Published On:Saturday, December 20, 2014
Posted by Unknown
कम्प्युटरका उपयोगी केहि सफ्टवेयरहरु !

तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।
१. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ ।
२. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।
३. माउस जिग्लर (Mouse Jiggler) : तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ । यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।
४. मेलस्टोर (MailStore) : यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।
५. टेराकपी (Tercopy) : तपाईले कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ? यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।
६. सोल्युटो (Soluto) : कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।
७. इरेजर (Eraser) : कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।
तल लिंकमा क्लिक गरेर डाउनलोड गर्नुहोस्
अनलकर डाउनलोड गर्नुहोस्
डबल किलर डाउनलोड गर्नुहोस्
मेलस्टोर डाउनलोड गर्नुहोस्
टेराकपी डाउनलोड गर्नुहोस्
सोल्युटो डाउनलोड गर्नुहोस्
इरेजर डाउनलोड गर्नुहोस्
डबल किलर डाउनलोड गर्नुहोस्
मेलस्टोर डाउनलोड गर्नुहोस्
टेराकपी डाउनलोड गर्नुहोस्
सोल्युटो डाउनलोड गर्नुहोस्
इरेजर डाउनलोड गर्नुहोस्