Published On:Thursday, December 18, 2014
Posted by Unknown

धादिङमा पनि भुकम्पको धक्का

धादिङ।  धादिङमा भुकम्पको धक्का महशुस गरिएको छ।  रात ९ बजेर १८ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो। नेपालको पूर्वी हिमालय क्षेत्र  नाम्चे केन्द्रबिन्दु भएर भुकम्प गएको बताइएको छ। ५ दशमलव ९  म्याग्निच्युडले नेपालको पूर्वी तथा मध्य नेपालका अधिकांश भागलाई धक्का दिएको हो।

राष्ट्रिय भुकम्प मापन केन्द्रले ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पको धक्का सोलुखुम्बुको उत्तरी क्षेत्र र दोलखाको सिमाना आसपास रहेको बताएको छ। भुकम्प मापन गर्ने एक संस्था इएमएससीले भने ५ म्याग्निच्युडको भुकम्प गएको बताएको थियो।

0 comments for "धादिङमा पनि भुकम्पको धक्का"

Leave a reply

    Popular Posts

    Blog Archive