Published On:Wednesday, December 24, 2014
Posted by Unknown
अब लोडसेडिङ २ घण्टा मात्र

चार सय केभी ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन आउँदो असारसम्म निर्माण पूरा हुने लक्ष्य राखिएको छ । उक्त लाइन बनेपछि आवश्यकताअनुसार बिजुली किनी बढ्दो लोडसेडिङ कम गर्न सकिने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताएको नागरिक दैनिकमा खबर छ ।
अन्तरदेशीय प्रसारण लाइनमार्फत औसत पाँच रुपैयाँ ५३ पैसा (३.४६ भारु) मा एक सय ५० मेगावाट बिजुली किन्ने सम्झौता भइसकेको छ । सन् २०१० मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उक्त परिमाणको बिजुली किन्ने सम्झौता भएको थियो । अर्को हिउँदसम्म यो प्रसारण लाइन पूरा भए यसबाट मात्र प्रािधकरणले ७ अर्ब २७ करोडको बिजुली किन्ने छ । अन्य १३२ केभी र ३३ केभी लाइनबाट १२ अर्ब रुपैयाँ बढीको थप दुई सय मेगावाट ल्याइने शाक्यले जानकारी दिए ।