक गीत प्रति नै मोह छ, र त्यस्तै गीत सिर्जित हुन्छन् ।

गीतकार संघ नेपाललले सर्वोत्कृष्ठ गीतकार पुरस्कार जीतेपछि आफुलाई एकखमै भाग्यमानी भएको अनुभव उनको छ । 

युवा अवस्थामै आफ्नो सांगीतिक क्षेत्रको पहिलो उपहार स्वरुप दर्शक माझ ल्याइका रेग्मी पहिलो एल्वम अन्तरालबाटै धेरै लोकप्रियता दिएको सम्झन्छन् ।

बिभिन्न संघ संस्थाले दिएको सम्मान र पुरस्कार अनि सबै श्रोताको मायाले आफ्नो बाँकी जीवन संगीत क्षेत्रमा नै बिताउन हौसला मिलेको उनी बताउँछन् ।

0 comments for "सुदिप कुमारको नयाँले बजार ततायो"

Leave a reply

    Popular Posts

    Blog Archive