Published On:Monday, December 29, 2014
Posted by Unknown
विमानस्थलका चरा र जन्तु धपाउन पाँचजना सिकारी
विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ। यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो। गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो।
विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला, भ्यागुतालगायत अन्य किराफट्यांग्रा चराका आहारा हुन्। विमानस्थलमा खटिएका सिकारीका अनुसार मनोहरा र बागमतीमा थुपारिएको फोहोरमा भेटिने किरा खान आउने चरा पनि विमानस्थलको फन्को मारेर जान्छन्। विमानस्थल प्रशासनले गत वर्ष एकै दिन सय केजीभन्दा बढी गँड्यौला घाँसैमैदानबाट निकालेको थियो।
चराविज्ञ डा। हेमसागर बरालका अनुसार गँड्यौला र मासुजन्य फोहोर चिलले असाध्यै मन पराउँछ। विमानस्थल वरिपरि भएका सेकुवा घरसमेत चिलका आकर्षण हुन्। मान्छेसँग नजिकिन सक्ने कालो चिल नेपालको रैथाने चरा हो।
विमानस्थल सुरक्षाविज्ञसमेत रहेका अपरेसन विभाग प्रमुख देवचन्द्रलाल कर्णका अनुसार आफैं ठोक्किन आउने चराबाहेक विमानको इन्जिनमा भएको भ्याकुमले नजिकको वस्तु तान्ने क्रममा पनि कहिलेकाहीं चरा ठोक्किन पुग्छन्।
एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चील ठोक्किए एक हजार आठ सय किलोको घन बजारेजस्तो हुन्छ। जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ, कर्णले भने।
वरिपरिको जंगल तथा कृषियोग्य जमिनका कारण पनि चरासहित स्याल र कुकुर विमानस्थलभित्र पुग्छन्। पछिल्लो समयमा स्याल र कुकुरको समस्या भने छैन।

विमानस्थल आसपास र आकाशमा घुमिरहने कालो चिल धपाउँदा पनि भाग्दैन। विमानस्थलमा पाँच वर्ष सिकारी टोलीको नेतृत्व गरेका कुमार बिष्टले भने, चिल धपाउँदा पनि भाग्न मान्दैन। सरकारले विमानस्थलका चरा र अन्य जन्तु धपाउन पाँचजना सिकारी खटाएको छ।
नागरिक उड्डयन प्राधिकरणको सेफ्टी मेजर डिपार्टमेन्टका अनुसार त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिले सन् १९९० मा चरा विमानसँग ठोक्किएको थियो। त्यस्तै सन् १९९२ मा १२, १९९४ मा ६, १९९५ मा सात, १९९९ मा १४, २००४ मा आठ, २००५ मा सात, २००६ मा तीन, २००८ मा चार र २०१० मा पाँचवटा यस्ता घटना भए पनि मानवीय क्षति भएको छैन।
दुई वर्षअघि मनोहरा खोलामा दुर्घटना भएको सीता एयरमा कालो चिल ठोक्किएको थियो। चराकै कारण दुर्घटना भएको भन्ने प्रमाणित भने भएन। चरा ठोक्किने घटनामध्ये ४८ प्रतिशत त्रिभुवन विमानस्थलमा भएको प्राधिकरणको तथ्यांक छ। विमानलाई चराको खतराबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्ने कर्णको सुझाव छ।
वरिष्ठ अधिवक्ता र पूर्वपदाधिकारीसँग सोमबार परामर्श लिएपछि बार यस्तो निर्णयमा पुगेको हो। बारका ४२ जना सल्लाहकारले एकमतले न्यायाधीश नियुक्तिका लागि दरखास्त माग्ने परिषद्को कार्य न्यायाधीश नियुक्ति मापदण्ड खारेजीको फैसला र संविधानको मर्मविपरीत रहेको बताएका थिए।
त्यसपछि बसेको बार केन्द्रीय कार्यसमिति बैठकले व्यक्तिगत विवरण मागको आवरणमा संवैधानिक र कानुनी व्यवस्था उपेक्षा गर्दै परिषद्ले कानुनव्यवसायीसँग दरखास्त मागेको निष्कर्षसहित सम्पूर्ण सदस्यलाई प्रक्रियामा भाग नलिन आह्वान गरेको हो।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि व्यक्तिगत विवरण भराउने गरी परिषद्ले पुस ९ गते गरेको निर्णय अन्तरिम संविधानको धारा १०३ र न्याय परिषद् ऐन २०४७ को दफा ४ को प्रावधानविरुद्ध रहेको ठहर बारको छ।