Published On:Wednesday, April 15, 2015
Posted by dadad

रहेनन् पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापा(विज्ञप्ती सहित)


काठमाडौं । संविधान सभाका जेष्ठ सदस्य एवम् पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको उपचारका क्रममा भारतमा निधन भएको छ ।

८८ वर्षको उमेरमा थापाको भारतको मेदान्त अस्पतालमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।

बुधबार साँझ स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको र बुधबार राती निधन भएको गिरीले विज्ञप्ती निकालेर जानकारी दिएका  छन् ।

चैत १६ गते उपचारका लागि दिल्ली गएका थापाको शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो ।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन्  ।
सहायक प्रवक्ता गिरीले निकालेको विज्ञप्ती

0 comments for "रहेनन् पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापा(विज्ञप्ती सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive