गुल्मीको मर्भुङ्गमा नागरिक सुनुवाई

Posted by my storry | Tuesday, June 9, 2015 | Posted in , ,

 अनिल खत्री 
गुल्मी जेष्ठ २७÷

जिल्ला प्रहरी कार्यलय गुल्मीले मर्भुङ्ग गाविसमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यलय गुल्मीले आफना सेवा तथा गतिबिधीहरुको बारेमा जानकारी लिदै नागरिकबाट सुझाव सल्लाह समेत छलफल भएको थियो । मर्भुङ्ग गाविसको सिमलटारी सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका बिभिन्न संघ संस्था,बुद्धीजिवी, महिला, नागरिक समाज लगायत सर्बसाधारणहरुको  सहभागिता रहेको थियो । 
 कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न स्थानका बिद्यालयमा पुगी कार्यक्रमहरु सम्पन्न भएको छन् ।  सिमलटारीमा मालिका उच्च मा बि का कारिव २ सय भन्दा बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्तक्रिया अन्तक्रिया तथा प्रशिक्षण जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले दिनु भएको थियो । 
 प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका ग्रामीण भेगमा यस्ता कार्यक्रमहरु संञ्चालन भैरहेका छन् ।  गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा संलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरे सगै शान्ति सुरक्षामा सुधार आएको । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको हो  । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ ।

कसरी बन्नेछन् ८ प्रदेश ?

Posted by dadad | | Posted in ,

२७ जेठ,  काठमाडौ, प्रमुख चार दलबीच सोमबार भएको सहमतिमा ८ प्रदेश बनाउने उल्लेख छ । यी प्रदेश कसरी निर्माण हुन्छन् त ? दलीय सहमतिमा छ– ‘पहिचानका ५ र सामथ्र्यका ४ आधारमा प्रदेश बन्नेछन् ।’

पहिचानका ५ आधार

१. जातीय/समुदायगत

२. भाषिक

३. सांस्कृतिक

४. भौगोलिक/क्षेत्रगत निरन्तरता

५. ऐतिहासिक निरन्तरता

अघिल्लो संविधानसभाको राज्यपुनर्सरचना समितिले नै निधारण गरेका आधारहरुलाई अब प्रदेशको सिमाङ्कन गर्दा आयोगले ध्यान दिनुपर्नेछ । ती आधारमा दलहरुबीच यसअघि नै सहमति भइसकेको छ । पहिचान भित्र जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता गरी पाँचवटा आधार छन् ।

कुनै पनि प्रदेश बनाउँदा यही आधारलाई हेर्नुपर्नेछ । त्यससँगै प्रदेशले धान्न सक्छ कि सक्दैन त्यसलाई ख्याल गर्न सामथ्र्यका चार आधारमा दलहरुबीच सहमति भएको थियो ।

सामर्थ्यका ४ आधार

१. आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य

२. पूर्वाधार विकासको अवस्था र सम्भावना

३. प्राकृतिक साधन र स्रोतको उपलब्धता

४. प्रशासनिक सुगमता

नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा

Posted by my storry | Monday, June 8, 2015 | Posted in , ,

जेष्ठ २६ काठमाण्डौ 
भूकम्प पछि देश सिथिल भयो भन्नेहरु धेरै छन् । तर देशको नव निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुँदैछन् । दौड केवल दौडमा मात्र सिमित हुने छैन । काठमाण्डौमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ, अनि दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने छ, त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उर्जा प्रदान गर्ने छ । नव नेपाल निमार्ण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यस्ता रचनात्मक कार्यमा लाग्न सघाउ पु¥याउने द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले बताउनुभयो । 
वाई.एस.पि. नेपाल रामेछाप, युथ नेटवर्क काठमाण्डौ र द ह्वाईट जोन नेपाल काठमाण्डौको संयोजनमा यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि. नेपाल रामेछापका अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 
५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार
मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का,  अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगाएत नागरिक समाजका अगुवा, पत्रकार, कलाकार, पेशाकर्मीको  सहभागिता रहने महतले जानकारी दिनुभयो । 

संविधान निर्माण सम्बन्धमा चार राजनीतिक दलबीच सहमति

Posted by dadad | | Posted in ,

काठमाडौँ, २५ जेठ । नयाँ संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलबीच आज ऐतिहासिक सोह्रबुँदे सहमति भएको छ । 
नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार  फोरम नेपाल(लोकतान्त्रिक)बीच राति अबेर भएको सो सहमति काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिरामणि पोखरेलका साथ प्रधानमन्त्री निवास बालुवाटारको परिसरमा पत्रकारहरूमाझ सार्वजनिक गर्नुभएको थियो ।
   
सहमतिको पूर्ण पाठ 

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरूबीच भएको सहमति 

संविधानसभाबाट संविधान जारी गर्ने सम्बन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशीघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौंँ । 

सङ्घीयता र प्रदेश रचना                   
१) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका पाँच  र सामथ्र्यका चार आधारमा आठ  प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
३) प्रदेशको सीमाङ्कनसम्बन्धी सिफारिस गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि छ महिना हुनेछ । सङ्घीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसद्को दुई तिहाइ बहुमतले गर्नेछ ।

संसद र निर्वाचन प्रणाली
४) सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कुल दुई सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसङ्ख्याका आधारमा देशमा कुल एक सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् ।  यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बहुमत प्राप्त गर्ने एक सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी एक सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
६) राष्ट्रिय सभाको सदस्य सङ्ख्या कुल ४५ कायम हुनेछ । यसमध्ये प्रत्येक प्रदेशबाट समान सङ्ख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् र बाँकी पाँच सदस्य सङ्घीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।

शासकीय स्वरुप
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य  दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् एवम् प्रादेशिक सभा सदस्यसहितको निर्वाचकमण्डलबाट हुनेछ ।
( संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
९) नयाँ संविधान घोषणापश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसद्बाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम  हुने गरी व्यवस्था गरिनेछ । 
१०) नयाँ संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ  । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखविरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।

न्याय प्रणाली
११) स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप नेपालमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी विवादमा न्याय निरुपण गर्न एक  संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षता र  दुई जना अन्य वरिष्ठतम् न्यायाधीश तथा दुई जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानुन क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको  मितिले १० वर्षसम्म हुनेछ ।
१४) न्याय परिषद् गठनसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्थाबमोजिम हुनेछ ।
१५) सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावनाअनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ । 
स्थानीय निकायको निर्वाचन
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथाशक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिनेछ ।

सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस
केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एनेकपा (माओवादी)
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)
मितिः २०७२÷०२÷२५,बालुवाटार, काठमाडौँ । 

महिला दिवसमा यसरी मात्तिए बेलायती महिलाहरु (फोटोफिचर सहित)

Posted by dadad | | Posted in

Ledies day1यो कुनै मार्च ८ को महिला दिवस होइन । बेलायतको डर्बीमा आयोजित इन्भेस्टेक डर्वी फेस्टिभल अन्तरगतको लेडिज डे अर्थात् महिला दिवसको दृश्य हो ।

यो फरक ढंगको महिला दिवमा महिलाहरुले जमेर मोजमस्ती गरे । गर्मीका बाबजुत ठूलो संख्यामा   महिलाहरु  मेलामा उपस्थित भए ।
सायद गर्मी भएरै होला धेरै महिलाले छाते टोपी लगाएका थिए । फेस्टिभलमा महिलाहरु निकै हट तथा कामुक अवतारमा प्रस्तुत भएका थिए ।
Ledies day2

मनलाग्दी मदिरा पनि पिए अनि आपसमा समलिंगी आलिंगनमा समेत बाँधिए र यौनिक हाउभाउमा समेत प्रस्तुत भए । हिल चप्पल फुकालेर चौरमा लडे अनि सुडौल जिउडाल प्रदर्शन गर्दै क्यामेरा अगाडि प्रस्तुत भए । उक्त अवसरमा सामान्य किशोरी, युवती तथा प्रौढ महिला देखि चर्चित मोडेलहरु समेत सहभागी भएका थिए । हेरौँ यो कामुक महिला दिवसका केही दृश्यहरु
Ledies day3


Ledies day4

Ledies day9



Ledies day7
Ledies day5

आगोले आपत्

Posted by dadad | | Posted in

नेपालगञ्ज विमानस्थलको धावनमार्ग नजिक लागेको आगो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टाको प्रयासपछि आगो निभाएका थिए । तस्वीर  रासस Nepalganj-Airport

टेलिभिजन हेरेर अपहरणको सिको

Posted by dadad | | Posted in ,

२६ जेठ, काठमाण्डौ । अपहरणकारीले मृत्यु भयो भनेर जंगलमा खाडलमा गाडेका एक बालक हिँड्दै फर्किएका छन् । सूचना पाएको चार घन्टामै प्रहरीले बालक अपहरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गोकर्ण दक्षिणढोका बस्ने १० वर्षीय बञ्जरा थरका बालकलाई दुई युवकले शनिबार दिउँसो करिब तीन बजे मिठाई खुवाई फकाएर अपहरण गरी जंगलमा पुर्‍याएका थिए । प्रहरीका अनुसार दोलखाका भीमबहादुर मगर र रुद्र खत्रीले उनलाई अपहरण गरेर लगेका हुन् ।

जंगलमा लगेर घाँटी थिची कुटपिट गरेका उनीहरूले बालक चल्न छाडेपछि मृत्यु भएको भन्दै खाडलमा गाडेका थिए । तर, केही घन्टापछि होसमा आएका बालक खाल्डोबाट निस्किएर हिँड्दै फर्किएका हुन् । घरनजिककै स्कुलमा पुगेपछि बेहोस भएका उनलाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।
 
टेलिभिजन हेरेर अपहरणको सिको
पक्राउ परेका मगर र खत्रीले प्रहरीसँगको बयानमा टेलिभिजन हेरेर अपहरण गर्न सिकेको बताएका छन् । टेलिभिजनका कार्यक्रममा बालक अपहरण गरेर सजिलै पैसा कमाउन सकिने देखेपछि करिब दुई महिनाअघि यस्तो योजना बनाएको उनीहरूले बयान दिएका छन् । मिठाई खान दिएर बालकसँग नजिक हुन सकिने तरिका पनि उनीहरूले टेलिभिजनबाटै सिकेका थिए ।

‘मिठाई दिँदा जो बालक नजिक हुन्छ, उसलाई अपहरण गर्ने योजना बनाएका रहेछन्,’ एसपी बुद्धि गुरुङ भन्छन्, ‘बञ्जरा नजिकिएपछि उनको अपहरण भएको देखिन्छ ।’
यो घटनाले बालबालिकालाई अपरिचित व्यक्तिसँग नजिक हुनबाट अभिभावकले रोक्नुपर्ने शिक्षा दिएको प्रहरी अधिकारी बताउँछन् । अपरिचित व्यक्तिले मिठाई दिएर बालबालिकालाई यौन दुव्र्यवहार तथा अपहरणका घटना गर्दै आएका छन् .

नागरिकता नभएपनि खाता खोल्न सकिने

Posted by dadad | | Posted in ,

२६ जेठ, काठमाण्डौ । भूकम्प प्रभावित व्यक्तिहरुले नागरिकता हराएको खण्डमा पनि बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दे उक्त सुविधा दिएको हो । भूकम्प प्रभावित व्यक्तिहरुले सरकारले वितरण गर्ने परिचयपत्रका आधारमा खाता खोल्न सक्ने आजको कान्तिपुर दैनिकमा समाचार छ ।

संविधानलाई बाटो खुल्याे

Posted by dadad | | Posted in ,

२६ जेठ, काठमाण्डौ । 'दलहरूबीचको सहमतिलाई आधार बनाएर संविधानसभाले तत्कालै आफ्नो प्रक्रिया सुरु गर्छ,' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, 'असार मसान्तमै संविधान जारी गर्ने उपायसहितको कार्यतालिका प्रस्तावमा कार्यव्यवस्था परामर्श समितिले आवश्यक निर्णय गर्नेछ ।' सभाध्यक्ष नेतृत्वको उक्त समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सदस्य छन् ।

नेम्बाङले दलहरूबीचको सम्भावित सहमतिको प्रक्रिया अघि बढाउन मंगलबार अपराह्नका लागि संविधानसभा बैठक राखेका छन् । उक्त बैठकले संविधानसभामा विचाराधीन सबै विषयमा सहमतिका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउनेछ । संघीयता, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीसहितका मुख्य विवादित विषयमा भएका राजनीतिक सहमतिलाई संवाद समितिले एकै दिनमा औपचारिकता पुर्‍याएर संविधानसभामा फर्काउन सक्छ ।
प्रमुख दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमा जस्तै संक्षिप्त प्रक्रियामा पनि सहमति भएसँगै असार मसान्तभित्रै मुलुकले नयाँ संविधान पाउनेछ । संविधानसभा सचिवालयले तयार पारेको 'फास्ट ट्रयाक' कार्यतालिकामा संविधानसभा नियमावली निलम्बन गरी असार मसान्तमा संविधान जारी गर्ने उल्लेख छ । संघीयतासहितका मुख्य विवादित विषयमा भएको सहमतिले मस्यौदा निर्माणको कामलाई समेत सहज बनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

१६ बुँदे सहमतिको पूर्णपाठ

Posted by dadad | | Posted in

२६ जेठ, काठमाण्डौ । संविधानसभामा प्रतिनिधित्व गर्ने चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाबीच संविधानका विवादित विषय टुंग्याउन सोमबार राति १६ बुँदे सहमति भएको छ। अबेर राति  सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताले १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे।
 
दलहरुबीच भएको सहमति अनुसार अब बन्ने संविधानमा नेपालमा ८ वटा संघीय प्रदेश रहेन कुरा उल्लेख गरिने छ। प्रदेशको नामांकन जिम्मा प्रदेश सभालाई र सीमांकनको जिम्मा विज्ञहरुको आयोगले दिइएको छ। 
 
जेठ २५ गते साेमबार बालुवाटारमा भएको सहमतिको पूर्णपाठ :
 
संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।
संघीयता र प्रदेश रचना                 
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका ५  र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।
 
२) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
 
३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।
संसद र निर्वाचन प्रणाली
 
४) संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
 
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कूल २ सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसंख्याको आधारमा देशमा कूल १ सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् ।  यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत बहुमत प्राप्त गर्ने १ सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
 
६) राष्ट्रिय सभाको सदस्य संख्या कूल ४५ कायम हुनेछ । यस मध्ये प्रत्येक प्रदेशबाट समान संख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् ।  र बाँकी ५ सदस्य संघीय मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।
 
शासकीय स्वरुप
 
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अबलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य  दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
 
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद एवम् प्रादेशिक सभा सदस्य सहितको निर्वाचक मण्डलबाट हुनेछ ।
( संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रकृया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
 
९) नयाँ संविधान घोषणा पश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसदबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम  हुने गरी व्यवस्था गरिनेछ ।
 
१०) नयाँ संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसदबाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठन सम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ  । राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुख विरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।
 
न्याय प्रणाली
 
११) स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप नेपालमा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
 
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
 
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचन  सम्बन्धी विवादमा न्याय निरुपण गर्न एक  संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षता र  २ जना अन्य वरिष्ठतम् न्यायाधीश तथा २ जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानून क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको  मितिले १० वर्षसम्म हुनेछ ।
 
१४) न्याय परिषद् गठन संबन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्था बमोजिम हुनेछ ।
 
१५) संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावना अनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ ।
स्थानीय निकायको निर्वाचन
 
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथासक्य चाँडो स्थानीय निकायको निर्वाचन गरिनेछ ।

सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस
के.पी. शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एनेकपा (माओवादी)
विजयकुमार गच्छदार, अध्यक्ष, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)

 @setopati 

नेपाल परिवार दल कैलालीले धादिङमा सुरु ग¥यो श्रमदान अभियान

Posted by dadad | | Posted in

२५ जेठ, धादिङ । नेपाल परिवार दलको एकीकृत नव जागरण ग्रामिण अभियान कार्यक्रम अन्तरगत आजबाट धादिङ जिल्लाको निलकण्ठ नगरपालीका वडा नम्वर ०३ मा रहेको सुनगाभा एकेडेमीमा अस्थाई टहरो निमार्ण कार्यमा सहभागि जनाउदै श्रमदान अभियान सुरु गरेका छन् ।

 राष्ट्र र जनता पहिलो प्रथमिकता भन्ने मुल नाराको साथ थालीएको अभियान अन्तरगत भुकम्पबाट अति प्रभाबित १५ जिल्लामा स्वयंसेवी अभियान सुरु गरिएको हो ।

नेपाल परिवार दलको केन्द्रिय कार्य समिति बैठकको निर्णय अनुसार जिल्ला कार्यसमिति कैलालीको ९ सदस्यि टोलीको अग्रसरतामा मा उक्त अभियान धादिङमा सुरु गरिएको टोली संयोजक नविन बजगाईले जानकारी दिए ।

 भुकम्पबाट प्रभाबित शैक्षिक तथा सामाजिक संस्थाहरुको संरचना पुन निमार्णको लागि १५ जिल्लामा १ हजार भन्दा बढि स्वयंसेबक खटिएको पनि उनले जानकारी दिए ।
  बालबालीकाको पढाईलाई मध्यनजर गर्दै स्वयंसेवी अभियानमा आफुहरुले सुनगाभा एकेडेमीलाई सहयोग गरेको नेपाल परिवार दल धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । टोलीले ३ दिन सम्म सो विद्यालयमा संचालन श्रमदान अभियान गर्ने बताएको छ ।


हेलो सरकारको फेसबुक पेज

Posted by dadad | | Posted in

काठमाडौँ, २५ जेठ । जनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले सो पेजको औपचारिक सुरुआत गर्नुभयो । 

नागरिकले सरकारी सेवा तथा विभिन्न जनसरोकारका गुनासालाई फेसबुक पेजमार्फत पनि हेलो सरकारमा पठाउन सक्नेछन् । नागरिकले धधध। ाबअभदययप।अयmरजभिियकबचपबच।लउ पेजमा गएर आफ्ना गुनासा तथा सुझाव दिन सक्नेछन् । सो पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने मुख्यसचिव पौड्यालको भनाइ छ । 

हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताइएको छ । गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने छ । जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ । 

सामाजिक सञ्जाल विस्तारसँगै व्यक्ति व्यक्तिबीच सम्बन्ध विस्तार भएको र यसको उपयोग गरी कार्यालय कार्यालयबीच समस्या समाधान गर्न सकिने र सरकार तथा जनताबीचको विश्वास बढाउन मद्दत पुग्ने उद्देश्यले सो पेज सञ्चालन ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । 

फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं, एसएमएस लगायत मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो । रासस 

प्रमुख चार शक्तिको बैठक सुरु, बैठकमा चार शीर्ष नेता मात्रै

Posted by dadad | | Posted in ,

काठमाडौँ, २५ जेठ । प्रमुख चार राजनीतिक शक्तिको बैठक औपचारिक रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

संविधानका विवादित विषयमा सहमति जुटाई आजै हस्ताक्षर गर्ने ध्येयका साथ बैठक सुरु भएको हो । आज बिहान भएको सहमतिलाई कसरी सूचीकृत गर्ने र सहमतिको मस्यौदा कसरी तयार गर्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताको बैठक सुरु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

साँझ ५ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केहीबेर अगाडिदेखि मात्र सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार मात्रै सहभागी हुनुहुन्छ । 

चार शीर्ष नेताका बीचमा सहमति भएपछि अन्य नेतालाई पनि सहभागी गराएर औपचारिक बैठक सुरु हुने श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सबै विषयलाई अन्तिम टुङ्गो लगाएर हस्ताक्षरसमेत हुने बुझिएको छ । प्रमुख दलबीच भएको सहमतिलाई संविधानसभामा कसरी प्रवेश गराउने भन्ने विषयमा पनि दलबीच छलफल जारी छ । 

दलबीच भएको सहमतिबारे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जानकारी गराइनेछ । डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दलहरुबीच हुने सहमतिका विषयलाई औपचारिकता दिने छ । रासस 

भुकम्पले दुखेको घाउमा शिक्षप्रेमी महतले १ लाखको मलमपट्टी लगाए ।

Posted by Unknown | | Posted in

२५ जेठ, धादिङ । भुकम्पबाट अति प्रभाबित धादिङ जिल्लाको शैक्षिक क्षेत्रमा परेको असरलाई केही हदसम्म भएपनि न्युनीकरण गर्नको लागि अहिले शिक्षाप्रेमी दानदाताहरु अग्रसर भएर लागि परेका छन् । 

आफ्ना सहयोगि हातहरु फैलाउने क्रममा ढोला गाउ विकास समिति वडा नम्बर ०३ मा रहेको मण्डली इङ्लीस स्कुलको कम्प्युटर ल्याब र भौतिक संरचना पुन निर्माणको लागि झापा घर भई हाल अमेरीकामा बसोबास गर्नेे डिक बिर महतले रु १ लाख सहयोग गरेका छन् । 

आफुले प्रिन्सीपलको रुपमा केही बर्ष काम गरेको उक्त विद्यालयलाई सहयोग गर्न पाउदा आफु निकै खुसी भएको उनले नेपाली माटोलाई जानकारी दिए । २१ औ शताब्दीको यो युगमा अझै पनि ग्रामिण भेगका बालबालिका हरुको पहुचमा कम्प्युटर शिक्षा पुग्न नसकेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले विद्यालयलाई कम्प्युटर खरिद गर्न सघाउने उद्देश्यले आफुले केही रकम सहयोग गरेको बताएका छन् ।

 ग्रामिण क्षेत्रमा रहेर सुफत मुल्यमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा अध्ययनरत केही विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्य सहित उनले जेहेन्दार छात्रावृद्धी कोषको समेत स्थापना गर्ने बताए । सो विद्यालयमा अध्यापनरत रहदा आफुले उक्त ठाऊँका मानिसहरुबाट धेरै माया र सद्भाव पाएको कारण सो गाँउसंग आफ्नो गाढा सम्बन्ध रहेको भन्दै बालबालिकाको शिक्षामा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने उनी बताउछन् ।

गुणस्तरिय शिक्षा प्रदान गरि त्यस क्षेत्रकै अब्बल विद्यालयको रुपमा परिचित सो विद्यालय प्रति आफ्नो पुर्व प्रिन्सीपलले देखाउनु भएको अपार मायाले आफुहरु निकै हौसिएको र इन्टरनेट सहितको कम्प्युटर शिक्षा प्रदान गर्न हतार लागि सकेको विद्यालयका प्रिन्सीपल हरिप्रसाद भट्टको भनाई छ । 

ग्रमिण बस्तीमा कम्प्युटर शिक्षा प्रदान गर्न महत सरले जस्तै सबैले सहयोग गर्ने हो भने ग्रामिण क्षेत्रमा पढेका विद्यार्थी पनि विश्व बजारमा सजिलै बिक्न सक्ने विद्यालयका अध्यक्ष गंगा मिश्र बताउछन् ।

बिदेशी भुमीमा पसीना बगाएर कमाएको रकम गाउँको शिक्षा विकास गर्नमा खर्च गर्ने महत सरबाट सबैले पाठ सिक्नु पर्ने विद्यालयका संचालक वुद्धी भट्ट बताउछन् ।

भूकम्पप्रभावित १४ जिल्लामै टेलिकमले निःशुल्क वाईफाई

Posted by dadad | Sunday, June 7, 2015 | Posted in ,

२५ जेठ, काठमाडौ । नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी ९आईएसपी०हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको कारोबार दैनिकमा खबर छ ।

नेपाल टेलिकमले दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोनरइन्टरनेट निःशुल्क गरेको थियो ।

कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् ।

अझ तीन साता गर्मी बाट बच्नुपर्ने

Posted by dadad | | Posted in ,

२५, जेठ  काठमाडौं, मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई/तीन सातासम्म जारी रहन सक्छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो ।
 
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन– ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’

बहुविवाहको अाराेप लागेका विवादास्पद महासेनानीको बढुवा तयारी

Posted by dadad | | Posted in ,

२५, जेठ  काठमाडौं, विवादास्पद महासेनानी भुवनकुमार अधिकारीलाई नेपाली सेनाले तयार पारेको नेपाली सेनामा रथीवृन्द तथा अधिकृतहरुको पदावधिसम्बन्धी कार्यविधि २०७१ को सैनिक आदेश विपरित बढुवाको तयारी गरिएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
 
नेपाली सेनाको बजेट महाशाखाको प्रमुखका रुपमा कार्यरत रहेका अधिकारीलाई बढुवा गर्न सैनिक सचिवको सचिवालय र सेनाको बढुवा समितिले सबै तयारी अन्तिम चरणमा पुर्‍याएको छ । महासेनानी अधिकारीले बहुविवाह गरेको भन्दै जिल्ला अदालत काठमाडौंले मानाचामल भर्ने आदेश गरेको भएपनि अहिलेसम्म साे आदेश कार्यान्वयन भएको छैन् । 
 
अदालतले अधिकारीको पहिलो श्रीमती राधिका अधिकारी गौतमले दिएको मानाचामलसम्बन्धी मुद्धामा प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउन आदेश दिएको थियो ।

अधिकांश अधिकांश निजी स्कुलका भवन मापदण्डविपरीत

Posted by dadad | | Posted in ,

२५, जेठ  काठमाडौं, राजधानीमा सञ्चालित अधिकांश निजी विद्यालयका भवन राज्यद्वारा निर्धारित न्यूनतम मापदण्डविपरीत पाइएको छ। जिल्ला शिक्षा कार्यालयको अध्ययनअनुसार उपत्यकाका ९० प्रतिशतभन्दा धेरै स्कुलमा न्यूनतम मापदण्ड पालना गरिएको छैन। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
आवासीय प्रयोजनका लागि बनाइएका भवनमा थाम्नै नसक्ने गरी विद्यार्थीको निरन्तर आवतजावत र भारसमेत धेरै हुँदा विद्यार्थी असुरक्षित छन्।
 
जिल्ला शिक्षा कार्यालय काठमाडौंका इन्जिनियर गिरिराज मिश्रले स्कुल सञ्चालन गर्न बनाइने र आवासीय भवनको मापदण्ड फरक भए पनि कार्यान्वयन नभएको बताए। 
 
उनका अनुसार स्कुल सञ्चालन भएको भवनमा अनिवार्य बरन्डा हुनुपर्ने, एउटै कोठामा दुईवटा ढोका हुनुपर्ने, फराकिलो भर्‍याङ हुनुपर्ने, स्कुलसम्म आउनजान ठूलो गल्ली हुनुपर्ने, स्कुल भवन बक्स आकारको हुनुपर्ने तथा एसे ब्ली गर्न अगाडिको भागमा पर्याप्त खुला ठाउँ हुनुपर्नेलगायत मापदण्ड छन्। 
 
'यी मापदण्ड कागजमा सीमित छ। शिक्षा मन्त्रालय तथा अन्य उच्च तहका पदाधिकारीलाई हामीले यस विषयमा जानकारी गराइसकेका छौं। कार्यान्वयन गर्ने काम हाम्रो होइन', मिश्रले भने, 'यस्ता स्कुललाई निश्चित समय दिएर मापदण्डअनुसारको भवन बनाउन निर्देशन दिनुपर्छ।

अमेरिकी सिनेटमा प्रस्ताव, नेपाली पोसाकलाई सहुलियत

Posted by dadad | | Posted in ,

२५, जेठ  काठमाडौं, भूकम्पका कारण नेपालको अर्थतन्त्र जोखिममा परेको भन्दै अमेरिकी सिनेटमा यहाँको तयारी पोसाकलाई भन्साररहित सुविधा दिने प्रस्ताव गरेको छ । कान्तिपुर दैनिकमा समामाचार छ ।
 
क्यालिफोर्नियाकी सिनेटर डायनल फेनिस्टिनले जनवरीमा पेश गरेको विधेयकमा संशोधन गरी तत्काल सुविधान दिन माग गरेकी हुन।
 
भूकम्पका कारण नेपाल समस्यामा परेको उनले सुविधाको माग गर्दै आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्, अफ्रिकी देशहरुलाई यस्तो सुविधा दिइएकाले नेपाली तयारी पोसाकमा पनि भन्साररहित सुविधा दिन सकिन्छ ।

पन्ध्र सयमा बालिका किनेर बाबु–आमा

Posted by dadad | | Posted in ,

२५ जेठ, जाजरकोट , तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा फालिएकी बालिकालाई किनेर ती बालिकाको अभिभावक बनेका हुन् । किनिएकी बालिकाका आमा–बाबु बनेको घटनालाई भने उनीहरूले तीन वर्षसम्म गोप्य राख्दै आएका थिए ।
किनेर पालेकी ती बालिकालाई उनीहरू छोरी भनेर हुर्काउँदै छन् । माछा मार्ने क्रममा भेरी नदी किनारमा भीमबहादुर वादीले ती बालिकालाई फेला पारेका थिए । भीमबहादुरसँग प्रेमले १५ सय रुपैयाँ तिरेर बालिका किनेका थिए ।
माछा मार्न १५ भदौ ०६८ मा भेरी नदी पुगेका भीमबहादुरले बालिकाकी आमाले १५ दिनकी सिसु फाल्दै गरेको फेला पारेका थिए । बालिकालाई नदीमा फाल्नबाट जोगाएका भीमबहादुरले बालिका आफूले लिए भने बालिकालाई जन्मदिने आमाचाहिँ त्यहीँबाट भागिन् ।
बालिकाकी आमाले अवैध सम्बन्धबाट जन्मेको बताए पनि आफ्नो परिचय नदिई भागेको भीमबहादुरले बताए । भीमबहादुर र प्रेम दुवैले माछा मारेर जीवन गुजारा चलाउँदै आएका छन् ।

प्रमोद खरेलले यसरी गाए मनछुने गित (भिडियोसहित)

Posted by dadad | | Posted in

प्रमोद खरेलले यसरी गाए मनछुने गित (भिडियोसहित)

प्रमोद खरेलले यसरी गाए भूकम्पको मनछुने गित (भिडियोसहित)

Posted by dadad | | Posted in ,

गायक प्रमोद खरेलले विनाशकारी भूकम्पले गरेको क्षति र पारेको तहसनहसको घाउलाई गितमार्फत् मल्हम लगाउने प्रयास गरेका छन् । उनले गाएको ‘जब देश दुख्दैछ …’ बोलको गित केही दिनअघि मात्रै सार्वजनिक भएको छ ।
गितमार्फत् भूकम्पले निम्त्याएको विपत्तिसँगै देश निर्माणमा अग्रसर हुन युवाहरुलाई प्रेरित गरिएको छ । गितको लय खरेल आफैंको हो भने संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।
 दिक्षा क्रियशनको प्रस्तुतीमा बनेको म्यूजीक भिडियोलाई गंगा थापाले खिचेका हुन् भने सम्पादन तथा निर्देशक मोक्ष प्रोडक्सनको रहेको छ ।

‘ब’ को संयोजनमा बन्यो यस्तो मनछुने भूकम्प गीत (भिडियो सहित)

Posted by dadad | | Posted in

साल – बहत्तर
महिना – बैशाख
गते – बाह्र
केन्द्र – बारपाक
समय – बाह्र बजे
गायक – बालकृष्ण
बहत्तर साल बैशाख १२ गते करिब १२ बजे बारपाक केन्द्र बनाएर गएको विनाशकारी भू–कम्पबाट नेपालीले भोग्न परेको पीडालाई स्याङजा किचनास घर भएका बालकृष्ण वाग्लेले ‘आयो भू–कम्प गयो पीडा दिएर’ बोलको गीत बजारमा ल्याएका छन् ।
भूकम्पमा हजारौंले ज्यान गुमाए, कतिको त परिवार सकियो, धेरै आमाहरुको काख रित्तियो, अनगिन्ती हजारौं दिदीबहिनीको सिउँदो पुछियो लाखौं नागरिक घरविहीन भए । भू–कम्पले ऐतिहासिक परातात्विक सम्पदाहरु छिन भरमै इतिहासका पाना बन्न पुगे ।
“भू–कम्पले दिएको पीडालाई र आम सर्वसाधारणमा बाँकी रहेको त्रास, चिन्तालाई गीत मार्फत हटाउने प्रयास गरेको छु ।” वाग्लेले भने, “सान्त्वना दिने प्रयास र राहतमा ध्यान दिन सबै पक्षको ध्यान केन्द्रीत गरेको छु ।” वाग्लेले भूकम्प गएको १३ औं दिनमा गीत सार्वजनिक गरेका हुन् ।
देश राईरहेको समयमा कसैको मुख ताक्नु उसकै दोष हुने भाव दिएर शोकलाई शक्तिमा बदल्न गीत मार्फत आव्हान गरेका वाग्लेले भूकम्पबाट भएको विनाशलाई अब सबै एकसाथ भएर निर्माणमा रुपान्तरण गर्न आग्रह गरेका छन् ।
“देशमा लाखौं परिवार जस्तै म आफू स्वयं भूकम्प पीडित हुँ ।” वाग्लेले भने, “पीडाकाबीचमा पनि भूकम्पले दिएको पीडालाई गीतमा उतारेर इतिहासका पानामा लेखाउने प्रयास गरेको छु ।” गीत मार्फत भू–कम्पले दिने पीडाका बारेमा आउ“दो पुस्तालाई समेत सचेत बनाएको उनले बताए ।
नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियोले रेकर्डिङ्, उतपादन र वितरण गरेको एल्बम राष्ट्रिय स्तरका लोकदोहोरी गायकहरु सहयोगी रहेको एल्बममा लय तथा शब्द संकलन गायक वाग्लेले गरेका छन् भने संगीत संयोजक तेजेन्द्र गुरुङले ।
पेशाले शिक्षक वाग्लेले करिब ५० हजारको खर्चमा एल्बम सार्वजनिक गरेको हुन् । गीत बजे बापत प्राप्त हुने रोयल्टी र स्टेज कार्यक्रमबाट प्राप्त हुने रकमको ६० प्रतिशत भूकम्प पीडित बालबालिकालाई सहयोग बापत् दिने वाग्लेले बताए

नेपाल टेलिकमको डाटा झनै सस्तो, अब एक एमबीको २० पैसा मात्र

Posted by dadad | | Posted in

nepal-telecom-postpaid-dataजेठ २४ गते- नेपाल टेलिकमले मात्र २० पैसामा एक एमबी डाटा चलाउन सकिने गरी नयाँ अफर ल्याएको छ । तर यो सुविधा प्रयोग गर्नका लागि तपाईंसँग  टेलिकमको पोष्टपेड सिम अनिवार्य हुनुपर्नेछ ।
टेलिकमले सार्वजनिक गरेको अफर अनुसार अब पोष्टपेड उपभोक्ताले निकै सस्तोमा डाटा चलाउन पाउने भएका छन् । नयाँ प्याकेज अनुसार एक महिनामा ९ सय रुपैयाँ खर्च गर्ने ग्राहकले ५ सय रुपैयाँको भ्वाईस कल मात्रै गर्न पाउनेछन् भने त्यसको अलावा २ जिबी डाटा समेत प्राप्त गर्नेछन् ।
५ सय रुपैयाँको भ्वाईस कल गर्न सकिने भएपनि बाँकी ४ सय रुपैयाँमा २ जिबी डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ । यसरी हिसाब गर्दा एक एमबी को मात्र २० पैसा तिरे पुग्छ । यो शुल्क अत्यन्तै सस्तो हो । अहिले पोष्टपेड मोबाईलबाट डाटा चलाउँदा प्रति एमबी ७० पैसा तिर्नुपर्छ ।
फोनसँगै इन्टरनेट समेत बढी प्रयोग गर्ने उपभोक्ता यो प्याकेजबाट लाभान्वित हुने टेलिकमको भनाई छ । यो सुविधा एक्टिभेट गर्नका लागि टेलिकमको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न टेलिकमले आग्रह गरेको छ ।
टेलिकमले आफ्ना प्रिपेड ग्राहकलाई भने यो सुविधा तत्कालका लागि उपलब्ध गराएको छैन ।

किस्मतले यस्तो खेल खेल्यो कि हुनेवाली भाउजूलाई बनायो श्रीमती !

Posted by dadad | | Posted in

जेठ २४ गतेकाठमाडौं । तुर्की गाउँमा एक अनौठो घटना देखियो, जहाँ हुने वाली भाउजू नै श्रीमती बनिन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको खबर अनुसार हितेश लाल देव नामका युवकको विवाह तय भएको थियो । दुलही पनि सजिएर सबै प्रक्रिया पूरा गर्न तयार थिईन् । अचानक प्रहरी आयो र बेहुलालाई हत्याको आरोपमा गिरफ्तार गरेर लगे ।
हितेशमाथि राकेश कुमार यादव नामका १५ वर्षका युवकको हत्या आरोप लागेको थियो । बेहुला पक्राउ परेपछि दुबै परिवार अप्ठेरोमा परे । बेहुलालाई त्यो समयमा पक्राउ गरियो जब उनी घरमा टिकाटालो गरेर ससुराल जाने तयारीमा थिए ।
समाजमा लाज हुने डरले बेहुली पक्षले बेहुलाका भाईसँग छोरीको विवाह गरिदिने प्रस्ताव राखे । पहिला त बेहुलाका भाई विवाह गर्न तयार भएनन् । तर जब घरपरिवार र गाउँलेले सम्झाए त्यसपछि पछि मात्रै विवाह गर्न तयार भए ।
यो घटनापछि किस्मतको खेलले उनलाई यस्तो खेल खेलायो कि हुने वाली भाउजूलाई आफ्नी श्रीमती बनाउनु बाध्य बनायो । विवाहमा सबै जन्ती गए र र भाईसँग दुलहीको विवाह गरियो । उनका दाई अहिले प्रहरी हिरासतमा छन् । एजेन्सी

वलिउड अभिनेत्री कंगनाको कृषि मोह

Posted by my storry | | Posted in ,

जेष्ठ २४, 
वलिउडमा आप्mनो सम्भावनाको सार्थक उपस्थिति जनाईसकेकी एक भारतिय अभिनेत्री कंगना रनावत एक सफल कलाकारको साटो सफल किसान वन्न चाहन्छिन् । सायदै पत्यारलाग्न सक्छ तपाईहरुलाई यो कुरा तर सत्य यहि हो कि भारतको दिल्लिमा भएको एक पत्रकार सम्मेलनमा वोल्ने क्रममा उनले भनेकी छन् सधै म फिल्म क्षेत्रमा रहिरहन्छु भन्ने छैन मलाई किसान वन्न मन छ ।  म मेरै वारीमा मुला फलाउन चाहन्छु, कुनै दिन सागसब्जी मात्र खाएर दिनचर्य विताउन चाहन्छु । 
छोटो समयमा आफुलाई अब्बल वनाउन सफल कंगनाले ‘ग्यांगस्टार’, ‘वो लम्हे’, ‘लाइफ इन अ मेट्रो’, ‘तनु वेड्स मनु’ ‘फेसन’, ‘क्रिस–३’ जस्ता फिल्म खेल्न भ्याई सकेकी छन् भने अहिले ‘तनु वेड्स मनु रिर्टन’ मा उनै कंगनाको क्रेज फेरि दोब्बर बनेको छ– डबल रोल चरित्रमा । 
पत्रकारको विचमा कंगनाले भनिन ‘हिन्दी फिल्म जगतमा महिलाका निम्ति अक्सर परम्परागत भूमिका मात्रै दिइने गरिएको छ, ‘तर, हामी पनि परिवर्तनका संवाहक हुन सक्छौं, आज एउटी महिला पत्रकार, इन्जिनियर वा अन्य स्वच्छन्द भूमिकाका निम्ति पनि योग्य भइसकेका छन् ।’
गतवर्ष कंंगनाले ‘क्वीन’ फिल्मबाट २६ बर्षकै उमेरमा राष्ट्रिय फिल्म अवार्ड प्रप्त गरेकि थिईन । 

नेपाल आउने अधिकांश वायुसेवाको उडान कटौती

Posted by Unknown | Saturday, June 6, 2015 | Posted in ,

२४ जेठ, काठमाडौ । विनाशकारी भूकम्पको कारण देखाउँदै नेपालमा उडान गरिरहेका २८ वटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये अधिकांशले उडान कटौती गरेका छन् ।

plane-hi
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक समितिका अध्यक्ष भरत श्रेष्ठले खाडी मुलुकबाट नेपाल आउने र जाने क्रम शुरु भइसकेकाले यी गन्तब्यका वायुसेवाले उडानमा खासै ठूलो परिवर्तन नगरे पनि अन्यले कटौती गरेको जानकारी दिए ।

पर्यटकीय गन्तब्यलाई केन्द्र बनाएर आउने र पर्यटक बोक्ने वायुसेवाले ७५ प्रतिशतसम्म उडान कटौती गरेको श्रेष्ठले बताए ।
विदेशी पर्यटक नभएपछि खाडी मुलुकबाट आउने र जाने नेपाली यात्रु बाहेकका वायुसेवा कम्पनीले बाध्य भएर उडान तालिका कटौती गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।
नेपालमा पर्यटकको प्रमुख पर्यटकीय बजारका रुपमा चिनिएका चीन र भारतबाट पर्यटक आगमन अहिले ठप्प छ । दैनिक तीन वटा उडान गर्ने चिनियाँ वायुसेवाले साताको तीन वटामात्र उडान गरेको छ ।
अन्य वायुसेवा कम्पनीले पनि ब्यापक मात्रामा उडान कटौती गरेको उनको भनाई छ । पर्यटक घटेकै कारण नेपाल वायुसेवा निगमले थाइल्याण्डको दुई वटा टिकट खरिदमा एउटा टिकट सित्तैमा दिन थालेको छ । निगमले उडान तालिका भने कटौती नगरेको निगमका प्रवक्ता तथा कर्पोरेट निर्देशक रामहरी शर्माले जानकारी दिए ।

पुनर्निर्माणका लागि विश्व बैंकसँग १० अर्ब ऋण लिइने

Posted by Unknown | | Posted in ,

world-bank-logo
२४ जेठ, काठमाडौं । सरकारले भूकम्पपछिको आर्थिक अप्ठ्यारोसँग जुध्न विश्व बैंकसँग १० अर्ब १० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ। प्राकृत्तिक विपत्तिमा परेपछि सहयोगका लागि दाताहरूसँग आग्रह गरे पनि प्रतिबद्धताअनुसार सहयोग रकम आउन नसक्दा सरकारले विश्व बैंकसँग ऋण मागेको हो।


अर्थमन्त्री डा।रामशरण महत र राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संयुक्त हस्ताक्षर गरी विश्व बैंकका अध्यक्ष जिम जोङ किमलाई जेठ १७ गते लेखेको पत्रमा नेपाललाई १० अर्ब १० करोड रुपैयाँ ऋण आवश्यक रहेको उल्लेख गरेका छन्। पत्रमा ऋणबापत नेपाल सरकारले विश्व बैंकले तोक्ने वार्षिक सेवाशुल्क(सर्भिस चार्ज) र प्रतिबद्धता शुल्क (कमिट्मेन्ट फी) तिर्ने पनि उल्लेख गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपालको प्रस्तावअनुरूप विश्व बैंकले ऋण दिने जानकारी पठाएलगत्तै अर्थ मन्त्रालयले त्यसबारेको प्रस्ताव शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले तत्कालका लागि रकम अत्यावश्यक परेको भन्दै विश्व बैंकसँग ऋण लिने प्रक्रिया पूरा गर्न उच्चस्तरीय टोली विश्व बैंकको अमेरिका वासिङ्टन डिसीस्थित कार्यालय पठाउने निर्णय गरेको छ। टोलीको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनीले गर्नेछन्।
अर्थ मन्त्रालयले ५० मिलियन डलर अर्थात् पाँच अर्ब पाँच करोड रुपैयाँ ऋण लिन खोजेको भए पनि विश्व बैंकले १० अर्ब १० करोड रुपैयाँ ऋण दिन तयार भएको थियो।
मन्त्रिपरिषद्मा शुक्रबार पेस गरेको प्रस्तावमा छ, ‘वैशाख १२ को महाभूकम्पले गरेको विनाशबाट सिर्जित परिस्थितिमा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था नेपाललाई पूर्वप्रस्तावित ५० मिलियन अमेरिकी डलरको सहयोग रकममा वृद्धि गरी १०० मिलियन डलर बराबरको ऋण (डेभलपमेन्ट पोलिसी क्रेडिट) सहयोग उपलब्ध गराउन सहमत भएको छ।’
सरकारी प्रस्तावमा प्राकृतिक प्रकोपपछि प्रस्तावित वित्तीय क्षेत्र स्थायित्व र विकास नीतिसम्बन्धी ऋण कार्यक्रम भनी उल्लेख गर्दै विश्व बैंकसमूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट ऋण प्राप्त गर्ने उल्लेख छ। वार्षिक सेवाबापत नेपाललेकति रकम ब्याजका रूपमा बुझाउनुपर्छ भन्ने अर्थ मन्त्रालयको प्रस्तावमा उल्लेख छैन।
वित्तीय क्षेत्र सुधार कार्यक्रमका नाममा सरकारले ऋण रकम लिन लागेको भए पनि त्यस्ता आयोजना वा कार्यक्रम विशेषमा रकम खर्च नगरी राज्यको मूल बजेटमै समावेश गर्ने निर्णय सरकारले गरेको छ।

भाडा तिरेर धादिङमा त्रिपालमा बास !

Posted by Unknown | | Posted in ,

२४ जेठ, धादिङ । अलिकति समथर जमिन। चारैतिर घोगा लाग्ने बेला भएको मकैको बोट। मकैबारीभित्रै लस्करै २६ घरधुरीका छुट्टाछुट्टै त्रिपालका घर। नजिकै भत्किएका केही घरका भग्नावशेष। वैशाख १२, १३ र २९ गते गएका शक्तिशाली भूकम्पबाट घर भत्किएर विस्थापित दार्खा गाविस ८ का धार्नावासीको अस्थायी शिविरको दृश्य हो यो।

भूकम्पले घर भत्काएपछि त्रिपालको अस्थायी छाप्रो हालेर बसेको जग्गा भने उनीहरूको होइन। अरूकै बारीमा त्रिपाल हालेका धार्नाका २६ घरधुरीले महिनाको चार सय रुपैयाँ जग्गावाला हर्क गुरुङ, चिम्से तामाङ र विमल तामाङलाई भाडा बुझाउँने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

भूकम्पबाट धार्नाटोलका ६५ घर तहसनहस भए। चारजनाको १२ गतेको भूकम्पले ज्यान लियो। १२ जना पुरिएर गम्भीर घाइते भए। भूकम्पपछि धार्ना गाउँमाथिको सानेगङ पहाडबाट दिनहुँ पहिरो झर्न थाल्यो। बाँकी रहेका घर पनि २९ गतेको भूकम्पले भत्काइदियो।

जमिन पनि भासिन थालेपछि उनीहरू विस्थापित हुनुपर्‍यो। अन्य ठाउँमा जग्गा हुनेहरू आफ्नै जग्गामा गए भने अलिकति भएको जमिन पनि
चिराचिरा परेर भासिन थालेपछि २६ घरपरिवार अहिले धार्नागाउँकै फेदीमा रहेको आँखुखोलाको छेवैको अरूकै जग्गा भाडामा लिएर त्रिपालमुनि बस्दै आएका छन्।

दार्खा(८ का शमशेरबहादुर घलेले भने, ‘पहिलो दिन त के गर्ने कसो गर्ने केही मेसो पाइएन। खुला आकाशमुनि नै रात बिताइयो। भोलिपल्ट हेर्दा गाउँमाथिबाट पनि पहिरोको जोखिम बढ्यो।

घरजग्गा भएको ठाउँमा पनि जताततै चिराचिरा पर्न थालेपछि त्यहाँबाट विस्थापित भयौं तर जाने ठाउँ कहीं भएन। अनि यही मकैबारी फाँडेर महिनावारी चार सय रुपैयाँ भाडा तिर्ने सहमतिमा त्रिपाल हालेर बसेका छौं।’

उत्तरी धादिङको बस्ती जोखिममा परेको र विस्थापितलाई छिट्टै पुनर्बास गराउनुपर्नेजस्ता समाचार रेडियोबाट घलेले दिनहुँ सुन्छन् तर जोखिममा परेको धार्नामा सर्वेक्षण गर्न प्राविधिक टोली अहिलेसम्म पनि नआएको उनले बताए।

घले भन्छन्, ‘अहिले हामीलाई सुरक्षित लागेको आँखुखोलाको किनारमा छौं। जग्गावालाले त यहाँ तल पनि जमिन भासिएको छ, खोला बढेको बेला जोखिम हुन्छ भनेका छन् तर के हुने हो पत्तो छैन।’

नाबालकसँग योन सम्पर्क राखेको अभियोगमा महिलालाई तीन वर्ष जेल सजाय

Posted by dadad | | Posted in

२३ जेठ,  जर्मन – सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन्। यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरुषले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन्।

तर, सबै बलात्कारका घटनामा पुरुषकोमात्र हात हुँदैन। जर्मनमा एक २८ वर्षकी महिलाले एक नाबालक बालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा अदालतले तीन वर्षको कैद फैशला सुनाएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केरोलिन सेलिसबरी नामकी महिलाले जर्मनीस्थित ब्रिटिश आर्मी बेस क्याम्पको एक स्कुलमा अध्ययनरत १४ वर्षीया एक बालकसँग पहिला मित्रता कायम गर्दै पछि निकै पटक शारीरिक सम्पर्क गरेकी थिइन। अदालतले ती महिलालाई गत मार्चमा दुई वर्षको कैद सजाय सुनाएको थियो। तर, पीडित पक्षले सजाय बढाउनलाई दोस्रो पटक अदालतसमक्ष उजुरी दर्ता गराएका थिए।

.हस्त रेखा विज्ञानले यस्ता हात छन् भने तपाइँ धनी बन्ने निश्चित

Posted by dadad | | Posted in

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं ।


जौको चिन्ह
समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।




शंखको चिन्ह

अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।




जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।


हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।


सूर्य पर्वत

हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

गर्मी भयो ? औषधी होइन यी ५ चिज सेवन गर्नुस्

Posted by dadad | | Posted in

गर्मी मौषममा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । मानिसहरु विरामी पर्नासाथ एन्टिबायोटिक सेवन गर्छन् । यस्ता एन्टिबायोटिकले हाम्रो शरीरमा रहेको उर्जा कम गर्ने मात्र होइन नराम्रो असर नै गर्छन् ।

सामान्यतया ब्याक्टेरियाको संक्रमण रोक्नका लागि एन्टिबायोटिकको उपभोग गरिन्छ । एन्टिबायोटिकले यसलाई रोक्न मद्दत गर्छ । तर एन्टिबायोटिकको सट्टा केही सामान्य घरेलु चिज सेवन गर्दा यस्ता एन्टिबायोटिक खानु पर्ने अवस्था नै नआउने विज्ञहरु बताउँछन् ।

एन्टिबायोटिकबाट टाढै राख्ने ५ खानेकुरा के के ?

१ लसुन

लसुन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले एन्टिफंगल र एन्टिभायरलको काम गर्छ । १९९९ मा अध्यनका क्रममा लसुनमा भिटामिन, न्यूट्रिसस र खनिजले भरिपूर्ण रहेको पत्ता लागेको थियो । लहसुन खाली पेटमा सेवन गर्दा निक्कै फाइदा हुन्छ ।
२ मह



महलाई पनि प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसमा एन्टिसेप्टिक, सुक्ष्मजीव विरोधी र प्रज्वलनरोधी तत्व हुन्छ । २०१४ मा गरिएको एक अध्यनका क्रममा महलाई उच्च स्तरको एन्टिबायोटिकमा सूचीकृत गरिएको थियो । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।


३ बेसार

काँचो बेसार अर्थात हल्दीमा पनि राम्रो मात्रामा एन्टिबायोटिक हुन्छ । हल्दीलाई चीनमा औषधीकोरुपमा नै प्रयोग गरिन्छ । ब्याक्टेरिया नष्ट गर्न हल्दीको प्रयोग गरिन्छ । यसले शरीरमा हुने अनेक समस्या पनि निर्मुल गरिदिन्छ । एक चम्चा हल्दी ५ देखि ६ चम्चा मह मिसाएर एयरटाइट जारमा राखेर दैनिक आधा चम्मा सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

४ अदुवा



ब्याक्टेरियाबाट हुने स्वास्थ्य समस्याका लागि अदुवा प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले सामान्य स्वास्थ्य समस्या सजिलै समाधान गरिदिन्छ । अदुवा चियामामा राखेर सेवन गर्दा वा पानीमा उमालेर सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

५ निम



निमलाई पनि प्राकृतिकरुपमा एन्टीबायोटिक मानिएको छ । यसले अनुहारमा डन्डीफोर आउने लगायतका समस्या समाधान गर्छ भने मुखमा हुने अन्य समस्या पनि निम सेवनबाट निदान गर्न सकिन्छ । यसले छालाका सबै जसो समस्या समाधान गर्ने आयुर्वेद विज्ञहरु बताउँछन्

परीक्षार्थीलाई खाने, बस्ने व्यवस्था

Posted by dadad | | Posted in

काठमाडौँ, २३ जेठ । श्री गुरू नानकवेद् सेवा सोसाइटी इन्टरनेसनल क्यालिफोर्निया अमेरिका नामक संस्थाले परीक्षा दिनबाट वञ्चित हुने अवस्थामा पुगेका रसुवाका ४०० विद्यार्थीलाई खान, बस्नका लागि व्यवस्था मिलाएको छ ।

यही वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पबाट घरबारविहीन भएका र सुरूवा कालिकाथान गाविसमा रहेको कालिका उच्च माविमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई यही जेठ १९ देखि असार १२ गतेसम्म सो संस्थाले खान बस्नको व्यवस्था गरेको हो ।

मैत्री सेवा आश्रमका संस्थापक मित्रसेन दाहालले घर भत्किँदा खान बस्नको टुङ्गो नभएर कक्षा १२ को परीक्षा दिनबाट वञ्चित हुने अवस्थामा पुगेका विद्यार्थीलाई सहज वातावरण सिर्जना गर्ने उद्देश्यले सोसाइटीले खाने बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सोसाइटीले भूकम्प प्रभावित नुवाकोट विदुर नगरपालिका–८ र ९ वडामा प्रतिघरधुरीलाई आवश्यक मात्रामा जस्तापाता समेत वितरणसमेत गर्ने भएको छ । रासस

भूकम्पपीडितलाई रोगप्रतिरोधी क्षमता बढाउने बिस्कुट दिइने

Posted by dadad | | Posted in

काठमाडाँै, २३ जेठ । भारतको राष्ट्रिय सेवा भारती र गोवद्र्धन प्रतिष्ठान पुणेले नेपालका भूकम्पप्रभावित बालबालिका र महिलालाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक बिस्कुट वितरण गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी गोवद्र्धन प्रतिष्ठानकी अध्यक्ष भाग्यश्रीले भूकम्पप्रभावित जिल्लामा महामारी फैलन सक्ने सम्भावना र सबै क्षेत्रमा चिकित्सक पुग्न सक्ने अवस्था नरहेकाले महामारी फैलनबाट रोक्न सक्ने खालको विस्कुट वितरण गर्न लागिएको बताउनुभयो ।

उहाँले नेपाल ल्याइएको तीन टन बिस्कुट १० हजार भूकम्पपीडित महिला तथा बालबालिकाका लागि वितरण गरिने योजना सुनाउँदै नेपाल सरकारले अनुमति दिए अझै यस्ता बिस्कुट उपलब्ध गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारत सरकार, युनिसेफ, विश्व बैंक र लायन्स क्लब इन्टरनेसनलले अनुमति दिएको यो बिस्कुट एक जनाले दुई पिसभन्दा बढी खान हुँदैन ।”

हिन्दू स्वयम्सेवक सङ्घ नेपालका महासचिव मुरली निरौलाले आफूहरुले भूकम्पपीडितलाई विभिन्न चरणमा राहत वितरण गरेको जानकारी दिँदै गोवद्र्धन प्रतिष्ठानले उपलब्ध गराएको पौष्टिक बिस्कुट भूकम्पपीडितका लागि झनै उपयोगी हुने बताउनुभयो ।

शुक्रबार भक्तपुरको सल्लाघारी शिविरबाट वितरण प्रारम्भ गरिएको सो पौष्टिक बिस्कुट हिन्दू स्वयम्सेवक सङ्घ र जनकल्याण परिषद्मार्फत भूकम्प प्रभावित भक्तपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रसुवा, दोलखालगायतका जिल्लामा वितरण गरिने जानकारी दिइएको थियो । रासस

नुवाकोटमा मृत्यु हुनेको सङ्ख्या १०९१, तीन गाविसमा मानवीय क्षति भएन

Posted by dadad | | Posted in

नुवाकोट, २३ वैशाख । नुवाकोट जिल्लामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या हालसम्म एक हजार ९१ जना पुगेको छ ।

सरकारी संयन्त्रबाट तथ्याङ्क सङ्कलन गर्न गएका प्राविधिकसहितका टोलीले गाविस र विदुर नगरपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरणबाट उक्त तथ्याङ्क आएको जिल्ला दैवी प्रकोप उद्धार समितिले आज जनाएको छ ।

यस्तै, नुवाकोटमा २०६८ सालको जनगणनाअनुसार अहिले ३० प्रतिशतले घरधुरी सङ्ख्या बढेर ७६ हजार ५४१ पुगेको छ ।

साथै, जिल्लामा रहेका ७० हजार ९९२ घरधुरी पूर्णरुपमा क्षति भएका छन् भने पाँच हजार ४९७ घरधुरीमा आंशिक क्षति भएको पाइएको छ । विनाशकारी भूकम्पमा परी बेपत्ता हुनेको सङ्ख्या छ जना पुगेको छ भने एक हजार ८०० भन्दा बढी घाइते रहेको समितिले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढी मानवीय क्षति घ्याङ्फेदी गाविसका ७९ जना रहेका छन् भने सबैभन्दा कम पञ्चकन्या गाविसमा एक जनाको मृत्यु भएको छ ।

यस्तै बुधसिंग, देउराली र तलाखु गाविसमा मानवीय क्षति नभएको प्रारम्भिक तथ्याङ्कमा देखिएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै नर्जामण्डप गाविसका चारजना रहेका छन् । लच्याङ र उर्लेनी गाविसमा एक एक जना बेपत्ताको सूचीमा रहेका छन् । बेपत्ता भएकाको खोजीकार्य भइरहेको फस्ट राइफल गण देवीघाटका गणपति एवम् प्रमुख सेनानी पवन खत्रीले जानकारी दिनुभएको छ । बेपत्ताको खोजीकार्य भइरहे पनि पहिरोमा पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस

    Popular Posts

    Blog Archive