Published On:Wednesday, December 3, 2014
Posted by Tekman Shakya

टायर बाल्ने विद्यार्थी नेता सडक संरक्षणमा

१८ मंसिर, काठमाडौं । आन्दोलनको नाममा सडकमा टायर बाल्न क्रियाशिल हुने विद्यार्थी नेताहरु सडक संरक्षणमा जुटेका छन् ।

१८ सार्क सम्मेलनका लागि सिंघारिएको राजधानी भित्रका सडक विग्रन थालेपछि अनेरास्वबियुले आजदेखि १ हप्ते सडक संरक्षण अभियान सुरु गरेको हो ।

अखिलका केन्द्रीय अध्यक्ष किशोर विक्रम मल्लसहितका विधार्थीहरुले माईतिघर मण्डलाबाट अभियानको सुरुवात गरेका छन् । विद्यार्थी नेताहरु विहीबारदेखी १ हप्तासम्म रत्नराज्य लक्ष्मी, पब्लिक युथ, पद्यमकन्य लगायत क्याम्पसहरु अगाडी र विभिन्न चोकहरुमा सचेत गराउन संयमसेवीको भुमिकामा रहने भएका छन् । 
अभियानभर जथाभावी बाटो काट्ने, रोपिएका बोटबिरुवाहरु उखेल्ने लगायत क्रियाकलाप गर्नेहरुमा जनचेतना जगाइने अखिलका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

0 comments for "टायर बाल्ने विद्यार्थी नेता सडक संरक्षणमा"

Leave a reply

    Popular Posts

    Blog Archive