Published On:Thursday, December 18, 2014
Posted by Unknown

धादिङमा महोत्सवको तयारी अन्तिम चरणमा



धादिङ – पौष–३ घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन, आर्थीक संमृद्धी हाम्रो अभियान भन्ने मुल नााराको साथ आयोजित मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौंथो धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक सस्था धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

पुष ७ गतेदेखि १७ गतेसम्म  धादिङबेसी रायटारमा हुने महोत्सवमा प्रयोग गरिने स्वागत गेट र महोत्सव स्थल वरपर छेकबारको काम भईरहेको र केही दिनमै सम्पुर्ण काम सम्पन्न हुने आयोजक संस्थाको भनाई छ ।
महोत्सवमा निर्माण गरिएको  १ सय ५० ओटा स्टलहरु मध्ये १ सय ३७ ओटा स्टलहरु बुकिङ भईसकेको छ भने बाकी स्टल पनि १÷२ दिन भित्रै बुकिङ हुने आयोजकले बताएको छ ।
महोत्सवमा कृषि, औद्यौगिक वस्तुहरुको प्रर्दशनी सँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक कार्यक्रम रहने छ । महोत्सवको घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वर काठमाण्डौ, जिल्ला विकास समिति धादिङ र निलकण्ठ नगरपालिका सह–आयोजक रहेका छन् ।

0 comments for "धादिङमा महोत्सवको तयारी अन्तिम चरणमा"

Leave a reply

    Popular Posts

    Blog Archive