Published On:Wednesday, December 24, 2014
Posted by Unknown
विश्वका चर्चित ५ प्रेम प्रसँग

एन्टोनी र क्लियोपेट्रा

फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकी विधुवा जोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियन आगो भए र डिभोर्सको प्रस्ताब गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन । जब नेपोलियन सन् १८०४ मा फ्रान्सको सर्वाेच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्ट्रियाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिग्रिन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिल्न सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैको गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ मा इन्गेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हाले पछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाह पछि जार निकोलस रानी अलक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलत जनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्ती लगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जारनिकोलस र रानीअलेक्जेन्ड्रा लगायत अन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस

भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयर बीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।