Published On:Thursday, December 25, 2014
Posted by Unknown
शर्तसहित ६ प्रदेश मान्न एमाओवादी तयार (नक्शासहित) कुन-कुन प्रदेशहरु मर्ज हुँदैछन् ?
काठमाडौं । संघीयता विवादकै कारण माघ ८ मा संविधान नबन्ने आशंका बढिरहेका बेला एकीकृत नेकपा माओवादीले ९ वा ६ प्रदेशको विकल्प अघि सारेको छ ।
कांग्रेस र एमालेका नेताहरुले धेरै प्रदेश मुलुकले धान्न नसक्ने बताएपछि एमाओवादीले सशर्त ६ प्रदेश मान्न सकिने बताएको हो । दलहरुबीच हुने अनौपचारिक छलफलमा एमाओवादी नेताहरुले ६ प्रदेश मान्न सकिने प्रतिक्रिया दिएको कांग्रेसका एक नेताले अनलाइनखबरलाई बताए ।
प्रदेशमा लचिलो हुने संकेत दिएको एमाओवादीले पहिचानलाई शर्त बनाएको छ । उसको अर्को शर्त छ, प्रदेशहरु बनाउँदा एक प्रतिशत जनसंख्या भएको एउटै जाति र भाषाभाषीको बसोबासलाई छुट्याउन हुन्न ।
माओवादीले भनेको १० प्रदेशमध्ये सेती(महाकाली र भेरी(कर्णालीलाई एउटै बनाएर ९ प्रदेशको प्रस्ताव । यसो गरिए नामाकरण प्रदेशसभालार्इ दिन सकिने उसले बताएको छ ।
एमाओवादी एक नेताले भने(हामीले दुईवटा मान्यता अघि सारेका छौं, पहिलो भनेको ९ प्रदेश बनाउन सकिन्छ भन्ने हो । यसो गर्दा राज्य पुनःसंरचना आयोगले बनाएको १० प्रदेशमा सेती(महाकाली र भेरी(कर्णालीलाई एउटै बनाउन सकिन्छ ।’
यो सिद्धान्तमा आधारित रहेर प्रदेशहरु बनाउँदा नामांकनको जिम्मा प्रदेश सभालाई दिन सकिनेछ । ‘यसले कमसेकम हामीले भन्दै आएको प्रदेश बन्दैछ भन्ने जनतालाई पर्छ’ एक नेताले भने ।
६ प्रदेश बनाउँदा पहिचानसहितको नामाकरण अहिले नै गर्नु पर्ने माओवादी अडान छ
एमाओवादीले अघि सारेको दोस्रो विकल्पमा पहाडमा चार र मधेसमा दुई प्रदेश बनाउने भन्ने छ । यसमा माथिल्लो भागका आठ प्रदेशलाई गाभेर चार बनाउन सकिन्छ र मधेसमा दुई प्रदेश रहन्छ ।’
यसो गर्दा एउटै जाति, भाषाभाषी बसोबासका आधारमा बनाइएका नजिकका दुई प्रदेशलाई गाभेर एक बनाइनेछ । तर, यसो गर्दा बहुपहिचानमा आधारिक नाम अहिले नै दिनुपर्ने माओवादी प्रस्ताव छ ।
पछिल्लो विकल्पमा राज्य पुनःसंरचना आयोगले बनाएको १० प्रदेशमध्ये नेवा र ताम्सालिङ, तमुवान मगरात, लिम्बुवान र किराँत तथा सेती(महाकाली र भेरी कर्णालीलाई एकअर्कामा जोडिनेछ ।
मधेसमा दुई प्रदेश रहनेछ भने चितवनलाई नेवा(ताम्सालिङ अन्तरगत राख्ने एमाओवादी प्रस्ताव छ ।
कांग्रेस र एमाले भन्छन् एक थपौं
कांग्रेस र एमालेले पछिल्लोपटक उत्तर(दक्षिण चिरेर भौगोलिक आधारमा सात प्रदेशको प्रस्ताव अघि सारेका छन् । एमाओवादी र मधेसवादी दलहरुले यसलाई महेन्द्रकालीन शैलीको प्रस्ताव भन्दै आस्वीकार गरेका छन् ।
कांग्रेस र एमालेसहितका दलले सम्वाद समितिमा बुझाएको प्रस्ताव
‘हामीले यसमा एक प्रदेश थपेर आठवटा बनाऔं भनेर प्रचण्डलाई भनेकै छौं तर, उहाँहरुले मान्नुभएको छैन’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने(माओवादीले बहुपहिचान छाड्छ जस्तो मलाई लाग्दैन ।’
माओवादीका एक पदाधिकारीले पनि कांग्रेस र एमालेले आठ प्रदेशसम्म जान सकिने बताएको स्वीकार गरे । ‘उहाँहरुले सात नमान्ने हो भने एक थपौं न त भन्नुभएको छ तर, कसरी भन्ने मूर्त प्रस्ताव ल्याउनुभएको छैन’ एमाओवादी नेताले अनलाइनखबरसँग भने ।
अनलाइन खबरबाट साभार