
२१ जेठ, धादिङ । धादिङ जिल्लाको ढोला गाउँ विकास समिति वडा नं–३ मा रहेको मण्डली इङ्लीस स्कुलको कम्प्युटर ल्याब निर्माणको लागि झापा घर भई हाल अमेरीकामा बसोबास गर्नेे डिक बिर महतले रु ५० हजार सहयोग गरेका छन् । आफुले प्रिन्सीपलको रुपमा केही बर्ष काम गरेको उक्त विद्यालयलाई सहयोग गर्न पाउदा आफु निकै खुसी भएको भन्दै थप ५० हजार रकम छिट्टै विद्यालयलाई उपलब्ध गराई रु १ लाख सहयोग गर्ने उनले नेपाली माटोलाई जानकारी दिए । २१ औ शताब्दीको यो युगमा अझै पनि ग्रामिण भेगका बालबालिका हरुको पहुचमा कम्प्युटर शिक्षा पुग्न नसकेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले विद्यालयलाई सहयोग गरेका हुन्े । केही वर्ष सो विद्यालयमा अध्यापनरत रहदा आफुले उक्त ठाऊँका मानिसहरुबाट धेरै माया र सद्भाव पाएको कारण सो गाँउसंग आफ्नो गाढा सम्बन्ध रहेको भन्दै बालबालिकाको शिक्षामा सहयोग गर्न लालाहित भई सहयोग गरेको उनी बताउछन् ।
आफ्नो पुर्व प्रिन्सीपलले विद्यालय प्रति देखाउनु भएको अपार मायाले आफुहरु निकै हौसिएको र कम्प्युटर शिक्षा प्रदान गर्न हतार लागि सकेको विद्यालयका प्रिन्सीपल हरिप्रसाद भट्टको भनाई छ । ग्रमिण बस्तीमा कम्प्युटर शिक्षा प्रदान गर्न महत सरले जस्तै सबैले सहयोग गर्ने हो भने ग्रामिण क्षेत्रमा पढेका विद्यार्थी पनि विश्व बजारमा सजिलै बिक्न सक्ने विद्यालयका अध्यक्ष गंगादत्त मिश्र बताउछन् ।
बिदेशी भुमीमा पसीना बगाएर कमाएको रकम गाउँको शिक्षामा विकास गर्नमा खर्च गर्ने महत सरबाट सबैले पाठ सिक्नु पर्ने विद्यालयका संचालक वुद्धी भट्ट बताउछन् ।

good news keep it up DB sir