Published On:Tuesday, December 16, 2014
Posted by dadad
यातायात भाडा घटाउः बिद्यार्थी संगठनहरु
२ पुष, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मुल्य घटेपनि यातायातको भाडा नघटेको भन्दै क्रियासिशल प्रमुख विद्यार्थी संगठनहरुले आयल निगमलाई ध्यानाकर्षण गराउने भएका छन् ।
अनेरास्ववियु केन्द्रीय कार्यलय बागबजारमा विहान बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले बुधबार नै ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
यस्तै बैठकले समयमानै संविधान जारि गर्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाउने भोली सभासदहरुलाई बुझाउने निर्णय गरेको छ ।
बैठकले हरेक महिनाको पहिलो शुक्रारलाई रचनात्मक शुक्रबार बनाउने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
अबदेखि हरेक महिनाको पहिलो शुक्रबार देशभरका कलेजहरुमा सफफाई अभियान अगाडी बढ्ने अनेरास्ववियु प्रवक्त आरसी लामिछानेले जानकारी दिए ।
बैठकले सेमेस्टर प्रणाली प्रणालीका विषयमा यहि ४ गते त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
आवश्यक पुर्वाधारहरु निर्माण नभएसम्म सेमेस्टर प्रणालीमा जान नहुने र सबै व्यवस्था गरेर जानुपर्ने उनीहरुले बताउँदै आएका छन् ।
बलात्कृत भएकी पुजा बोहोरा न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न पनि विद्यार्थी संगठनहरुले मग गरेको छ ।