Published On:Tuesday, December 2, 2014
Posted by Tekman Shakya

चौथो धादिङ महोत्सव पौष २ गतेदेखि

धादिङ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । 

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले धादिङवेसीमा पत्रकार सम्मेलन गरि सम्मेलनका बारेमा जानकारी दिएका हुन् ।

धादिङवेसी खुल्ला मञ्चमा पौष ७ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार अध्यक्ष अधिकारीले बताए ।

धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि उद्योग व्यापार, शिक्षा स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु नै महोत्सवको लक्षय भएको अध्यक्ष अधिकारीले बताए ।

सम्मेलनमा अध्यक्ष चन्द्रकान्त अधिकारीले जिल्लामा उत्पादित कृषि क्षेत्र तथा बजार प्रबद्र्धन, दुग्धजन्य उत्पादनको प्रदर्शनी एवम् प्रचार–प्रसार, पर्यटन क्षेत्रको प्रचार–प्रसार, विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्ने लगायत रहेको बताए ।

आफूहरुले २०६४ सालमा प्रथम धादिङ महोत्सवको आयोजना सुरु गरेर जिल्लाको आर्थिक विकासबारे ध्यान दिएको बताउँदै अध्यक्ष अधिकारीले महोत्सवले जिलाको प्रचार–प्रसारका साथै, आर्थिक विकासमा सहयोग गर्ने बताए ।

चौथो धादिङ महोत्सव सफल पार्न आम ब्यवसायीहरुलाई अधिकारीले आग्रह गरे । जिल्लामा एकै ठाउँमा एकैचोटी २ वटा महोत्सवको खाँचो नभएको भए पनि आफूहरुले सबै तयारी गरिसकेकोले पछि हट्न नसकिएको उनले दोहो¥याए ।

आफूहरु सरकारी पैसा लिएर महोत्सवमा खर्च नगर्ने पक्षमा रहेको भन्दै अध्यक्ष अधिकारीले यो वर्षदेखी सरकारी पैसा सामाजिक विकासका क्षेत्रमा खर्च गर्ने स्पष्ट पारे ।

पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसी फिल्महलचोक नजिकै प्लटिङमा गर्ने भनिएको महोत्सव स्थलमा सोमबारदेखी नै निर्माण कार्य सुरु गरिसकिएको छ ।

सचिवालयले महोत्सव सम्पन्न गर्नका लागि १५१ सदस्यीय मुल आयोजक समिति, ५१ सदस्यीइय सल्लाहकारी समिति तथा १५ सदस्यीय विषयगत समिति गठन गरेर काम सुरु गरेको जानकारी दिएको छ ।

0 comments for "चौथो धादिङ महोत्सव पौष २ गतेदेखि"

Leave a reply

    Popular Posts

    Blog Archive