Published On:Thursday, December 25, 2014
Posted by Unknown

छोरा छोरीका बावु आमा अन्तै प्रेममा फसेपछि ,

इलाम – विवाहलाई पवित्र नाता मानिन्छ । यो नाता धेरैका लागि फलिफापसिद्द भए पनि केहीलाई नबिर्सने घाउ बन्दैछ । विवाहहेत्तर सम्बन्ध (एक्स्ट्र म्यारिटल अफेयर्स)  ले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ । नायव सुब्बास्तरका एक कर्मचारी र आठ वर्षीया छोरीको आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुँदा इलाममा विवाहेत्तर सम्बन्धले फेरि चर्चा पाउँदैछ । दुई छोराको बुबा ती कर्मचारी र अर्कैकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरुले जिल्ला प्रहरी कार्यालयमै धाउनु परेको छ । पारिवारिक सद्भावले उनीहरुको दाम्पत्य जीवन नटुक्रिए पनि मौसमी मायाको चर्चा सहरभरि छ । श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको आशक्ती देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन् । मौसमी मायामा हराएकै कारण नयाँबजार ४ का मनकुमार भण्डारी र प्युठान बाँधिकोटकी शान्ता खत्री जेलमा छन् । उनीहरुले बहुविवाह गरेको उजुरी भण्डारी पत्नी सुकमाया तामाङले प्रहरीमा दिएकी थिइन् । त्यस्तै जितपुर–९ का प्रकाश गिरी र त्यहीँकी कल्पना गिरी भदौ ३० देखि जेलमा छन् । घरमा आफूँ हुँदाहुँदै कल्पनासँग मायामा हराउने श्रीमानविरुद्द जेठी श्रीमती राधाले उजुरी दिएकी थिइन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments for "छोरा छोरीका बावु आमा अन्तै प्रेममा फसेपछि ,"

Leave a reply

    Popular Posts

    Blog Archive