Published On:Wednesday, April 15, 2015
Posted by dadad

सुराकीलाई एक वर्षमा २ करोड

०३ वैशाख,काठमाण्डौ, गृह मन्त्रालयमार्फत राज्य कोषको २ करोड ३३ लाख रुपैयाँ गोप्य खर्च भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यो रकम सुराकी खर्चको नाममा गत आर्थिक वर्षमा खर्च गरिएको हो । गहृमन्त्रीले सुराकी खर्चका नाममा राज्यकोषबाट ११ लाख २० हजार सिध्याएका छन् ।
०७० माघमा गृहमन्त्री भएका वामदेव गौतम र पूर्वगृहमन्त्री माधव घिमिरेले गत आर्थिक वर्षमा सो रकम खर्च गरेका हुन् । गृहसचिवले २१ लाख ७३ हजार, प्रहरी महानिरिक्षकले २५ लाख ४० हजार सशस्त्र प्रहरी महानिरिक्षकले १६ लाख ७५ हजार बाँडेका छन् ।

0 comments for "सुराकीलाई एक वर्षमा २ करोड"

Leave a reply

    Popular Posts

    Blog Archive