Published On:Wednesday, December 3, 2014
Posted by Unknown

८४ वर्षे वृद्ध पुरुष १७ वर्षका लक्काजवान सुन्दरी जुम्ल्याहा दिदीबहिनीसँग डेटिङमा

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने उखानलाई सत्य सावित गर्दै एकजना ८४ वर्षे वृद्ध पुरुष १७ वर्षका लक्काजवान सुन्दरी जुम्ल्याहा दिदीबहिनीसँग डेटिङ गए । कुरकुरे बैँशका जुम्ल्याहा ठिटीसँग डेटिङ जान पाउँदा ती बुढा मख्ख मात्र थिएनन् मनमा धेरै इच्छा पालेका थिए र ती इच्छा तथा प्यास मेटाउने धोको पनि संगालेका थिए । तर विचरा ती बुढाको डेटिङ निकै दुखान्त भयो । बैशालु किशोरीहरुसँग प्यास मेटाउने सपना चकनाचुर त भयो नै, उनीमाथि जिउ बाँधेर लुटपाट पनि गरियो । अमेरिकाको म्यानहटनका ८४ वर्षीय पाउल आरोनसनले अनलाइन डेटिङ साइटमार्फत १७ वर्षीय किशोरी शैना फोस्टरलाई फेला पारे । ती ८४ वर्षे बृद्ध र १७ वर्षे किशोरीको पहिलो डेटिङ त रमाइलै भयो । तर दोश्रो डेटिङमा भने शैनाले आफ्नी जुम्ल्याहा बहिनी शलैनलाई पनि सँगै ल्याइन् । दिनभर तिनजना मज्जाले गफ गरे र महंगो रेष्टुरेन्टमा खानपिन समेत गरे । बेलुकी पाउलले ती जुम्ल्याहा किशोरीलाई डिनरका लागि आफ्नो घर बोलाए । रातको डिनरमा वृद्धको घर पुगेपछि भने कुरा बिग्रियो । ती जुम्ल्याहा दिदीबहिनीले वृद्धलाई बाँधे र उनको पैसा तथा क्रेडिट कार्ड लुटेर लगे । अनि बजार गएर मेकअपका सामान किने । पछि ती वृद्धले आफुमाथि भएको लुटपाटको बारेमा प्रहरीमा उजुरी गरेपछि घटनाको बारेमा खुलासा भएको छ । बृद्धलाई बाँधेर लुटेको आरोपमा जुम्ल्याहा किशोरीमाथि अपहरण, लुटपाट तथा आक्रमणको मुद्दा लागेको छ । किशोरीहरुले भने आफुहरुमाथि वृद्धले उजुरी गर्नु निराधार रहेको बताएका छन् । डिनरका लागि बोलाएर बुढाले आफुलाई यौन सम्बन्धका लागि प्रस्ताव राखेको र दुव्र्यवहार गर्न थालेपछि उसलाई बाँधेर पैसा लगिदिएको उनीहरुले बताएका छन् ।

0 comments for " ८४ वर्षे वृद्ध पुरुष १७ वर्षका लक्काजवान सुन्दरी जुम्ल्याहा दिदीबहिनीसँग डेटिङमा"

Leave a reply

    Popular Posts

    Blog Archive