Published On:Sunday, December 21, 2014
Posted by Unknown
थाइ प्रहरीले पारसको कपाल मुण्डन गरी मुडुलो बनाइदियो ,

पछिल्लो पटक अवैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाई अदालतले अन्तिम फैसला भने गरेको छैन । आगामी २७ डिसेम्बरमा उनको मुद्दाको म्याद गुजारेको अभियोगमा थाई अदालतलेउनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो ।
पारसले तीन पटक मुद्दाको म्याद गुजारिसकेको थिए । स्रोतका अनुसार कारागारमा पुगेपछि
पारसको कपाल मुण्डन गरिएको छ । थाइ प्रहरीले उनको कपाल मुण्डन गरी मुडुलो बनाइदिएको छ । यसैगरी, उनको डे्रेसअप पनि बदलिएको छ ।
उनकी प्रेमिका कन्निका च्यान्साईर् भने अझै पारसको सम्पर्कमा रहेकी छन् । तग सोमवार पनि कन्निका पारसलाई भेट्न जेल पुगेकी थिइन् । पटकपटक प्रहरीले पक्राउ गर्न थालेपछि थाइल्याण्डमै रहेका नेपाली भने पारसलाई भेट्न अझैसम्म जेल गएका छैनन् ।