Published On:Thursday, December 18, 2014
Posted by Unknown

अठार वर्ष अगाडि मृत्युदण्ड दिइएका युवक निर्दोष, अदालत

एजेन्सी । अठार वर्ष अगाडि हत्या तथा बलात्कारमा दोषी प्रमाणित भइ मृत्युदण्ड दिइएका एक नवयुवकलाई सोमबार एक अदालतले निर्दोष भएको घोषणा गरेको छ । यसलाई गलत निर्णय उल्ट्याइएको कमै देखिने निर्णयको रूपमा लिइएको छ ।

अठार वर्षीय उक्त युवकको नाम हुगजिल्टु रहेको र उसलाई क्योसिलेटुको नामबाट पनि चिनिने गरेको बताइएको छ । निजलाई सन् १९९६ मा भित्री मङ्गोलियामा मृत्युदण्ड दिइएको थियो । सन् २००५ मा सोही आरोपमा अर्को पुरुषले आफू दोषी भएको स्वीकार गरेपछि उक्त निर्णयमा आशङ्का गरिएको थियो ।

होहोटमा अदालतले एक विज्ञप्ति प्रकाशन गरी भित्री मङ्गोलिया उच्च जनअदालतले हुगजिल्टु दोषी भएको भनी ठानेको निर्णय प्रमाणसँग मिल्दो नदेखिएको र प्रमाण पर्याप्त नभएको उल्लेख गरेको छ ।

साथै निर्णयमा हुगजिल्टु निर्दोष देखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्ताधारी कम्युनिस्ट पार्टीका नेताहरूले चिनियाँ आचरणको कानुनी राज्य बलियो बनाउने दृढता व्यक्त गरेपछि उक्त निर्णय आएको हो ।

अदालतका उपाध्यक्षले हुगजिल्टुका आमाबुबालाई ३० हजार युआन क्षतिपूर्ति दिएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । सामाजिक सञ्जालले हुगजिल्टुका हाल प्रौढ आमाबुबासँग अदालतका उपाध्यक्षले माफी मागेको देखाइएको तस्वीर राखेका छन् ।

0 comments for "अठार वर्ष अगाडि मृत्युदण्ड दिइएका युवक निर्दोष, अदालत"

Leave a reply

    Popular Posts

    Blog Archive