Published On:Tuesday, December 2, 2014
Posted by dadad

बैद्य माओवादीले प्रशिक्षणलाई देशव्यापी बनाउँदै

१७ मंसिर, काठमाडौं । पार्टी विभाजनपछि संकटमा परेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले देशव्यापी रुपमा पार्टी प्रशिक्षणलाई अघि बढाएको छ ।

पार्टी सुद्धिढिकरणका लागि भन्दै देशभर प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।

केहि दिनअघि राज्य स्तरमा प्रशिक्षण दिएको माओवादीले बुधबार भेरी–कर्णाली, सेती–महाकालि र थारुवान राज्यमा प्रशिक्षण दिँदै छ ।

प्रशिक्षणका लागि उपाध्यक्ष सिपी गजुरेल सुनसरी, महासचिव रामबहादुर थापा पर्सा, सचिव देव गुरुङ पोखरा र अन्य नेताहरु पनि विभिन्न जिल्लामा पुगेका छन् ।

माओवादीले कोचिला, थारुवान, भोजपुरा र तमुवान राज्य लगायत राज्यहरुमा प्रशिक्षणलाई निरन्तरता दिएर पार्टीलाई रुपान्तरण सहित अघि बढाउने रणनीति लिएको छ ।

नेत्रविक्रम चन्द पक्षले पार्टी विभाजन गरेपछि क्रान्तिका बाँकि कार्यभार पुरा गर्नका लागि आफुहरुको भुमिकाका विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सुरु गरेको माओवादीले जनाएको छ ।

प्रशिक्षणले पार्टीलाई रुपान्तरण गरेर नयाँ ढंगबाट अघि बढ्न सहयोग पु¥याउने माओवादीले विश्वास लिएको छ ।

0 comments for "बैद्य माओवादीले प्रशिक्षणलाई देशव्यापी बनाउँदै "

Leave a reply

    Popular Posts

    Blog Archive