Published On:Tuesday, December 23, 2014
Posted by Unknown

थाइल्यान्डमा अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मुक्त

९ पुस, काठमाडौं । थाइल्यान्डमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मंगलबार मुक्त भएका छन्। नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त कारबाहीमा उनीहरू अपहरणमुक्त भएका हुन्। अपहरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य सात अपहरणकारी फरार भएका छन्।
थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका रोनिश श्रेष्ठ, कर्ण हाछेथू र दिवस रिजाललाई अज्ञात समूहले गत शुक्रबार अपहरण गरेको थियो। अपहरणको सूचना आएपछि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी पीता बर अधिकारी बैंकक गएको अन्नपूर्ण पोस्टमा खबर छ ।
सहपाठी पाकिस्तानी साथी अलीले आफ्नो अस्ट्रेलियाको भिसा लागेकाले ‘ट्रिट’ दिने भन्दै तीन नेपाली विद्यार्थीलाई बोलाएका थिए। साथीको भिसा लागेको खुसीयालीमा ‘ट्रिट’ खान गएका नेपाली विद्यार्थी त्यहींबाट अपहरणमा परेका थिए। अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले पाकिस्तानी विद्यार्थी अली र अर्का एक भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ।
अपहरणकारीले उनीहरूलाई बन्धक बनाई फिरौती रकम माग गरेका थिए। ‘अपहरणकारी र विद्यार्थीबीच पुरानो चिनजान हो-होइन भन्नेबारे विस्तृत अध्ययन भइरहको छ’, उच्च प्रहरी स्रोतले भन्यो।
सीआईबीका प्रमुख डीआईजी हेमन्त मल्लले अपहरणमा परेका तीन विद्यार्थी मुक्त भएको जानकारी दिए। उनले भने, ‘विद्यार्थीअपरहणमुक्त भए पनि अप्रेसन जारी छ, घटनामा संलग्न केही व्यक्ति पक्राउ गर्न बाँकी छ।’ अपहरणकारीले तीनैजना परिवारका सदस्यलाई फोन गरी एकएक करोड फिरौती माग गरेको स्रोतले बताएको छ।
विद्यार्थीका आफन्तले शनिबार बिहानमात्र आफ्नो छोरा अपरहणमा परेको खबर थाहा पाएका थिए। उच्च प्रहरी स्रोतका अनुसार अपहरणमा परेकामध्ये रिजालका बुबा एक करोड रुपयाँ फिरौती दिन तयार भएपछि अपहरणकारीको सम्पर्कमा रहेका एक व्यक्तिले लगनखेलको एक गोप्य स्थानमा उक्त रुपयाँ छाड्न भनेका थिए।

0 comments for "थाइल्यान्डमा अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मुक्त"

Leave a reply

    Popular Posts

    Blog Archive