Published On:Friday, April 24, 2015
Posted by dadad
कति कमाउछ फेसबुकले ?
बैसाख ११, काठमाडौँ । फेसबुकले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा
अपेक्षाभन्दा बढी नाफा गरेको छ । मासिक सक्रिय प्रयोग कर्ताहरुको संख्यामा
पनि वृद्दि भएको फर्मले जनाएको छ । यो सामाजिक सञ्चारमाध्यमले समीक्षा
अवधिमा ५१ करोड २० लाख डलर नाफा गरेको छ ।
यो नाफा अपेक्षाभन्दा बढी भए पनि गत वर्षको सोही अवधिको तुलनामा २०
प्रतिशतले कम हो । तर, आम्दानी भने ४२ प्रतिशतले वृद्दि भई ३.५ अर्ब डलर
पुगेको छ ।
फेसबुकको सक्रिय मासिक प्रयोगकर्ताको संख्या पनि गत वर्षको तुलनामा १३
प्रतिशतले वृद्दि भई १ अर्ब ४४ करोड पुगेको छ । यस फर्मका संस्थापक तथा
प्रमुख कार्यकारी मार्क जुकरबर्गले यो वर्षको सुरुवात मजबुत भएको बताएका
छन् ।
अपेक्षाभन्दा बढी नाफा भएपनि लगानीकर्ता भने मन्द आम्दानीप्रति चिन्तित देखिएका छन् । कारोबार दैनिक


