Published On:Wednesday, April 8, 2015
Posted by my storry
राष्ट्रिय खुला पुरुष भलिवल कलाकार पराजित, आर्मी र एपीएफ बिजयी
चैत्र २५ गते, दुई बिभागिय टिम त्रिभुवान आर्मी क्लब र एपीएफ क्लबले दोश्रा नयाँबजार कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । नया बजार सोसल ग्राउण्डमा भएको अद्घाटन खेलमा आर्मीले आयोजक नया बजार सामाजिक युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले सहजै जित निकाल्ने क्रमका आयोजकलाई २५–९,२५–२२ र २५–८ ले स्तब्ध पारेको थियो । दोश्रो खेलमा एपीएफ क्लबले ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबलाई २५–९,२५–१२ र २५–८ को सोझो सेटमा पराजित गर्यो । आयोजक कमिटि र कलाकार बीच भएको मैत्रिपुर्ण खेलमा आयोजले २–१ ले सफलता हात पारेको थियो ।
चार दिनसम्म चल्ने प्रतियोगिताको उपाधि बिजेताले १ लाख १ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यस्तै उपबिजेताले ६० हजार १ सय ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः ३५ हजार १ सय ११ र ११ हजार १ सय ११ पुरस्कार पाउनेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेण्डर र क्विकरले समान तीन तीन हजार पुरस्कार पाउनेछन । उत्ृकृष्ट प्रशिक्षकले पनि चार हजार पुरस्कार पाउनेछन । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामाले गर्नु भएको थियो ।
सो अवसरमा बिभिन्न संघ–संस्था र प्रायोजक दातालाई आयोजकले सम्मान गरेको थियो ।
उद्घाटनका अवसरमा नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष यमवहादुर गुरुङ,उपाध्यक्ष मनोरंजन शर्मा,महासचिव जितेन्द्रवहादुर चन्द, आयोजक क्लवका अध्यक्ष भगवान थापालगायतको उपस्थिति रहेको थियो ।
भोलीको पहिलो खेल बिहान ८ बजे र दोश्रो खेल दिउसो ३ बजे हुने छ ।


