
पौष,९ धादिङ –घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन, आर्र्थीक संमृद्धी हाम्रो अभियान भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आज तेस्रो दिन विविध मनोरञ्ननात्मक कार्यक्रम सम्पन्न भएको छ । आज चर्चित गायिक, पुर्णकला बिसी, आस्था राउत, ,जीवन शर्मा, लगायत स्थानिय कलाकारहरुको प्रहस रहेको थियो । ११ दिन सम्म चल्ने मेलामा भोली राजु गुरुङ, शिव परियार,राजु मास्टर र बल्छी धुव्रे लगायत स्थानिय कलाकारहरुको प्रहसन रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा जिल्लाबासीहरुको उत्साहजनक सहभागिता रहेको छ ।