Published On:Thursday, December 18, 2014
Posted by Unknown

2014 मा विश्वभर घटेको केही अनौठा समाचार

एजेन्सी। फ्रान्सेली अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले यस वर्ष आफूले विश्वभर प्रसारण गरेका केही समाचारलाई अनौठा समाचारको रूपमा लिएको छ । ती समाचारमध्ये केही निम्न छन् ,



– जनवरी महिनामा जापानमा महिलाका लागि भित्री तथा सुत्ने लुगा उत्पादन गर्ने एक कम्पनीले वास्तविक मायाँ परीक्षक ‘ब्रा’ (ट्रु लभ टेस्टर) उत्पादन गरेको दाबी गरेको थियो । यस कम्पनीले यो ब्रा लगाउने महिला वास्तवमै मायामा परेकी भए मात्र यो ब्रा खोलिने दाबी गरेको थियो ।

– फेब्रुअरी महिनामा अमेरिकाको क्यालिफोर्नियाका एक दम्पतीले आफ्नो कुकुर घुमाउन लैजाँदा त्यसले गाडिएको सुनका सिक्काको एक थुप्रो खोस्रेर निकाल्यो । विशेषज्ञहरूले उक्त सिक्काको मूल्य एक करोड अमेरिकी डलर बराबर भएको अनुमान गरे । अमेरिकामा यसरी फेला परेको गाडधनमा उक्त सिक्का सबैभन्दा मूल्यवान भएको अनुमान गरिएको थियो ।

– मार्च महिनामा डेनमार्कको एउटा ‘ट्रभल’ कम्पनीले आफ्नो मुलुकका बढी दम्पतीलाई पेरिस जस्तो रोमान्टिक नगर घुमाइ आफ्नो मुलुकको घट्दो जन्मदर बढाउनसक्ने दाबी गरेको थियो । यस कम्पनीले आफ्नो प्रचारप्रसारको शीर्षक ‘डेनमार्कका लागि गर्नुहोस्’ (डु इट फर डेनमार्क) राखेको थियो ।

– अप्रिल महिनामा जर्मनीमा एक बोतलमा राखि १०१ वर्ष अगाडि समुद्रमा बगाइएको एक सन्देश त्यसका लेखकका नातिनीलाई बुझाइएको थियो । त्यो त्यस प्रकारको सबैभन्दा पुरानो सन्देश भएको विश्वास गरिएको थियो ।


– मे महिनामा रियो दी जेनिरोमा छ प्रहरी अधिकारीले महिलाको भित्री लुगा ढुवानी गरिरहेका ट्रक रोकी त्यहाँ रहेका ‘प्यान्टी’ तथा ‘ब्रा’ चोरी तिनीहरूका चालकसँग घुस लिएको आरोपमा तिनीहरूलाई पक्राउ गरिएको थियो ।


– जुन महिनामा बेलायतको दक्षिणी तटीय क्षेत्रमा वृद्धाश्रममा राखिएका दोस्रो विश्वयुद्धका योद्धा ८९ वर्षीय अवकाशप्राप्त सैनिक भागी उत्तरी फ्रान्समा डी–डे मनाउन आफ्नो तक्मासहित पुगेका थिए ।

– जुलाइ महिनामा सोल नगरमा एक बौद्ध संस्थाले गीत गाउने भीक्षु तथा भीक्षुणी प्रस्तुत गर्दै युवा भक्त जम्मा गर्न एक ‘अनुभवजन्य प्रार्थना प्रतियोगिता’ आयोजना गरेको थियो ।

– अगस्त महिनामा चीनको कुनसानमा एक रेस्टृराँले आफ्ना ग्राहकलाई स्वागत गर्न, खाना पकाउन तथा खाना पु¥याउन एक दर्जनभन्दा बढी रोबोट प्रयोग गरेको थियो ।

– सेप्टेम्बर महिनामा अस्ट्रेलियाको मेलबर्नमा जर्ज नाम गरेको एक ‘गोल्डफिस’को मस्तिष्कको उच्च जोखिमयुक्त शल्यक्रिया गरिएको थियो । दस वर्षीय उक्त माछाका मालिकले त्यसलाई मर्न दिनुभन्दा त्यसको शल्यक्रिया गर्नु उचित ठानेका थिए ।

अक्टोबर महिनामा युगान्डामा गाइको दूध दुहुनु तथा बोका बाख्रासँग काम गर्नुमा हिंडाइको सुन्दरता देख्ने गरी वार्षिक सौदर्य प्रदर्शनको पुनः ब्याख्या गर्दा एक पूर्व कुखुरापालक तथा च्याउकृषक ‘मिस युगान्डा’ हुनपुगेकी थिइन् ।

नोभेम्बर महिनामा पोल्यान्डका ९१ वर्षीया एक महिलाको घरमै मृत्युभएको घोषणा गरिएपछि उनले ११ घण्टासम्म हिंडडुल गरी शवगृहका कामदारलाई चकित बनाइदिएकी थिएन् । यी महिलाले घर पुगेपछि आफूलाई निकै चिसो अनुभव भएकाले एक कप चिया मागेकी उनका भतिजीले बताइन् ।

– डिसेम्बर महिनामा हल्यान्डका एक पुरुषले एक क्रेनमा बसी आफ्नी प्रेमिकाको बगैचामा विवाहको प्रस्ताव दिन पुग्दा छिमेकीको छाना भत्काउन पुगेका थिए । त्यसो त ती प्रेमिकाले उसको प्रस्ताव भने स्वीकार गरेकी थिइन् ।

0 comments for "2014 मा विश्वभर घटेको केही अनौठा समाचार"

Leave a reply

    Popular Posts

    Blog Archive