Published On:Sunday, May 17, 2015
Posted by dadad

कत्रो भूकम्प गयो ? याे नम्बरमा फोन गर्नुस्


भूकम्पबारे आधिकारिक जानकारी दिन सरकारले शनिबारदेखि सुरु गरेको ‘टोल फ्री’ नम्बर आइतबार परिवर्तन गरेको छ । खानी तथा भूगर्भ विभागले आइतबार मध्याह्नदेखि लागू हुने गरी १६६००१४४१०१ नम्बरको नयाँ टोल फ्री नम्बर सुरु गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘टोल फ्री’ नम्बर भनेर शनिबारबाट सुरु गरिएको १६१८०१४४१०१४१ नम्बर भूलवश ‘नोटिस बोर्ड’ (पैसा लाग्ने नम्बर) परेकाले त्यसलाई फेर्नुपरेको विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाले बताए ।

अब दुईवटै नम्बरबाट भूकम्पसम्बन्धी जानकारी लिन सकिन्छ । सर्वसाधारणले १६६००१४४१०१ मा फोन गर्दा पैसा लाग्दैन । तर, १६१८०१४४१०१४१ फोन गर्दा भने प्रतिमिनेट १ रुपैयाँ (करबाहेक) काट्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्

0 comments for "कत्रो भूकम्प गयो ? याे नम्बरमा फोन गर्नुस्"

Leave a reply

    Popular Posts

    Blog Archive