Published On:Monday, May 18, 2015
Posted by Tekman Shakya
भवन निर्माणको स्वीकृती तत्कालका लागि रोक्का ! (पत्र सहित)

स्थानीय विकास मन्त्रालयले जारी गरेको पत्र अनुसार विनाशकारी भूकम्पले घर संरचनाहरु ध्वस्त बनाएकोले भवन संहिता एवं भवन निर्माण निर्देशिका नै परिवर्तन गर्नुपर्ने आवश्यकता भएकाले तत्कालका लागि भवन निर्माणको स्वीकृत रोक्का गर्ने भनिएको हो ।
सरकारले चालु आर्थिक वर्षका आषढ मसान्तसम्म कुनै पनि नयाँ भवन निर्माणका लागि नक्सा पासको निवेदन दर्ता नगर्न समेत भनेको छ ।
नक्सा पासको स्वीकृती लिएका तर काम नथालेकाहरुले पनि भवन निमार्ण कार्य रोक्न सरकारले भनेको छ । विनाशकारी भूकम्पले ध्वस्त बनाएका ठाउँहरुमा अस्थायी घरहरु बनाउन भने दिने बताईएको छ ।

यस्तै मापदण्ड मिचेर बनाईएका पर्खाल तथा हालैको भूकम्पले जोखिमयुक्त बनाएका पर्खालहरु अबिलम्ब हटाउन पनि विज्ञप्तीमा भनिएको छ ।
मापदण्ड विपरित नक्सा पास गर्ने, भवन निर्माणको अनुमति दिने, तथा यस कार्यमा संलग्न रहने कर्मचारीहरुलाई कडा भन्दा कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।
मन्त्रालयले भवन निर्माण स्वीकृत तत्कालका लागि रोक्का गर्न भन्दै सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यलयहरु र जिल्ला प्राविधिक कार्यलयहरुमा पत्र पठाएको छ ।