Published On:Tuesday, April 14, 2015
Posted by dadad
दुर्गममा सडक खन्न फेसबुक अभियान
२ वैशाख, म्याग्दी ।मार्क जकुरवर्गले सामाजिक संजाल फेसबुक के सोचेर स्थापना गरेथे भन्ने लेखाजोखा संसारकै चासोको विषय बनेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ, यता म्याग्दीको पनि दुर्गम बस्ती मराङमा मोटरबाटो निमार्णका लागि अभियानकर्ताले फेसबुकलाई रोजे ।
यही माध्यमबाट अभियानले झन्डै करोड रुपैयाँ जुटाउन सक्यो । रोजगारीका लाथि जन्मथलो छाडेर राजधानीसमेत विभिन्न मुलुकलाई कर्मथालो बनाएका मराङबासीले अभियानमा आफ्नो योगदान गर्दा रकम संकलन भएको हो । अभियानमा ७१ लाख संकलन भएको छ ।



