Published On:Wednesday, December 17, 2014
Posted by Unknown

रगत समुह अनुसार तपाई कस्तो मान्छे ।

रक्त समुह र ब्यक्तित्व बारे रोचक प्रसंग
के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह कुन हो भन्ने ? यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?


समुह ओ  - यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। यिनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ।  सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।

समुह ए-  यो रक्त समुहका मानिसहरु सद्धभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।

समुह बी - यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।

समुह  एबी-   यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु यिनिहरुको कमजोरी हो।

0 comments for "रगत समुह अनुसार तपाई कस्तो मान्छे ।"

Leave a reply

    Popular Posts

    Blog Archive