सीडीयो कार्यालयमै पीडितले भने-नागरिकता लिन पनि घुस दिनुपर्‍यो हजुर

Posted by Unknown | Wednesday, December 31, 2014 | Posted in , ,


nagarikta
१७ पुस, सिन्धुपाल्चोक - दुई दिन सदरमुकाम बसेपछि सिन्धुकोटका सन्तबहादुर र सुनिता मिजारको हातमा नेपाली नागरिकताको प्रमाणपत्र हात पर्‍यो । दुई दिन चौतारा बसेर छोरा बुहारीलाई नागरिकता दिलाउँदा सिन्धुकोट-४ का ७३ वर्षका सेते मिजारले ठूलै काम फत्ते गरेको महसुस गरे । मानौं उनीले ठूलै युद्व जितेका छन् । चाउरी परेको उनको मुहारमा यही भाव झल्किन्थ्यो ।
नयाँ नागरिकता बनाउन र प्रतिलिपि लिनका लागि सेते मिजारसहित सिन्धुकोटबाट एउटा टोली नै आइतबार चौतारा आए । आइतबार दिनभर उनीहरु लाइनमा बसे तर नागरिकता लिन सकेनन् । दिनभर लाइनमा बसेका उनीहरु प्रशासनका कर्मचारीले समय सकियो भनेर उर्दी गरेपछि रित्तो हात फर्किए अनि बेलुका होटलमै बसे उनीहरु । सोमबार दसै बजे जिल्ला प्रशासन कार्यालयमा पुगेका उनीहरुले दिउँसो तीन बजेसम्म नागरिकता पाएनन् । ‘चार बजेपछि बल्लबल्ल नागरिकता पाइयो’, थकित मुद्रामा भेटिएका सेते भन्दैथिए, ‘व्यवस्था त पहिलेकै राम्रो थियो हजुर ।’
उनले चौतारा टेकेको यो पाँचौ पटक हो । लोकतन्त्र आएपछि भने पहिलो पटक सदरमुकाम आएका हुन् उनी । यसअघि जग्गा पास गर्न चौतारा आएको उनले सुनाए । ‘जग्गा पास गर्न आउँदा एकैदिनमा काम सकिएको थियो’, मिजारले भने, ‘अहिले त एउटा नागरिकता लिन दुई दिन लाग्यो, त्यो पनि बल्लबल्ल पाइयो ।’ छोरा सन्तबहादुर मिजार र बुहारी सुनिता मिजारको नागरिकता बनाउन सेते सदरमुकाम आएका थिए ।
दुइ दिन बसेर पनि सिन्धुकोटका मिजार टोलीले सहजै नागरिकता पाउन नसकेको गुनासो गरे । नागरिकता लिन दुई दिन चौतारा बस्नु मात्र परेन, उनीहरुले पैसा समेत तिर्नुपर्‍यो जिल्ला प्रशासन कार्यालयमा । नागरिकता बिगि्रएर प्रतिलिपि लिन चौतारा आएकी सिन्धुकोटकी ठुलीकान्छी मिजारले दुई दिनपछि बल्ल नागरिकता पाइन् । उनकै शब्दमा भन्दा नागरिकताको प्रतिलिपि पनि ‘किन्नुपर्‍यो’ उनीलाई । ढड्डामा नाम खोज्न भनेर प्रशासन कार्यालयका कर्मचारीले उनीसँग तीन सय रुपैयाँ मागे । पछि नागरिकता लिन पाँच सय रुपैयाँ लाग्छ भन्दै मागे । ‘नागरिकता किन्नु पर्ने रहेछ भन्ने लाग्यो’, ठुलीकान्छीले सिन्धुप्रवाहसँग भनिन्, ‘पैसा नदिए नागरिकता बन्दैन जस्तो लाग्यो ।’ उनका श्रीमान् डल्ले मिजारले नागरिकता लिने बेलामा आठ सय रुपैयाँ तिरेको उनले सुनाइन् । सोमबार अबेर काम सकिएपछि उनीहरुको ६ जनाको टोली हिँडेरै फर्किएको राजधानीमा खबर छ । अनलाइन खबरबाट

महोत्सव समापन गर्न प्रचण्ड आज धादिङ आउने

Posted by Unknown | | Posted in , , ,

१७ पुष ,धादिङबेसी- घरेलु उद्योेग, कृषि जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ पौष ७ गते बाट सुरु गरिएको धादिङ
महोत्सव समापन गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड आज धादिङ आउने भएका छन् ।
पौष ७ गते पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाघाटन गरि सुरु भएको महोत्सवमा धादिङ बासीको उत्साहजनक सहभागिता रहेको छ ।महोत्सवमा बिशेषगरी जिल्लाको कृषि जन्य उत्पादनलाई प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुले महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरेका छन् । यस पालिको महत्सवको प्रमुख आकर्षण मिनि चिडिया घर, बाल उध्यान, चलचित्र प्रदर्शनी रहेको छ ।यसपाली मेलाका दर्शकहरु विशेष गरि राष्ट्रय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीमै बढिमात्रमा केन्द्रित भएको पाउन सकिन्छ ।

उपत्यकामै डेढ दर्जन माइक्रोबस अवैध

Posted by Unknown | | Posted in ,

१७ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा नै डेढ दर्जनभन्दा बढी अबैध माइक्रोबस सञ्चालनमा रहेको पाइएको छ । नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका १७ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा नै डेढ दर्जनभन्दा बढी अबैध माइक्रोबस सञ्चालनमा रहेको पाइएको छ । नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका माइक्रोबस नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले सो क्षेत्रमा चल्ने तीनओटा र प्रहरी वृत्त सातदोबाटोले दुई ओटा अबैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेको छ । त्यस्तै महानगरी प्रहरी आयुत्तःको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ ओटा माइक्रोबस नियन्त्रणमा लिइसकेको छ । प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिरहेको आशंकामा पाँचओटा माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राजधानीमा खबर छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी भइरहेको जानकारी दिए । नियन्त्रणमा लिएका केही सवारीमाथि कारबाही भएको र केही अनुसन्धानका क्रममा रहेको उनले बताए । अहिले उपत्यकामा गुड्ने सम्पूर्ण सवारी साधनको बैद्ययताका बारेमा अनुसन्धान सुरु भएको गिरीले बताए ।
 नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले सो क्षेत्रमा चल्ने तीनओटा र प्रहरी वृत्त सातदोबाटोले दुई ओटा अबैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेको छ । त्यस्तै महानगरी प्रहरी आयुत्तःको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ ओटा माइक्रोबस नियन्त्रणमा लिइसकेको छ । प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिरहेको आशंकामा पाँचओटा माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राजधानीमा खबर छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी भइरहेको जानकारी दिए । नियन्त्रणमा लिएका केही सवारीमाथि कारबाही भएको र केही अनुसन्धानका क्रममा रहेको उनले बताए । अहिले उपत्यकामा गुड्ने सम्पूर्ण सवारी साधनको बैद्ययताका बारेमा अनुसन्धान सुरु भएको गिरीले बताए ।

सन् २०१४ का यस्ता तस्बिरहरु जसलाई कसैले भुल्न सक्दैनन् (फोटोफिचर)

Posted by Unknown | | Posted in , ,

सन् २०१४ को आज अन्तिम दिन अर्थात भोलीको बिहानीले हाम्रो जीवनमा एउटा अर्को वर्ष थप गरेको संकेत गर्नेछ । यदि हामीले पूरै एक वर्षलाई सम्झेर हेर्ने हो भने हामीमध्ये धेरैले गएको वर्षमा तीता–मिठा घटनाहरुको सामना पक्कै गर्यौँ । हाम्रो जीवनमा मात्र नभई संसारमा पनि त्यस्ता थुप्रै घटनाहरु भए जसलाई मानिसहरुले राम्रो र नराम्रो रुपमा आफ्नो मानस्पटलमा सम्हालेर राख्नेछन् । हामी आज तपाईंहरुलाई ती घटनाहरुको तस्बिर सार्वजनिक गदैछौँ जसको चर्चा देश–विदेशका सञ्चार माध्यममा त भयो नै सामाजिक संजाल फेसबुक र माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि यसले निकै चर्चा बटुल्न सफल भएको छ ।  
2014
१, आइएसले १५ सैनिकको टाउको काटेको घटनाः नोभेम्बरः कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्यामराको अगाडि १५ सिरियाली सैनिकहरुको एकैपटक शिर काटेको तस्बिर देख्ने मानिसले सम्भवतः यो घटनालाई कहिले बिर्सन सक्दैनँ । शिर काटिएको सैनिकको शरिरमाथि उनीहरुको टाउको राखेर आइएसले उत्सव नै मनाएको थियो । आइएसले अहिलेसम्म ६०० सैनिकहरुको शिर छेदन गरिसकेको छ । 
20141
२. अक्टोबरः लण्डनको सडकमा एक युवतीले युवकको घाँटीमा डोरी बाँधेर घुँडा टेकाएर हिँडिरहेको दृश्यले पनि धेरै मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । यी युवतीले आफ्ना साथीलाई कुकुर जसरी लण्डनको सडकमा करिब पाँच घण्टा घुमाइन् । युवकले शर्त हारेका कारण उनलाई सजायँ स्वरुप त्यस्तो गरिएको युवतीले बताएकी थिइन् । उक्त फोटो सोसल मिडियामा निकै चर्चित पनि भएको थियो । 
20142
३. फेब्रुअरी – भगवान गणेश जसरी बसिरहेको यो हात्तीको तस्बिर पनि सन् २०१४ मा निकै चर्चित भएको मानिन्छ । उक्त फोटो आसामको हो । रेलको ट्र्याक पार गर्ने क्रममा यो हात्तीको बच्चा एउटा खाल्डोमा खसेको थियो । खाल्डोमा खसेको हात्तीको बच्चालाई देखेपछि रेल रोकियो र त्यहाँका मानिसहरुले उद्धार गर्यो । बसिरहेको हात्तीलाई खाने कुराहरु देखाएर उभ्याइयो तत्पश्चात मानिसहरु हात्तीलाई त्यहाँबाट निकाल्न सफल भए । 
20143
४. सेप्टेम्बरः मकसुद नामका दिल्लीमा बस्ने यी मानिस चिडियाखानामा जनावरहरु हेर्न जाँदा बाघको खोरमा खसेका थिए । अचानक बाघको खोरमा खसेका मकसुद आफूलाई बाघले नमारोस् भन्ने उद्देश्यका साथ बाघलाई पटक–पटक नमस्कार गरिरहेका थिए । करिब १५ मिनेट बाघले उनलाई हेरिरह्यो । त्यहाँ रहेका मानिसहरुले बाघलाई ढुङ्गा फ्याँकेपछि बाघ भड्क्यो र उनको गर्दनमा समातेर दौडियो । 
20144

५. नोभेम्बरः न्यूयोर्ककी १०० वर्षकी हजुरआमाले आकाशमा छलाङ मारेर सबैलाई अचम्मित पारेकी थिइन् । आफ्नो ९० औँ वर्षको जन्मदिनमा स्काई डाइभ गरेका अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुसको रेकर्ड तोड्न उनी सफल भएकी छिन् ।
20145
६. डिसेम्बरः १६ डिसेम्बरमा पेसावरको आर्मी स्कुलमा भएको हमलालाई सायदै कोही मानिसहरुले बिर्सनेछ । आतंककारीहरुले एउटा–एउटा कक्षामा गएर विद्यार्थीहरुमाथि गोली बर्साएका थिए । उक्त हमलामा १३२ बालबालिकासहित १४८ को मृत्यु भएको थियो ।
20147
अष्ट्रेलियाका क्रिकेट खेलाडी ह्युजलाई एक लिगका दौरान टाउकोमा बाउन्सर बल लाग्यो । उनी कोमामा भएकै बेला दुई दिनपछि उनको मृत्यु भयो । 
७. अगस्टः चीनको झेजियांगमा एउटा कारमाथि निकै ठूलो सिमेन्ट मिक्स्चर खसेको थियो । कार चकनाचुर भएको थियो तर त्यहाँ भित्र रहेकी महिला चालक भने सुरक्षित । करिब एक घण्टा आधासम्म कारभित्र नै फसेकी उनलाई सामान्य चोट मात्र लागेको थियो । उनलाई कारबाट निकै मुस्किलले बाहिर निकालिएको थियो ।
20146
८. फेब्रुअरीः राहुल गान्धी कांग्रेसका महिला कार्यकर्ताहरुसँग छलफल गर्न जाँदा एक महिलाले पछाडिबाट उनको गालामा चुम्बन गरिन् । यो घटनाले निकै नराम्रो मोड लिएको थियो । महिलाको यो व्यवहारले रिसाएका उनका श्रीमानले उनलाई मट्टितेल खन्याएर उनलाई जिउँदै आगो लगाइदिए ।
20148
९. जुनः सन् २०१४ को वल्र्डकपमा कोलम्बियाका खेलाडीको खुट्टाको टक्करबाट ब्राजिलका खेलाडी नेमारको ढाडको हड्डी टुटेको थियो । जसका कारण उनी विश्वकपबाट बाहिर हुनुपरेको थियो । 
रातो पाटीबाट साभार

श्रीकृष्णको जन्मदिनमा श्वेताको कारुणिक पत्र-‘जीवनभर हजुरकै यादमा बाँचिरहने छु’

Posted by Unknown | | Posted in , ,

श्रीकृष्णको जन्मदिनमा श्वेताको कारुणिक पत्र-‘जीवनभर हजुरकै यादमा बाँचिरहने छु’
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनका अबसरमा आज उनकी पत्नी श्वेता खड्काले लामो पत्र लेख्दै आफ्नो बह पोखेकी छिन् ।
श्वेताले बुधबार आफ्नो फेसबुक वालमा पत्र लेख्दै जीवनभर उनकै यादमा बाँचिरहने र माया बढिरहने बताएकी छिन् । आफु केही समयदेखि अस्वस्थ्य रहेको भन्दै उनले आफ्नो स्वास्थ्यलाभका लागि भिख माग्ने बताएकी छिन् ।
श्वेता खड्काले फेशबुकमा लामो स्टाटस लेख्दै श्रीकृष्णले केक काट्दै गरेको तस्बिर पोष्ट गरेकी छिन् । साथै उनले सुटिङको क्रममा खिचिएका अन्य केही तस्बिर समेत पोष्ट गर्दै लेखेकी छिन् । जुन तस्बिरमा श्री र श्वेता रमाएको देखिन्छ । उनले स्टाटस लेखेकी छिन् ‘यो जीबनमा हजुर र म यति छिटो अलग हुनुपर्छ भनेर मैले कहिल्यै सोचेकी थिइन् ।’
मृत्यु कसैको बसमा नहुने भन्दै उनले अगाडी लेखेकी छिन् ‘मलाई पुरा विश्वास छ हरेक दिन हजुरले मलाइ नजर लगाइरहनु भएको छ र मलाई सँधैभरि आशिर्वाद दिनुहुने छ ।’
श्वेताले लेखेको पत्र भाषिक सम्पादनसहित जस्ताको त्यस्तै-

यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिश गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन । हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रात परेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ । लामो समयको मिहेनत , मायाँ नै मायाँले भरिएको
बिश्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो । हजुरले म प्रति गरेको माया , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिष्क जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आर्शिवाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ । किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु । एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु । किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ । आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिश गरेपनि म उठ्न सकेको छैन । प्लिज मलाई हजुरले शक्ति दिनुहोला , छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला , हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो सँग आफ्नै शरीर सम्हाल्न सकेको छैन । प्लिज मलाई साथ दिनुहोस् र छिटै निको बनाएर अघि बढाईदिनुहोस् । यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा । हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचिरहनेछु । यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।

बिबाह गरेको ७ बर्ष पछि साख्खै दिदीभाई भएको थाहा भयो।

Posted by Unknown | | Posted in



































एजेन्सी । जिन्दगीमा कहिलेकाँहि यस्ता घटना पनि हुन्छन् जसमा विषयमा हामी पनि सोच्न बाध्य बनाइदिन्छ । जीवनलाई हामी जति सहज ठान्दछौं केहीका लागि त्यति नै असहज र मुश्किल बन्ने गर्दछ । यस्तै एउटा घटना भएको छ ब्राजिलमा । जहाँ सात वर्षसम्म विवाह बन्धनमा सुखमयी जीवन बिताइरहेका जोडीले अचानक उनीहरुलाई थाहा हुन्छ कि उनीहरु साख्खै दिदीभाइ हुन्।

ब्राजिलको साओ पाउलो निवासी ३७ वर्षीय लियन्ड्रो र ३९ वर्षीया एड्रियानाले जब उनीहरु साख्खै दिदीभाइ भएको थाहा पाउँछन् उनीहरुले टेकेको जमिन भासिएजस्तै हुन्छ । स्मरणरहोस् एड्रियाना जब एक वर्षकी थिइन् तब उनकीआमा मारियाले छाडेर गएकी थिइन्। एड्रियानाको पालनपोषण उनका पिताले गरे। त्यही लियन्ड्रो जब आठ वर्षका थिए तब उनकी आमाले पनि छोडेर गइन्। लियन्ड्रोको पालनपोषण उनी सौतेनी आमाले गरिकी थिइन्.।

जवान भएपछि एड्रियानाको भेट ट्रक चालक लियन्ड्रोसँग भयो। उनीहरुबीच माया पनि बस्यो। दुवैले विवाह गरे। उनीहरु विगत सात वर्षदेखि श्रीमान श्रीमतीका रुपमा एकसाथ छन्। र, यसक्रममा ६ वर्षकी छोरी पनि जन्मिसकेकी छन्।

यद्यपि विवाहपछि पनि दुवै जनाले आफ्ना आफ्ना आमालाई खोज्ने काममा भने कुनै कसर बाँकी राखेनन्। यसै क्रममा एड्रियानाले एउटा रेडियो च्यानलको माध्यमबाट आफ्नी आमाको खोजी सुरु गरिन्। जसमा उनले सफलता पनि पाइन्।

रेडियो शोका क्रममा आफ्नी आमासँग कुरा गर्ने क्रममा उनकी आमा मारियाले आफ्नो एउटा छोरा पनि भएको उनको खोजी गरिरहेको बताइन्। लियन्ड्रोले बताउने गरेका कि उनकी आमाको नाम पनि मारिया हो । तर, एड्रियाना यसलाई मात्र एउटा संयोग ठानिरहेकी थिइन् ।


तर, जब एड्रियानाले मारियाबाट लियन्ड्रोका बारेमा सुनिन् तब उनको होस उड्यो । उनी शोमै रुन थालिन्। एड्रियानाले मारियालाई भनिन्–लियन्ड्रो त मेरा श्रीमान हुन्। अब मलाई उनका सामु जान पनि डर लागिरहेको छ । किनभने मलाई डर छ कि उनी अब मसँग बस्ने छैनन्। म उनलाई धेरै माया गर्छु । पछि दुवैले भने–वास्ताविकता थाहा पाएपछि हामी दुवैलाई झट्का अवश्य लाग्यो। तर, हामीले श्रीमान श्रीमतीकै रुपमा एकसाथ रहने निर्णयमा पुग्यौ। 
DC Nepal online मा खबर छ ।

मैले भेटेका यौनकर्मी

Posted by Unknown | Tuesday, December 30, 2014 | Posted in

मेनुका थापा

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ । त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ । मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ । सकेसम्म उनीहरुलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ । त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरुको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ । यसैक्रममा र्मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु । उनीहरुको अनुभव सुन्ने र बुझ्ने अवसर पाएको छु । तीमध्य यस्ता छन् मैले फेला पारेको अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी
मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन् । उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक) मा बस्न नसकी काठमाडौं आएकी रहिछन् ।सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी । उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेष्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन् । दुईचार दिन गेष्टहाउसको भाँडा माझेरै वित्यो । एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेष्ट हाउसमा पुगेछन्, बास बस्न । अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेष्टहाउसका मालिकसँग । मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो । त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म ।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

ती पुरुष यौनकर्मी २८ वर्ष जतिका थिए । यौनकर्मी महिला साथीहरुको सहयोगमा ती पुरुष यौनकर्मीसँग भेटघाट गर्ने अवसर पाएँ । उनी वैदेशिक रोजगारमा गएका रहेछन् । तर, भनेअनुसारका काम र कमाइ नभएपछि तीन महिनामै उनी स्वदेश फर्केका रहेका छन् । स्वदेश फर्के पनि विदेश जाँदा लिएको ऋण तिर्ने अवस्था नभएपछि काठमाडौंमै बस्न बाध्य भएका रहेछन् । काम खोज्दै जाँदा काठमाडौंमै भौतारिरहेका बेला एउटा साथीको सहयोगमा पैसा तिरेर यौनप्यास मेट्ने महिलाहरुको सम्पर्कमा पुगेछन्, ती पुरुष । उनको रोजीरोटीको बाटो बनेको छ यौनकर्म ।

एउटी अचम्मकी यौनकर्मी

एउटी अचम्मको यौनकर्मी भेटेँ मैले । उनी पैसाकमा लागि होइन, केवल यौनप्यास मेट्न पार्टनर खोज्दी रहिछन् । मैले भेट्दा उनी ३८ वर्षकी जस्ती देखिन्थिइन् । सहरको सम्भ्रान्त परिवारकी सदस्य हुन् उनी । उनले आफू यौनकर्ममा लाग्नुको कारण यसरी बताइन् :
‘जब म मदिरा सेवन गर्छु, त्यसपछि सेक्स नगरी सुत्नै सक्दिनँ । मेरो अनौठो बानी के छ भने मलाई पानीमा रुझ्दै भिज्दै पार्टनरसँग सेक्स गर्नुपर्छ । मेरो श्रीमान्लाई भने अचेल सेक्समा पटक्कै रुचि छैन । यो समस्या समाधान गर्न म र मेरो श्रीमान् यौन विशेषज्ञकहाँ परामर्शका लागि पनि गयौँ तर समस्या समाधान हुन सकेन । मदिरा सेवन नगरौं भने पनि अचेल बिहे, व्रतबन्ध, पास्नी, पिकनिक सबैमा हलका ड्रिंक्स चलिहाल्छ । जब म मदिरा सेवन गर्छु, त्यसपछि ममा अत्याधिक यौन उत्तेजना हुन्छ । त्यसैले भिज्दै वा पानीमा डुबुल्की मार्दै मलाई यौन तृष्णा मेट्नुपर्छ । यो मेरो सोख नै भइसकेको छ । मेरो श्रीमान्को सहमतिमा मैले एक जनालाई पार्टनर बनाएको छु । मलाई दुई छाक खान समस्या छैन तर चाहेको बेला यौन तृष्णा कसरी मेट्ने भन्नेचाहिँ चिन्ता लाग्छ ।’
यो सहरमा मैले जीवनमै भुल्न नसक्ने यस्ती यौनकर्मी पनि भेटेँ ।


यौनकर्ममा प्लस टु पुस्ता

मैले हजारौंमा केही प्लस टु पढ्दै गरेका यौनकर्मी पनि भेटेँ । जसोतसो अभिभावकले एसएलसीसम्म सहयोग गरेकाले पढेका र त्यसपछि पढाई पूरा गर्न यौनकर्ममा लागेको भेटिए उनीहरु । कतिपय स्कुटर नभएको भनी हेप्ने साथीहरुलाई स्कुटर चढेर देखाउने इच्छा अभिभावकले पूरा नगरिदिएपछि त्यसलाई पूरा गर्न आफू यौनकर्ममा लागेका उनीहरुले बताए मलाई । यस्तो सुन्दा लाग्यो, कक्ष ११ मा पढ्ने छोरीको केही कमाई छैन तर उसले कहाँबाट र कसरी स्कुटर किनी भनेर उनीहरुको आमाबाबुले खुल्दुली आउँछ होला ।

यौनकर्ममा करोडपतिकी पत्नी

२०६७ सालको साउन २५ गते महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रुपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्सबारबाट यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ । तीमध्य ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुनस्र्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो । उनीहरुलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ । उनीहरुलाई ल्याएपछि एक÷एकजनासँग गोप्य कुराकानी भयो मेरो । तीमध्ये अधिकांसको आआफ्नै दुःख थियो, दर्द थियो । सबै चिन्तित अनुहारमा थिए । उनीहरु भन्दै थिए, ‘वैकल्पिक बाटो भइदिए हामी तुरुन्त यो पेसा परिवर्तन गर्न तयार छौं ।’
तर, एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो । कुरा गर्ने पालो आएदेखि नै उनी मुख खुम्च्याउँदै बोल्दै थिइन । उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ । उनले मलाई यसो भनिन् ः
‘तपाईं पत्याउनुहोला, म मारवाडी परिवारको सदस्य हुँ । मेरो श्रीमान् कहिले भारत, कहिले चीन र कहिले थाइल्याण्ड पुगिरहन्छन् । उनी प्रायः घरबाहिर भइरहन्छन् । कहिलेकाहीँ घर आए पनि ल्यापटप, कि फोन, कि त मोबाइलमा बिजनेस डिल गर्नमै व्यस्त हुन्छन् । कतिसम्म भने मेरो श्रीमान्लाई आफ्ना छोराछोरी कति कक्षामा पढिरहेका छन्, त्यो पनि थाहा हुँदैन । छोराछोरी र श्रीमतीले जति मागे पनि पैसा दिन्छन् तर त्यो पैसा केमा खर्च भयो, केही मतलब छैन ।
मेरो घरमा नपुग्दो केही छैन । नोकर, चाकर, हीरामोती, सुनचाँदी, गाडी, बैंक ब्यालेन्स सबै छ । तर, ती सबै कुराले मात्रै नहुँदो रहेछ । ती भएर पनि मेरो शरीरिक आवश्यकता पूरा भएन । पैसाका लागि होइन, शारीरिक आवश्यकता पूरा गर्न मजाज पार्लर खोलेकी हुँ मैले । त्यहाँ आउने ग्राहक चित्तबुझ्दो छन् भने म आफैं यौनसम्बन्धका लागि तयार हुन्छु । म यसैमा खुसी छु । म सँग बैकमा प्रशस्तै ब्यालेन्स छ । बरु तपाईंको संस्थालाई कति पैसा डोनेस दिऊँ ? तपाईंलाई म खालि चेक दिन तयार छु तर तपाईंले दिएको सेल्टरमा बस्न सक्दिनँ । मलाई यहाँबाट जान दिनोस् ।  

सत्तरी वर्षीया यौनकर्मी

यौनकर्मी दिदिबहिनीसँग घुलमिल बढ्दा दुई वर्षअघि एउटी महिलासँग भेट भयो । उनको अनुुहार हेर्दा लाग्यो, उनी ७० वर्षकी हुन् । तर उनले आफ्नो उमेर ५८ वर्ष भनिन् । मलाई चाहिँ ढाँटेजस्तो लाग्यो । आफ्नी हजुरआमा उमेरसमूहकी ती महिलालाई दिदी भनी सम्बोधन गर्न अलि अप्ठ्योरो लाग्यो । तर, उनले मलाई पो उल्टै ‘दिदी’ भनेर सम्बोधन गरिन् । उनले मलाई दिदी भन्नुमा दुईवटा कारण छन् जस्तो लाग्यो । तीमध्ये एउटा कारण हुन सक्छ, उनी मलाई सम्मानपूर्वक सम्बोधन गर्न चाहन्छिन् र अर्काे कारण उनी पाको उमेरमा पनि जवानझैं यौनसम्पर्कका लागि सक्षम छिन् ।
ती पाको यौनकर्मी महिलाको कथा दर्दनाक छ । उनलाई सडकमा जन्माउने को हो, उनी कहिलेदेखि सडकमा छिन्, आफू कति वर्षदेखि सडकमा यौनकर्मी भएको हो, त्यो केही थाहा छैन । उनी सडकमै जन्मिन्, सडकमै हुर्किन् । कति वर्षकी हुँदा उनलाई सडकमै को कसले अस्मिता लुट्यो त्यो पन थाहा छैन । उनी कहिले जवानी भइन्, तरुनी भइन् अनुभूति नै गर्न पाइनन् । उनले जाने देखेको काम नै सडकमा भेटेको मान्छेले भनेको ठाउँमा उनीहरुसँग सुत्न जाने हे, जे दिन्छन्, त्यही खाने हो ।

यौनकर्मबाटै सम्भ्रान्त

मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन् । सहरमा उनको एउटा सानदार घर छ । दुईवटा माइक्रोबस भाडामा दिएकी छिन् । गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छिन्, भविश्यका लागि । आफ्ना छोराछोरीलाई महँगो स्कूलमा बोर्डस् गरिदिएकी छन् । यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन् ।बच्चा पेटमै हुँदा उनलाई श्रीमान्ले छाडेका रहेछन् । छोराछोरी हुर्काउँदा, पढाउँदा यौनकर्मी बन्नु परेको रहेछ उनले । त्यो समयमा जुन पेसाले आफूलाई जीविका चलाउन सहज बनायो, त्यो पेसा अहिले छाड्ने मनस्थितिमा छैनन् उनी । उनले भनिन्, ‘जुन पेसाबाट धनसम्पत्ति जोडेँ, धनसम्पत्ति जोडेपछि इज्जत पनि कमाएँ, मेरो सान पनि बढेको छ भने त्यो पेसा म किन छाडूँ ?’
– अन्नपूर्ण पोस्ट्को फुर्सदबाट
 

मायाले झण्डै ज्यान लिएको

Posted by Unknown | | Posted in , , ,

काठमाडौं – सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन्,‘म एकदम सेक्सी छु ।  मलाई जतिबेला पनि सेक्स चाहिन्छ‘। अर्धनग्न तस्बिर अनि यस्तो स्ट्याटस । पश्चिमतिर समाज उदार छ र यस्ता कुराहरु चल्दा हुन् ।  तर हामीकहाँ त्यो पनि नेपाली सेनाजस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायमा युवतीको कुरा । 
भन्नेले नै आफूलाई कामुक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलन्,अनुमान गर्नुस् त ।  ब्यारेकमा मेजरले सोधे,‘यो के तमासा गरेको ?’ विचरी लालकुमारी (नाम परिवर्तन) थापा छाँगाबाट खसेझैं भइन् । आफ्नो अकाउन्ट खोलेर हेरिन् । वालमा राखिएको फोटो र स्ट्याटस देखेपछि एकछिन् त बेहोसै भइन् । र होस खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन्,‘यो काम त्यही आवाराको हो सर । 
यसरी सैनिक युवतीको फेसबुकमा उनके अर्धनग्न तस्वीर र यौनका खकुरा पोष्ट भएपछि अहिले एकजना डिठा हनुमानढोकाको हावा खाइरहेका छन् । उनी हुन्,नुवाकोट तारुका गाविसका २४ वर्षीय प्रल्हाद अधिकारी । परापूर्वकालदेखि हरेक वर्षको माघे संक्रान्तिमा गोरु जुधाउने गरिएको गाउँ हो,तारुका । तर,यतिबेला गोरु हैन,ठिटाठिटीको मायाप्रेम जुध्दा समस्या आयो । बैंश लागेदेखि नै लालकुमारीको प्रल्हादको माया बसेको हो ।

एकापसमा माया गरागरमात्रै चलेन,अर्थोक पनि चल्यो । सदरमुकाम विदुर बस्न थालेपछि पनि प्रेम जारी रह्यो । केटा बेकामे ,तर लालकुमारी अवसरको खोजीमा लाग्दै गरिन् । र,सेनामा भर्ति हुने योग्यता पूरा गरिन् ।
सेनामा गएको धेरै भएको छैन । उनी जागिरमा गएसँगै प्रल्हादसँग सम्बन्ध टाढिएको हो । कहिले तालिममा त कहिले व्यारेकभित्रको ड्युटीमा हुनाले फोन सम्पर्क पातलिन थाल्यो । यस्तो भएपछि प्रल्हादसँग उनलाई भुल्ने उपाय भएन । 
 माया गाढा हुँदा फेसबुक आइडी र पासवर्ड साटासाट गरेका थिए । लालकुमारीसँग टाढिएपछि पनि पल्हादले आइडी चलाउँथे । त्यही क्रममा प्रेमिकाले धोका दिएको रिस फेर्न नाङ्गाजस्ता देखिने फोटो र मनलाग्दी स्ट्याटस पोष्ट गरेका हुन् । स्वभाविक हो यसरी सार्वजनिक बेइज्जती भएपछि लालकुमारीले कानुनी उपचार खोजिन् । जिल्ला प्रहरीमा उजुरी गरिन् । प्रहरीले काठमाडौंस्थित अपराध महाशाखाको सहयोगमा अनुसन्धान गर्दा कसुर प्रमाणित भयो । र,नुवाकोट प्रहरीले पक्राउ गरी तीन दिनअघि मात्र प्रल्हाद हनुमानढोकाको हिरासतमा राखिएका छन् । जनआस्थामा खबर छ ।

कक्षा ७ मा पढ्ने विद्यार्थीले बनाए हेलिकोप्टर

Posted by Unknown | | Posted in , ,


१६ पुस, इलाम– इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका छन् । कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकोप्टरको परीक्षण उडान गरेका थिए । ‘दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकोप्टरको सफल परीक्षण गरियो’, हेलिकप्टरका मुख्य निर्माता खरहान्स झाले भने,‘यसलाई थप विकास गर्दै लैजाने सोचमा छौं ।’ सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीव्र रुचि रहेका रहान्सले यसअघि पनि पेरिस्कोप,क्विजकम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसहेका छन् । उनीहरुले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै छ ।आजको आर्थिक दैनिकमा खबर छ । 

ओली प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणी

Posted by Unknown | | Posted in , ,

१६ ,पुस काठमाडौं– विभिन्न भविष्यवाणी गरेर चर्चामा आउने एक ज्योतिषले एमाले अध्यक्ष केपी शर्मा ओली ८ माघपछि प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।
ज्यातिष तान्त्रिक विहङमराज तिमिल्सिनाले स्व. कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेलको भविष्यवाणी गरेर विगतमा चर्चा कमाईसकेका छन् । १७ वर्ष नेपाली सेनाको पण्डितसमेत भइसकेका उनले ८ माघमा संविधान आउने या नआउने दोधार भएको र एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको बेला यस्तो भविष्यवाणी गरेका हुन् ।
ज्योतिष तिमिल्सिनाले भने,‘नेताहरु एकै ठाउँमा बसेर दश महाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ । तर त्यसका लागि नेताहरु तयार हुनुपर्यो ,म जतिबेला पनि त्यो कार्य गराउन तयारै छु ।’
नेपालमा जेजस्तो व्यवस्था आए पनि गुरु वृहस्पति बलवान् रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ,आजको राजधानी दैनिकमा खबर छ ।

श्रीमतीलाई नक्कली सुराकी बनाएर खरेलले कुम्ल्याए कमिसन,

Posted by Unknown | | Posted in , ,


पुस १६, काठमाडौं– नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर उनले पनि पत्नी रञ्जु खरेललाई सुरकी बनाएर कमिसन खाएका छन् । खरेल पर्सा प्रमुखको रुपमा कार्यरत हुँदा पत्नीलाई सुराकी बनाएर भन्सार कार्यालयबाट कमिसन लिएका हुन् । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुरकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् । भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन नेपाल प्रहरीमा पूरानै हो । त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ । खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीका आधारमा र कतिपय चेकजाँचका क्रममा बरामद हुन्छ । यसैबीच खरेलले आफूले भ्रष्टाचार र घुस नखाएको दाबी गर्दै नियमानुसार कमिसन लिएको दाबी गरेका खछन् । उनले वीरगन्जमा छँदा आफूले नियमानुसार नै कमिसन खाएको बताए । उनले श्रीमतीको नाम राखेर लिएको पनि स्वीकारे । ‘झुटो बोल्दिनँ,श्रीमतीको नाम राखेकै हो,तर के मेरी श्रीमती यो देशको नागरिक होइनन्? के उनले सुराकी दिने अधिकार राख्दिनन्? खरेलले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

पतिलाई आफ्नै बहिनीसँग रंगेहात भेटेपछि यस्तो हालत (तस्विर सहित)

Posted by Unknown | | Posted in



चीनमा पतिले अर्कैसँग मस्ती गरेपछि महिलाहरुले बदला लिने क्रम भाइरल जस्तै भएको छ । पतिलाई अर्कै महिलासँग मस्ती गर्दै भेटेपछि महिलाहरुले बदला लिन डरलाग्दा हर्कत गर्न थालेका छन् ।



२९ वर्षीय टिङ सु ले आफ्ना पतिलाई आफ्नै बहिनी अर्थात साली भेनालाई रंगेहात भेटेपछि कारबाट निकालेर यस्तो अवस्थामा पुर्‍याइन् ।


































मोबाइल ट्रयाकरको सहाराले शपिङ सेन्टरबाट उनीहरुलाई पच्छ्याउँदै गएकी ती महिलाले कारमा दुवै जना यौन क्रिडामा लिप्त रहेको समयमा पक्राउ गरेकी हुन् ।

उनी त्यहाँ पुगेपछि दुवै जाना सर्वाङ्ग नाङ्गो अवस्थामा कारबाट निस्किए । त्यही समयमा टीङले कार चलाएर अन्तै लगिदिइन् अनि उनीहरुलाई न भाग्न न बस्नको अवस्था सृजना भयो ।


























एक जना प्रत्यक्षदर्शी यु मेङले भनिन्  हेर्दा नि अचम्म लाग्यो । उनीहरुलाई धेरै जनाले
मोबाइल र अन्य उपकरणमा भिडियो कैद गरिरहेका थिए ।

























आफ्नै जुम्ल्यायहा बहिनी सालीसँग मस्ती गरिरहेको खुलासा भएपछि टीङले पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् ।

एजेन्सी ।

९२ वर्षका पुरुषले गरे २२ वर्षकी युवतीसँग विवाह

Posted by Unknown | | Posted in ,


भनिन्छ प्रेममा उमेरको सीमा हुँदैन । ठूलो ठूलो उमेर अन्तर भएका जोडीहरुको विवाह बारे हामीले सुनेका छौं । तर यति धेरै उमेर अन्तरको जोडी बारे भने तपाँइले अहिले सम्म सुन्नु भएको छैन होला ।

फ्युचर अफ दुवइ समाचार पत्रका अनुसार इराकमा ९२ वर्षका पुरुष मुसली मोहम्मद अल मुजामीले २२ वर्षकी युवतीसँग विवाह गरेका छन् ।
























राजधानी बगदाद नजिकै पर्ने गुब्बन नामको गाउँमा बस्ने ती वृद्धले २२ वर्षकी युवतीसँग विवाह गरेका हुन् । प्रथम पत्नीसँग विवाह गरेको ५८ वर्षपछि उनले कान्छी भित्र्याएका हुन् ।

यस अघि नै उनका पहिली श्रीमतीबाट १६ सन्तान छन् ।


























उनका नातीको उमेर समेत १६ -१७ वर्ष छ । उनीहरु पनि हजुरवुवाको विहेमा सहभागी भएका थिए ।




लोग्नेलाई मार्न आफ्नै गुप्तांगमा विष, अनौठो गन्धले धन्य बचायो ज्यान

Posted by Unknown | | Posted in

photoसमयसँगै अपराधका नयाँ नयाँ शैली विकशित भैरहेका छन् । कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न खाले उपायहरु अपनाउने गर्छन् ।
तर एक जना ब्राजिलियन महिलाले आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला । ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा प्रसस्त विष हालेकी छिन् ।
श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर कसरी लोग्नेको हत्या गर्न सक्छिन् ? लोग्नेको हत्या गर्न न उसलाई पो विष खुवाउनुपर्छ । तर कुरो अर्कै छ र गहिरो पनि छ ।
कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् । त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात् ओरल सेक्स गर्न लगाइन् । लोग्नेले ओरल सेक्स गर्दा गुप्तांगमा हालेको विष खाने र उसको ज्यान जाने विश्वास ती महिलाको रहेछ ।
घटना ब्राजिलको साओ होजे क्षेत्रको हो । नाम नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न खोजेको पुष्टि भएको छ ।
श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन पुगेका ती पुरुषका अनुसार सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ ।
श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् । तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन् । अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष रहेको पुष्टि भयो ।
पछि केरकारका क्रममा ती श्रीमतीले श्रीमानको हत्या गर्नका लागि आफुले आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन् । समाचार अनुसार हानिकारक रसायन सहितको विषले उल्टै ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको छ र उनलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।
ती महिला विरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चल्नसक्ने बताइएको छ ।   अनलाइन खबरबाट साभार
-

बिहानी समयमा पानी पिउदा हुने फाइदाहरु (पिउने विधि सहित)

Posted by Unknown | | Posted in

हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ । यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नयाँ पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत, आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ ।

पानी पिउने विधि
१, बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानि पिउनुहोस।
२, अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३, ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४, नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नु
होस।
५, जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन । हामी पनि नक्कल गर्ने कि रु हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ । तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ ।
६, रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन

माथिको विधि अनुसार पानी पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ । यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ । दैनिक कति मात्रामा पानी पिउने भन्ने प्रश्नको उत्तर फरक फरक हुन सक्छ । स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवश्यकता पर्दछ ।

केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ । मानव शरीरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ । पानीले नै हो शरीरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउछ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ ।

त्यसैले माथिको विधि अनुसार दैनिक पानी पिउन सुरु गरौ, स्वस्थ रहौ । गर्मीको महिना र शारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानी पिउने बानी बसालौ ।

सबैका लागि क्यानडा खुल्यो

Posted by Unknown | | Posted in ,

आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने भएका छन् ।
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन ।





कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry  मार्फत स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले जानकारी दिएको छ ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry  प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छ ।
१. सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२. तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool आवेदकको बिबरण प्रकाशित गरिनेछ३. त्यसरी Express Entry Pool राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकता बमोजिम छनौट गरी क्यानडामा कामको अफर Job Offer प्रदान गर्नेछ ।
आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको Job Bank मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank http M//www.jobbank.gov मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
क्यानडामा एक्सप्रेस इन्ट्रीकोलागि कुन कुन जब अफर छन् त ?
४. यसरी कामको अफर Job Offer प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्ने हुन्छ ।
५. कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ ।
६. क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
Federal Skilled Worker
Federal Skilled Trade
Canada Experience Class
Provincial Nominee Program
Express Entry  मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भए पश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ ।
त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry  मार्फत लिइने छ ।
क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ ।
क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ । (nepalsandesh साभार)

फेसबुकमा ढाँट्नुहुन्छ ? होसियार, आफैलाई चिन्न नसक्ने बन्नुहोला

Posted by Unknown | | Posted in ,


बढि लाइक पाउनका लागि के तपाइँले आफ्नो फेसबुक प्रोफाइलमा छलछाम गर्नुहुन्छ रु आफुलाई बढि जान्ने, स्मार्ट तथा ठूलो मान्छे देखाउनका लागि आफ्नो क्षमता भन्दा बाहिरका बनाबटी विषय तथा सन्दर्भहरुबाट फेसबुकमा आफुलाई सुसज्जित त गराउनुहुन्न रु

यसो गर्दा तपाइँलाई नजिकबाट नचिन्ने केही मान्छेहरुले तारिफ त गर्लान् । अनि तपाइँको फेसबुकको भित्तो वा पेजमा धेरै लाइक आउलान् । तर लाइक पाउने आशामा फेसबुकमा आफैलाई र अरुलाई ढाँटिरहनुभएको छ भने होसियार हुनुहोस् । यस्तो व्यवहारले तपाइँको मस्तिष्कको स्मरण क्षमतामै नकारात्मक असर पूराउने एक अध्ययनले देखाएको छ ।
हालै गरिएको एक सर्भेक्षण अनुसार दुई तिहाइ सोसल मिडिया प्रयोगकर्ताहरुले आफ्नो जिन्दगीको यथार्थ अवस्थालाई लुकाएर बढाइचढाइ गर्दै पेश गर्छन् । आफ्नो यथार्थ जिन्दगी भन्दा सोसल मिडियामा उनीहरु बढी शौखिन तथा रुचीकर देखिने प्रयास गर्छन् ।
सर्भेक्षण अनुसार युवा तथा प्रौढहरुले सोसल मिडियामा आफ्नो सम्बन्ध तथा जागिरको वृत्ति विकाश र विदाको विषयमा ढाँट्ने गरेका छन् । अध्ययन अनुसार हरेक ५ मा एक जनाले आफ्नो सोसल मिडियाको प्रोफाइल र आफ्नो यथार्थ अवस्थाबीच तालमेल नहुने बताएका छन् ।
यस्तो ढाँट्ने बानीले प्रयोगकर्ताहरुको स्मरणमा समेत नकारात्मक असर पूराउने गरेको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये १० प्रतिशत किशोर किशोरीहरुले आफुले सोसल मिडियामा राखेका बनाबटी कुराहरुका कारण आफ्नो विगतको घटनाबारेको स्मरण नै बिग्रिएको बताएका छन् ।
सामाजिक संजालमा ढाँटछल गरेर प्रस्तुत हुने बानीले कम उमेरका मानिसहरुमा झनै जोखिम बढाउँछ । १८ देखि २४ वर्ष उमेर समूहका सयमा १६ जनाले आफ्ना स्मरणहरु पूर्णरुपमा गडबड भएका बताए ।
केही युवाहरुमा त बिर्सने रोग अर्थात् डिजिटल एम्नेसिया नै भएको छ । जसले कुनै घटनालाई आफ्नै तरिकाले विश्वास गर्छन् र खास वस्तुस्थिति के हो रु भन्ने बिर्सिन्छन् ।
विश्वको पहिलो बेनामी अनलाइन जर्नल भण्डार पेनकरेजले गरेको अध्ययनले फेसबुक लगायतका सोसल साइटहरुमा ढाँटछल गर्ने तथा बढाइचढाइ गरेर आफु र आफु सम्बद्ध विषयहरुलाई प्रस्तुत गर्ने बानीले गर्दा मानिसहरुमा गलत स्मरण हुने जोखिम बढ्दै गएको र यसले स्मरण क्षमतामा ह्रास गर्ने देखाएको हो ।
पेनकरेज यस्तो अनलाइन हो जसले प्रयोगकर्ताहरुलाई आफ्नो नाम उल्लेख नगरीकनै आफ्नो जिन्दगीका वास्तविक महत्वपूर्ण घटनाहरु हरेक दिन २ सय शव्दमा लेख्ने र त्यसलाई आफ्नो व्यक्तिगत जर्नलमा संग्रहित गर्ने अवसर प्रदान गर्दछ ।
पेनकरेजको अध्ययन अनुसार ६८ प्रतिशत प्रयोगकर्ताले सोसल मिडियामा आफ्ना इभेन्टहरुका बारेमा केही कुरा पोष्ट गर्दा अतिशयोक्तिपूर्ण तरिकाले प्रस्तुत गर्ने, बढि कलात्मक वा नक्कली पाराले प्रस्तुत गर्ने तथा पूर्णरुपमा झुटो व्यहोरा प्रस्तुत गर्ने गर्दछन् ।
अध्ययनकर्ता समेत रहेका मनोविज्ञ रिचार्ड शेरीका अनुसार सोसल मिडियामा यस्तो ढाँट्ने बानीले अन्ततः हामीलाई आफ्नो पन नै गुमाएको,आफ्नो अनुभव, आवाज, संस्मरण तथा विचार नै पहिचान गर्न नसक्ने अवस्थामा पूराउँछ । यसले आफैप्रति द्वेष तथा नमज्जाको भावना जगाउने र निरासा तथा डिप्रेसन लगायतका मनोवैज्ञानिक समस्या पैदा गर्ने उनको भनाइ छ ।

महोत्सवमा छुट्टी चाहिदैन, दर्शक

Posted by Unknown | Monday, December 29, 2014 | Posted in , , , ,

फोटो- बाबुराम श्रेष्ठ

बाबुराम श्रेष्ठ
१५ पुष, धादिङ- महोत्सव भन्न साथ रमाईलो गर्ने, सास्कृतिक कार्यक्रमको अवलोकन गरी मनोरञ्जन लिने भन्ने बुझिन्छ तर यो भनाई बिरकुलै फरक भएको छ । सन्दर्भ हो धादिङ महोत्सवकै । धादिङबेसीमा पौष ७ गते देखि जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा दर्शकहरुले सोचे भन्दा फरक महशुस गरेका छन् । महोत्सव हेर्नका लागि टाढा बाट आएका दर्शकहरुले महोत्सवमा ब्रेक र गीत नबजाउन आयोजक संस्थालाई आग्रह गरेको छ । महोत्सवमा गीत र बे्रक समयले गर्दा दर्शकहरु अन्योलमा परेका महोत्सव हेर्न आएका एक दर्शकको भनाई रहेको छ । ब्यापार ब्याबसायमा घाटा भएको भन्दै आयोजक संस्थाले ३० मिनेट गीत बजाएर छोड्ने र १० मिनेट ब्रेक को समय केही दिन देखि मात्र सुरु गरेको छ । तर महोत्सवको अवलोकन गर्न आएका दर्शकहरुले भने यस्तो कार्य नगरी दिन आयोजक संस्थालाई आग्रह गरेको छ ।  


मोहन बैद्य सिकिस्त

Posted by Unknown | | Posted in ,


नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्। सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।


आजको नेपाल समाचारपत्रले छापेको समाचार अनुसार बैद्यलाई अक्सिजन लगाएर राखिएको छ। चिकित्सकहरूले उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्।

भक्तपुरमा सर्ने भो चिडियाखाना

Posted by Unknown | | Posted in ,


वन मन्त्रालयले जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो भई समस्या भएपछि जतिसक्दो छिटो अन्यत्र सार्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।


चिडियाखानाको १९ औँ वाषिर्कोत्सवका मन्त्रालयका सचिव शरदचन्द्र पौडेलले सार्ने काम तीव्र गतिमा अघि बढिरहेको बताए । चिडियाखानाको विस्तार गर्न हामी प्रतिबद्ध भई अघि बढेका छौ, उनले भने ।

साँघुरो क्षेत्रका कारण जीवजन्तु तथा पशुपन्छीलाई समस्या भएको भन्दै चिडियाखानाकी व्यवस्थापक सरिता ज्ञवालीले चाँडै नै अन्यत्र सार्नु पर्नेमा जोड दिइन् । साँघुरो खोरमा ४(४ वटा बाघ, गौडा, हात्ती, भालु, चितुवाजस्ता ठूला स्तनघारी प्राणीलाई सास्ती भएको छ उनले भनिन् । कुनै बेला सिंह, जेब्रा, कन्गारुजस्ता जीवजन्तुहरुसमेत भएको चिडियाखानामा अहिले दुर्लभ प्राणीहरु घटै गएका छन् ।

भक्तपुरका ७ वटा सामुदायिक वनले ओगटेको ३ सय हेक्टर क्षेत्रफलमा चिडियाखाना सार्ने तयारी भएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा चिडियाखाना सार्न १ करोड बजेट छुट्याएको थियो । तर कानुन नबनाइदा त्यो बजेट खर्च हुन सकेन । जावलाखेलको चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यहाँ १ सय १५ प्रजातिका ७ सय ९३ स्तनधारी पक्षी, घस्रने र पानीमा तैरने जन्तु छन् । त्यस्तै १ सय १५ प्रजातिका ८ सय ५० अन्य जीवजन्तु पनि छन् । तर साघुरो ठाउँ भएका कारण वन्यजन्तुको खोर सुघार गर्न नसकेको कोषले बताउदै आएको छ ।


मानिस र जनावर बीच रोग संक्रमण हुने खतरा उतिकै छ । लोपोन्मुख सुचीकृत ३८ प्रजातिका दुर्लभ वन्यजन्तुको पनि उचित व्यवस्थापन हुन सकेको छैन । कृष्णसार, घडियाल गोही, बाह्रसिँगे जरायो, पाटे बाघ, एकसिंगे गैडा, हात्ति, अर्ना, वनमान्छे लगायत मुनाल, सुनगोहोरो, गिद्ध, मयूर पर्याप्त ठाउँ अभावका कारण कष्टकर जीवन विताउन बाध्य छन् । ठाउँ कै अभावले कोषले अन्य जीवजन्तु ल्याउन सकेको छैन ।

दैनिक ३ हजार दर्शक आउने गरेका छन् । गत वर्ष ९ करोड ४५ लाख रुपैयाँ आम्दानी भएकोमा कार्यालय व्यवस्थापन, वन्यजन्तु पालनपोषण र खोरका लागि ७ करोड ८८ लाख खर्चिएको कोषले जनायो । तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराबाट निजि चिडियाखानाको रुपमा सञ्चालित २००७ साल पछि नेपाल सरकारको स्वामित्वमा आयो र २०११ मा सर्वसाधारणलाई खुल्ला गरियो ।

विमानस्थलका चरा र जन्तु धपाउन पाँचजना सिकारी

Posted by Unknown | | Posted in ,

विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा


 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश आसपास ३९ प्रजातिका चरा घुम्छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । यीमध्ये कालो चिल धेरैपटक विमानसँग ठोक्किएको छ। यस्तै एउटा कालो चिल जेट एयरवेजमा सोमबार ठोक्कियो। गोदावरी र इमाडोलको आकाशमा आइपुग्दा जहाजमा चिल ठोक्किएको थियो।

विमानस्थलको घाँसेमैदानमा भएका गँड्यौला, भ्यागुतालगायत अन्य किराफट्यांग्रा चराका आहारा हुन्। विमानस्थलमा खटिएका सिकारीका अनुसार मनोहरा र बागमतीमा थुपारिएको फोहोरमा भेटिने किरा खान आउने चरा पनि विमानस्थलको फन्को मारेर जान्छन्। विमानस्थल प्रशासनले गत वर्ष एकै दिन सय केजीभन्दा बढी गँड्यौला घाँसैमैदानबाट निकालेको थियो।

चराविज्ञ डा। हेमसागर बरालका अनुसार गँड्यौला र मासुजन्य फोहोर चिलले असाध्यै मन पराउँछ। विमानस्थल वरिपरि भएका सेकुवा घरसमेत चिलका आकर्षण हुन्। मान्छेसँग नजिकिन सक्ने कालो चिल नेपालको रैथाने चरा हो।

   
विमानस्थल सुरक्षाविज्ञसमेत रहेका अपरेसन विभाग प्रमुख देवचन्द्रलाल कर्णका अनुसार आफैं ठोक्किन आउने चराबाहेक विमानको इन्जिनमा भएको भ्याकुमले नजिकको वस्तु तान्ने क्रममा पनि कहिलेकाहीं चरा ठोक्किन पुग्छन्।

एक अध्ययनअनुसार उडिरहेको विमानमा एक फिटको दूरीबाट तीन किलोको चील ठोक्किए एक हजार आठ सय किलोको घन बजारेजस्तो हुन्छ। जति नजिकबाट ठोकिन्छ त्यति धेरै असर पर्छ, कर्णले भने।

वरिपरिको जंगल तथा कृषियोग्य जमिनका कारण पनि चरासहित स्याल र कुकुर विमानस्थलभित्र पुग्छन्। पछिल्लो समयमा स्याल र कुकुरको समस्या भने छैन।


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको एक अध्ययनअनुसार विमानस्थल आसपास पाइने ३९ प्रजातिका चरामध्ये पाँच ठूला आकारका, २४ साना र १० मझौला आकारका छन्। विमानका लागि ठूला प्रजातिका चरा सबैभन्दा खतरा हुन्छन्।

विमानस्थल आसपास र आकाशमा घुमिरहने कालो चिल धपाउँदा पनि भाग्दैन। विमानस्थलमा पाँच वर्ष सिकारी टोलीको नेतृत्व गरेका कुमार बिष्टले भने, चिल धपाउँदा पनि भाग्न मान्दैन। सरकारले विमानस्थलका चरा र अन्य जन्तु धपाउन पाँचजना सिकारी खटाएको छ।

नागरिक उड्डयन प्राधिकरणको सेफ्टी मेजर डिपार्टमेन्टका अनुसार त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिले सन् १९९० मा चरा विमानसँग ठोक्किएको थियो। त्यस्तै सन् १९९२ मा १२, १९९४ मा ६, १९९५ मा सात, १९९९ मा १४, २००४ मा आठ, २००५ मा सात, २००६ मा तीन, २००८ मा चार र २०१० मा पाँचवटा यस्ता घटना भए पनि मानवीय क्षति भएको छैन।

दुई वर्षअघि मनोहरा खोलामा दुर्घटना भएको सीता एयरमा कालो चिल ठोक्किएको थियो। चराकै कारण दुर्घटना भएको भन्ने प्रमाणित भने भएन। चरा ठोक्किने घटनामध्ये ४८ प्रतिशत त्रिभुवन विमानस्थलमा भएको प्राधिकरणको तथ्यांक छ। विमानलाई चराको खतराबाट बचाउन सरसफाइमा ध्यान दिनुपर्ने कर्णको सुझाव छ।

 वरिष्ठ अधिवक्ता र पूर्वपदाधिकारीसँग सोमबार परामर्श लिएपछि बार यस्तो निर्णयमा पुगेको हो। बारका ४२ जना सल्लाहकारले एकमतले न्यायाधीश नियुक्तिका लागि दरखास्त माग्ने परिषद्को कार्य न्यायाधीश नियुक्ति मापदण्ड खारेजीको फैसला र संविधानको मर्मविपरीत रहेको बताएका थिए।

त्यसपछि बसेको बार केन्द्रीय कार्यसमिति बैठकले व्यक्तिगत विवरण मागको आवरणमा संवैधानिक र कानुनी व्यवस्था उपेक्षा गर्दै परिषद्ले कानुनव्यवसायीसँग दरखास्त मागेको निष्कर्षसहित सम्पूर्ण सदस्यलाई प्रक्रियामा भाग नलिन आह्वान गरेको हो।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि व्यक्तिगत विवरण भराउने गरी परिषद्ले पुस ९ गते गरेको निर्णय अन्तरिम संविधानको धारा १०३ र न्याय परिषद् ऐन २०४७ को दफा ४ को प्रावधानविरुद्ध रहेको ठहर बारको छ।

रमेश खरेलको फाइलले गृहमा हंगामा, मन्त्रिपरिषदले नै गर्‍यो अमेरिका भ्रमण अनुमोदन ,

Posted by Unknown | | Posted in ,

१५ पुस, काठमाडौं । सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।

सेलिब्रेटी प्रहरी अधिकृत खरेलले बोलेको घटनाबारे छानबिन समिति गठन गरी कारबाहीको तयारी भए पनि पछि उनी कारबाही रोक्न सफल भएका थिए । सोही प्रकरणमा काठमाडौं प्रहरी परिसरबाट हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।
उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको दृष्टि साप्ताहिकमा खबर छ ।
गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । तर, अमेरिका जानलाई भने मन्त्री गौतमले राक्न चाहेनन् । सामान्य किसिमको विषय भएपछि खरेलको अमेरिका भ्रमण मन्त्रीस्तरबाट निर्णय भएको स्रोतले बताएको छ । अनलाइन खबरबाट

ब्रेकअप भए के गर्ने

Posted by Unknown | | Posted in

ब्रेकअपले तनाव नहुने त कुरै हु“दैन । यद्यपि सधैं तनावमा जीवन बिताउनु पनि भएन । यस्तो अवस्थामा तनाव हटाएर नया“ जीवनको सुरुवात गर्नु उपयुक्त हुन्छ । त्यसका लागि केही उपाय पनि छन् । –आफ्नो ओछ्यानको सबै सामान बदलौं । –जिम एवं योग गरौं । –एकान्तमा होइन, मनोरञ्जनात्मक वातावरणमा बसांै । –कुनै राम्रो भ्रमणको योजना तय गरौं । –एक्लै होइन, साथीहरूमाझ समय बिताऔं । –आफ्नो मेकअप तथा पहिरन परिवर्तन गरौं । –इन्टरनेटलगायतका माध्यमबाट पूर्वप्रेमी–प्रेमिकाका सम्बन्धमा केही नखोजौं ।

    Popular Posts

    Blog Archive